Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

ढाकाकुमार श्रेष्ठलाई रास्वपाले कारबाही गरेको पत्र संसद सचिवालयमा

खबरडबली संवाददाता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठमाथि कारबाहीका लागि संघीय संसद् सचिवालयमा पत्र पठाएको छ।

पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरिएको भन्दै रास्वपाले संसद सचिवालयलाई श्रेष्ठको सांसद पद रिक्त हुने भनी पठाएको पत्र संसद सचिवालयमा पुगेको छ। सचिवालयका अधिकारीहरुका अनुसार उक्त पत्र दर्ता भइसकेको छैन।

‘महासचिवलाई पत्र आएको छ तर, दर्ताको प्रक्रियामै छ’ एक अधिकारीले भने । उनका अनुसार पत्रमा उल्लेख हुनुपर्ने कागजातहरु भए÷नभएको हेरेर दर्ता गर्ने वा नगर्ने निर्णय हुनेछ ।

संसद सचिवायका प्रवक्ता एकराम गिरी पनि सांसदलाई गरिएको कारबाहीको कानुनी प्रक्रिया पूरा भए वा नभएको संसद सचिवालयले हेर्ने बताउँछन्। 

उनले भने, ‘राजनीतिक दल सम्बन्धी ऐन अनुसार प्रक्रिया पूरा भएको वा नभएको हेरेपछि मात्रै सांसदमाथिको कारबाही प्रक्रिया अगाडि बढ्छ।’

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र रवि लामिछानेको कोर टिमले २ करोड रुपैयाँ माग गरेको भन्दै मेडिकल ब्यवसायी दुर्गा प्रसाईंसँग रकम मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। 

त्यसको जानकारी गराउन रास्वपाले संसद सचिवालयलाई पत्र लेखेको हो। उक्त पत्र अनुसार सांसद पद रिक्त भएको भनी सभामुखले सार्वजनिक गरेपछि मात्रै कारबाही प्रक्रियाले पूर्णता पाउँछ।

संसदको अधिवेशन चालु भएको अवस्थामा सभामुखले संसदमै सांसद पदमुक्त भएको जानकारी गराउँछन् । संसद नभएको अवस्थामा सूचना टाँसेर जानकारी गराउने व्यवस्था छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending