बैतडी । बैतडीका स्थानीय तहरूले विद्यालय तह समायोजन गरिरहेका छन् । यहाँको पाटन नगरपालिकाले भौगोलिकरुपमा टाढा भएका र विद्यार्थी सङ्ख्याका आधारमा तह समायोजन गरिरहेको छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेयका अनुसार नगरका ११ विद्यालयका तह समायोजन गर्ने कार्य भइरहेको छ । वडा नं १ को गरालेकस्थित दुर्गाबताल आधारभूत विद्यालय अब कक्षा ३ सम्म कायम रहने छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म अध्ययन–अध्यापन हुँदै आएको थियो । वडा नं १ कै भुवनेश्वरी आधारभूत विद्यालय लदौली पनि कक्षा ३ सम्म कायम रहने छ । यसअघि यहाँ कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो ।
वडा नं २ को भूमिराज आधारभूत विद्यालय टोटीपोखरी कक्षा ३ सम्म कायम रहने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो । यस्तै वडा नं ३ को सुकाबैना आधारभूत विद्यालय सुकाबैनालाई कक्षा ३ सम्म कायम गरिएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो । वडा नं १० मा रहेको सिद्धसिगास आधारभूत विद्यालय पनाली पनि शिशु कायम रहने प्रमुख पाण्डेयले बताए । उक्त विद्यालयमा कक्षा ३ सम्म पढाइ हुने गरेको थियो ।
वडा नं ३ मा रहेको सरस्वती आधारभूत विद्यालय कल्तडीलाई पनि कक्षा ३ सम्म कायम राखिने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो । वडा नं ५ को उदयदेव आधारभूत विद्यालय धञ्चुली कक्षा ५ सम्म कायम रहने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ८ सम्म पढाइ हुँदै आएको थियो । वडा नं ६ को डाँडाबाग आधारभूत विद्यालय हिरापुरलाई कक्षा ५ सम्म कायम राखिने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ८ सम्म पढाइ हुँदै आएको पाण्डेयले जानकारी दिए।
कक्षा ३ सम्म सञ्चालनमा रहेको वडा नं ४ को नागार्जुन सैपाल आधारभूत विद्यालय खोल्सी शिशु कायम रहने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ३ सम्मका पढाइ हुने गरेकामा ११ जनामात्रै विद्यार्थी थिए । वडा नं १ को ज्ञानज्योति आधारभूत विद्यालय गणेशपुर पनि शिशु कायम रहने भएको छ । वडा नं ७ को दानखोलामा रहेको चतुरभुज आधारभूत विद्यालय कक्षा ३ सम्म कायम रहने छ । यसअघि कक्षा ५ सम्म अध्ययन– अध्यापन हँुदै आएको थियो ।
नगरपालिकाले यसअघि कक्षा १ देखि ३ सम्मका विद्यालयमा कम्तीमा ३०, कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा कम्तीमा ६५, कक्षा १ देखि ८ सम्मको विद्यालयमा कम्तीमा एक सय १०, कक्षा १ देखि १० सम्म पढाइ हुने विद्यालयमा कम्तीमा एक सय ७० र कक्षा १ देखि १२ सम्म पढाइ हुने विद्यालयमा कम्तीमा एक सय १० जना विद्यार्थी हुनुपर्ने मापदण्ड थियो । सो मापदण्डमा टेकेर विद्यार्थी सङ्ख्या नभएका विद्यालयको तह समायोजन कार्य भएको हो ।
तह समायोजनसँगै शिक्षक समायोजनबारे पनि छलफल भइरहेको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिनुभयो । शिशु कायम रहेका विद्यालयमा माथिल्लो तहका सबै शिक्षकको सरुवा गरिने छन् । नगर शिक्षा समितिको निर्णयलाई कार्यपालिकाको बैठकबाट निर्णय गरी कार्यान्वयनको चरणमा लैजाने नगरपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - १७:४५
काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...
बैशाख १७ गते, २०८३ - १७:३३
नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय...
बैशाख १७ गते, २०८३ - १७:२६
काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...
बैशाख १७ गते, २०८३ - १७:१३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...
बैशाख १७ गते, २०८३ - १७:००
विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...
बैशाख १७ गते, २०८३ - १६:४३
काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...
बैशाख १७ गते, २०८३ - १६:३७
काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...
बैशाख १७ गते, २०८३ - १६:१२
दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...
बैशाख १७ गते, २०८३ - १६:०६
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...
बैशाख १७ गते, २०८३ - १५:४९
काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...


प्रतिकृया लेख्नुहोस्: