Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

विमान चार्टर गरेर एक सय ८० चिनियाँ पर्यटक नेपालमा

खबरडबली संवाददाता

काठमाडौ । हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन् । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो । 

नेपालमा आएका चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० डा धनञ्जय रेग्मीलगायतले स्वागत गरे।

स्वागतपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले कोरोनापछि नयाँ वर्षको पूर्वसन्ध्यामा पहिलोपटक यति ठूलो सङ्ख्यामा चिनियाँ पर्यटकलाई स्वागत गर्नपाउँदा ज्यादै खुशी लागेको बताए। “पाहुना भनेको भगवान हुन्, हामी भगवान्को रुपमा सँधै विदेशी पाहुनाको स्वागत गर्दछौँ,” उनले भने।

मन्त्री किराँतीले नेपाल चीन सम्बन्ध धेरै पुरानो भएकाले यसलाई थप मजबुद बनाउन यस्तो गतिविधिले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। “चीनका महामहिम राष्ट्रपति नेपाल आएको बेलामा हामीलाई एशियाको सबैभन्दा मन पर्ने देश नेपाल हो भन्नुभएको थियो, हामी चीनमार्फत थप पर्यटन प्रवद्र्धन गर्न चाहन्छौँ,” मन्त्री किराँतीले भने।

उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चीन सरकारको ठूलो भूमिका रहेको बताउँदै पोखरा विमानस्थललाई चीनसँग हवाईमार्फत प्रत्यक्ष  जोड्न चाहेको बताए । मन्त्री किराँतीले नेपालका कतिपय शहर चीनका विभिन्न सहरसँग मिल्दोजुल्दो रहेकाले चिनियाँ पर्यटकले नेपाललाई मन पराउने आशा व्यक्त गरे।

मन्त्री किराँतीले विस २०८० को दशकलाई समृद्धि र पर्यटनको दशकका रुपमा नेपालले मनाउन चाहेको बताए ।

नेपालका लागि चिनियाँ राजदूत छेन् सङले कोरोना नियन्त्रणमा आएसँगै विदेश जाने पर्यटकलाई चीनले खुला गरेको बताए। “चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्न पाउँदा साह्रै खुशी लागेको छ,” राजदूत सङले भने। उनले चिनियाँ पर्यटक नेपालमा भित्रिएसँगै नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले सन् २०१९ देखि थला परेको नेपालको पर्यटन उद्योगमा चिनियाँ पर्यटकको आवागमनसँगै थप उत्साह जागेको बताए । नेपालले चिनियाँ र भारतीय पर्यटकलाई लक्षित गरेर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने उनको भनाइ थियो ।

नेपाल विग माउण्टेन ट्राभलका सञ्चालक एवम् युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले कोरोनापछि चीनले नेपाललाई गत मार्च १० देखि गन्तव्यसूचीमा राखेर नेपालमा पर्यटक आउन थालेकोमा खुशी व्यक्त गरे।

उहाँले आगामी महिना झण्डै आठ सय चिनियाँ पर्यटक नेपालमा ल्याउन लागेको बताए। पर्यटन व्यवसायी नेपालले चिनियाँ पर्यटकलाई नेपाल सुरक्षित गन्तव्यस्थल रहेको सन्देश दिनु जरुरी रहेको बताए ।

एक साताका लागि नेपाल आएको चिनिया टोलीले काठमाडौँ उपत्यकाका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गर्नुका साथै पुनहिलसमेतको भ्रमण गर्ने कार्यक्रम रहेको पर्यटन व्यवसायी नेपालले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री कप : आर्मी र एपिएफ विजयी

काठमाडौँ। विभागीय टोली आर्मी र एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार जित निकालेका छन् । वीरगन्जमा भएको खेलमा अ...

कार्यालय समय पालना भए र नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवाह भए र नभएकाबारे छड्के गर्न राजधानीबाहिर टोली खटाएक...

ऊर्जा महँगीको चपेटामा श्रीलङ्का, ग्यास मूल्यमा ठूलो वृद्धि

मेलबर्न। मध्यपूर्वमा जारी द्वन्द्वको प्रत्यक्ष असर झेल्दै श्रीलङ्काले घरेलु तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) को मूल्य सोमबार झन्डै एक चौथाइले बढाएको ...

प्रतिनिधिसभा हलमा सभामुख र सांसदलाई समान कुर्सी

काठमाडौं । प्रतिनिधिसभा हलमा सभामुख र सांसदहरूका लागि समान कुर्सी व्यवस्था गरिएको छ। यसअघि सभामुखका लागि विशेष किसिमको कुर्सी राखिने प्रचलन थियो। य...

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आजै फैसला आउने

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकसम्बन्धी बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पो...

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाबाट तीन अध्यायदेश स्वीकृत भएको छ ।  सभाको आजको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य नि...

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न समिति गठन

काठमाडौँ। सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवा...

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ '६': घरको कुना-कुनासम्म तीव्र गति इन्टरनेट

काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न ...

संसद्‌को अघिल्लो रोमा खाली भएपछि मनिष झाले भने- सदन चिया पसल वा चौतारी होइन

काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरू अनुपस्थित भएका छन्। सभाहलको अगाडिको रोमा उनीहरूका लागि सिट व्यवस्था गरिए पनि उपस्थिति नभएपछि...

गण्डकी प्रदेशका लेखा अधिकृतसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending