Ntc summer Offer
Khabar Dabali २८ भाद्र २०८१ शुक्रबार | 13th September, 2024 Fri
NIMB

बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु

चालक सम्पर्कविहिन, जीप खस्ने क्रममा सडकमै हामफालेका पाँच जना सकुशल

खबरडवली संवाददाता

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो। दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेकाे खत्रीकाे भनाइ छ।  उनीहरू सबै एकै गाउँका हुन्।  जीप सवार पाँचजना सकुशल छन्। जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ  चालक सम्पर्कविहीन छन्।​ झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले सुन्धाराको धरहरा असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असोज ३ गतेदेखि अस्थाय...

सहकारी ठगीमा मुछिए लेखा समिति सभापति पोखरेल, सञ्चालक पनि एमालेनिकटकै

०६८ देखि ०७७ सम्मका कागजपत्र गायब

एमाले सचिवालय बैठक बस्दै, वार्षिक कार्ययोजना तय गर्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न १२ः३० बजे बस्ने पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले बत...

सकसपूर्ण मुक्तिनाथ यात्रा : बाढी, कटान र पहिरोको चुनौती

म्याग्दी । मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स...

उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर ...

अमेरिकी राष्ट्रपतीय चुनावमा निर्णायक हुन सक्ने यी सात राज्य

काठमाडौं । लगभग २४ करोड अमेरिकीहरू यस पटकको राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न योग्य छन्। तर सम्भवत: तिनीहरूमध्ये तुलनात्मक रूपमा सानो सङ्ख्याले आउँदो ...

नमुना बन्यो माछापुच्छ्रेको चक्लाबन्दी खेती

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमुना बनेको छ। गण्डकी प्रदेश सरकारले चार वर्षअ...

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

जुम्ला । पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने...

तरूण दलले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाल दरुण दलले केन्द्रीय समिति बैठक बोलाएको छ । असोज ५ र ६ गते बस्ने बैठकमा विधानको संशोधित मस्यौदा छलफलसहित निर्णयार्थ प्रस्तुत हुने म...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेगरी साँझ १८ः...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy