Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

ओमानसँगको अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी

खबरडबली संवाददाता

ओमानसँगको अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी

काठमाडौँ। एसीसी प्रिमियर कपअघि आयोजना भएको अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिता अघि मनोबल बटुलेको हो । 

मंगलबारबाट मूलपानी र कीर्तिपुर मैदानमा १० टोलीले एसीसी प्रिमियर कप  खेल्दैछन् । सोही प्रतियोगिताका लागि नेपालले अभ्यास खेल खेलेको हो । ओमानले निर्धारित ५० ओभरमा खेल्दै नेपाल सामु प्रस्तुत गरेका २ सय ४७ रनको लक्ष्य नेपालले ४४।४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

ओमानले दिएको लक्ष्य भेटाउँदै जित निकाल्न अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी निकै महत्त्वपूर्ण रह्यो । ओपनर साउदले ६७ तथा कप्तान रोहितकुमार पौडेलले ५८ रन बनाउने क्रममा रिटायर हर्ट भएका थिए । दीपेन्द्रसिंह ऐरी ५९ रनमा आउट भएका थिए । 

कप्तान रोहितले ५८ रनमा रिटायर्ट हर्ट हुँदै कुशल मल्ललाई मौका दिए पनि ८ रन भन्दा जोड्न सकेनन् । नेपालका लागि ओपनरका रूपमा मैदान प्रवेश गरेका देव खनाल १० रनमा आउट भएका थिए ।

 नेपालको पाँच विकेट निकाल्ने क्रममा ओमानका लागि कप्तान जिशान मकसुदले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । ओमानका लागि शोएब खानले १ सय १० रनको अविजित शतकीय इनिङ खेले । 

ओपनर जतिन्दरसिंह ४२ रन जोड्ने क्रममा पवेलियन फकिँदा अर्का ओपनर कश्याप प्रजापति१६ रनमा आउट भए । मोहम्मद नदिमले २४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

 नेपालका लागि किशोर महतोले ३ तथा प्रतिश जी।सी र सूर्य तामाङले समान २÷२ विकेट लिए ।

सोमबारबाट आयोजना हुने प्रतियोगिता एसीसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन् । नेपालले मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । 

नेपाल सम्मिलित समूह ए मा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् ।

यस्तै समूह बी मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । १० टोली सहभागी प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तान खेल्ने मौका पाउनेछन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending