मनाङ । हिमाली जिल्ला मनाङमा वर्षायाममा वर्षात् र हिउँदमा हिमपातका कारण विकास निर्माणका काममा बाधा पुग्ने गरेको छ । वर्षमा करिब पाँच–छ महिना मात्र काम गर्न मौसम अनुकूल रहन्छ । जिल्लामा विकासका योजना धेरै छन् । केही निर्माणका क्रममा छन् भने केही सम्झौता सकिने बेलासम्म प्रक्रियामा नै पुगेका छैनन ।
मनाङका विभिन्न नदी खोला नदीमाथि बन्न लागेका पुलका लागि बजेट आए पनि काम हुनसकेको छैन । मस्र्याङ्दी नदीमाथिको पुल, दूधखोलालगायत नदी खोलामाथि पुल निर्माण गर्न बजेट विनियोजन भए पनि कामले गति लिन नसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले जानकारी दिनुभयो । ठेकेदार कम्पनीको लापरवाहीका कारण काम अगाडि बढ्न नसकेको हो ।
“चालु आर्थिक वर्र्षमा जिल्लामा पाँच पुल निर्माण गर्न बजेट विनियोजन भएको छ, दुई पुलको काम सकिएको छ, अन्यको प्रक्रिया नै अगाडि बढेको छैन”, विष्टले भन्नुभयो, “एउटा पुल निर्माण सम्पन्न भए पनि बाढीपहिराका कारण भत्किएको छ, त्यसलाई पुनःनिर्माण गर्नुपर्ने छ ।”
निर्माणमा संलग्न कम्पनीका प्रतिनिधिलाई प्रमुख जिल्ला अधिकारीमार्फत ताकेता गर्ने काा भइरहेको उनले बताए । मनाङमा बन्ने सबै पुल निर्माणका लागि प्रतिपुल रु दुई करोडका दरले बजेट विनियोजन भएको छ । सबै पुलको सम्झौता असार मसान्तमा सकिन्छ, तर काम भने अगाडि बढ्न सकेको टैन ।
चिसो बढ्दै गएपछि हिमाली जिल्ला मनाङमा विकास निर्माणका कार्य पूर्णरूपमा रोकिन्छन् । गत वर्ष निरन्तरको वर्षाले क्षति पु¥याएको भौतिक संरचना निर्माणकार्यका काम थपिएको छ । विशेषगरी माथिल्लो मनाङको सडक, पुल, हाइड्रोलगायतको विकास निर्माणका कार्यमा समस्या हुन्छ ।
यतिबेला मनाङमा मौसम अनुकूल रहेको छ । यसले गर्दा कामले गति लिनुपर्ने हो । तर त्यस्तो हुन नसकेको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले बताए। “केही निर्माणका कार्य भइरहेका छन्, पुलको काम अगाडि बढाउन ठेकेदारलाई सम्पर्क गर्ने काम भइरहेको छ”, उनले भने ।
हिउँदमा हिमपातका कारण सदरमुकाम चामे, नासों गाउँपालिका क्षेत्रमा केही कार्य निर्माण गर्न सकिन्छ । तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा पूर्वाधार निर्माणकार्य पूर्णरूपमा रोकिने गर्दछ । हिउँदमा जिल्लाको चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम गर्न सकिँदैन । मनाङको मेरुदण्डको रूपमा रहेको चामे–बेँसीसहर सडकखण्डको निर्माण पनि मौसम अनुकूल भएपछि निर्माणको काम भइरहेको छ । प्रायःजसो मनाङको विकास निर्माणको काम तीनदेखि पाँच महिनासम्म गर्न सकिन्छ ।
उक्त सडकखण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिकरूपमा बजेट विनियोजन हुँदै आएको छ । मनाङको सहज यातायातका लागि सरकारले विशेषरूपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । मनाङको तिमाङमा रु २२ करोडको लागतमा सडक ढलान गरिएको छ । सडकखण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि रु छ–छ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।
डुम्रे–बेँसीसहर–चामे सडकखण्डको पक्की र दीर्घकालीन बनाउन पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङको पहलमा सङ्घ सरकारले कुल रु ६० करोड विनियोजन भएको छ । आगामी पाँच वर्षको अवधिमा डुम्रे–बेँसीसहर–चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनासहित बजेट विनियोजन भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना रहेको कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - १७:४५
काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...
बैशाख १७ गते, २०८३ - १७:३३
नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय...
बैशाख १७ गते, २०८३ - १७:२६
काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...
बैशाख १७ गते, २०८३ - १७:१३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...
बैशाख १७ गते, २०८३ - १७:००
विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...
बैशाख १७ गते, २०८३ - १६:४३
काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...
बैशाख १७ गते, २०८३ - १६:३७
काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...
बैशाख १७ गते, २०८३ - १६:१२
दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...
बैशाख १७ गते, २०८३ - १६:०६
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...
बैशाख १७ गते, २०८३ - १५:४९
काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...


प्रतिकृया लेख्नुहोस्: