Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

रवि लामिछानेको लोकप्रियतालाई धक्का दिएर चितवन २ मा कांग्रेस र एमालेले फर्काउला विरासत ?

खबरडबली संवाददाता

काठमाडौं । चितवनको क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने उपनिर्वाचनमा पुराना दलहरूले गुमेको विरासत फर्काउन जोडबल गरिरहँदा त्यहाँको निर्वाचनलाई चासोपूर्वक हेरिएको छ।

यसअघि मङ्सिर ४ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने करिब ४९ हजार मत प्राप्त गरेर निर्वाचित भएका थिए भने नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले १४-१४ हजार हाराहारीमा मत प्राप्त गरेका थिए ।

छोटो समयमा नै निकै लोकप्रियता कमाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा यसअघि खसेको मत फर्काउने चुनौती नेपाली कांग्रेस र एमालेलाई छ।

यहाँको आसन्न उपनिर्वाचनमा १२ दल र १० स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परे तापनि खास गरी प्रतिस्पर्धा भने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेबीच नै रहेको विश्लेषण स्थानीयहरू गर्छन्।

आइतवार हुने मतदानका लागि चितवन-२ का १ लाख २४ हजार ६ सय ९५ योग्य मतदाता छन्।

आ-आफ्नै कसरत

यसअघि आफ्नै कार्यकर्ताको मत नपाएको बताउने चितवनमा नेपाली कांग्रेस र एमाले मङ्सिर ४ को निर्वाचनमा गुमेको मत फर्काउन निकै कसरत गरिरहेका देखिन्छन्।

वैशाखको गर्मीको प्रवाह नगरिकन दलका उम्मेदवार र कार्यकर्ताहरू निर्वाचन क्षेत्रका नागरिकका समस्या,  विकास र सेवा‍-सुविधासँग जोडिएका एजेण्डा सुनाउँदै मतदाताका घर घरमा पुगिरहेका छन् ।

नेपाली कांग्रेसले जीतनारायण श्रेष्ठलाई गठबन्धन दलको साझा उम्मेदवार बनाएको छ। मङ्सिर ४ को निर्वाचनमा समेत त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले गठबन्धनको साथ पाएका थिए। तर उनी ठूलो अन्तरले पराजित भए।

त्यसबेला देखिएको त्यही उच्च अन्तरका कारण यस निर्वाचनमा समेत गठबन्धनका र नेकपा एमालेका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा गएको मत गएको मत फर्काउन निकै कसरत गर्नु पर्ने धेरैको टिप्पणी हुने गरेको छ।

"मङ्सिर ४ को निर्वाचनमा जे भयो भयो, त्यो सधैँ दोहिरिन सक्दैन। यसपाली लहर कांग्रेसको पक्षमा छ," गठबन्धनको साथ पाएका काङ्ग्रेका उम्मेदवार जीतनारायण श्रेष्ठले भने।

नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने आफ्नो दल सधैँ विकासप्रेमी रहेको बताउँदै अहिले पार्टीले चलाएको 'मिसन ग्रासरुट' कार्यक्रमले पनि एमालेको पक्षमा मतदाताहरु देखिएको दाबी गरे।

उनी भन्छन्, "यी कारणले यसपटकको निर्वाचनको परिणाम एमालेको पक्षमा आउँछ।"

अघिल्लो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल यहाँ तेस्रो भएका थिए। यी दुवै उम्मेदवारका लागि चुनौतीका रूपमा रहेका रवि लामिछाने अघिल्लो पटक पराकिलो अन्तरले निर्वाचित भएका थिए।

आफू छोटो समयमै सांसद पदबाट बाहिरिनु परेका कारण मतदातालाई गरेको बाचा पूरा गर्न नसकिरहेको लामिछानेले प्रचारका क्रममा बताउँदै आएका छन्।

उनी भन्छन्, "तपाईँहरूलाई गरेको बाचाबाट म विचलित भएको छैन र तपाईँहरू पनि विचलित नभइदिन आग्रह गर्दछु।"

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो। पुन: नेपाली नागरिकता लिएर लामिछाने चुनावमा सहभागि भएका हुन्।

आक्रामक प्रचार

पुराना दलहरूले मत फर्काउन आक्रामक प्रचारप्रसार शैली अपनाइरहँदा रास्वपाका लामिछाने चाहिँ आफूले पहिला पाएको मत जोगाउन लागेको देखिन्छ ।   

May be an image of 7 people

विसं २०७९ सालको आमनिर्वाचनअघि एमालेले चितवन-२ मा लगातार दुईपटक जितेको थियो। पछिल्लो चुनावमा यहाँबाट लगातार दुईपटक निर्वाचित सांसद पोखरेल तेस्रो मात्रै भए।

हाल उक्त दलका उम्मेदवार रामप्रसाद न्यौपाने एमाले चितवन जिल्ला समितिका अध्यक्ष हुन्। त्यसअघि पहिलो संविधानसभाको निर्वाचनमा त्यहाँ नेपाली कांग्रेसका शेषनाथ अधिकारी निर्वाचित भएका थिए।

२०७४ को चुनावबाटै मतदाताको चित्त बुझाउन नसकेको नेपाली कांग्रेसले यसपटक जिल्ला राजनीतिमा स्थापित पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उतारेको छ।

उपनिर्वाचनमा गठबन्धनका दलहरू प्रतिबद्ध भएर लागेको र जनस्तरमा रहेको भ्रम चिर्ने काम भई रहेको नेकपा माओवादीका अध्यक्ष रामचन्द्र अधिकारी बताउँछन्।

उनी भन्छन्, "माओवादीको ९० प्रतिशत मत गठबन्धनका उम्मेदवारलाई जानेछ।" कांग्रेसले प्रचारका क्रममा जिल्लाका पुरानादेखि समकालीनलाई समेट्ने प्रयास गरिरहेको देखिन्छ।

यसका लागि कांग्रेस र एमालेका प्रभावशाली केन्द्रीय नेताहरू चुनावी कमान्ड सम्हालेर चितवनमै खटिएका छन्।यहाँ एमाले र कांग्रेस दुवै प्रमुख दलका उम्मेदवार प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा पहिलो पटक अघि सरेका हुन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending