Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

ठूला अस्पतालका स्वास्थ्यकर्मीमा बढ्न थाल्यो कोरोना संक्रमण

खबरडबली संवाददाता

काठमाडौं। काठमाडौंका ठूला अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित हुन थालेका छन् ।

मीनभवनस्थित निजामती अस्पतालमा पछिल्लो १० दिनमा २५ जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन्। अस्पतालका कार्यकारी निर्देशक डा। विधाननिधि पौडेलका अनुसार स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।

‘चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मी संक्रमित हुँदा इन्डोस्कपी, ईसीजी लगायतका सेवा तीन–चार दिन नै बन्द गर्नुपर्‍यो’, डा. पौडेलले भने, ‘संक्रमित भएका स्वास्थ्यकर्मीलाई पाँच दिनको होम आइसोलेसन राखेर पुनः सेवामा फर्काएका छौं ।’

संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या बढेपछि संक्रमित कर्मचारीलाई पालैपालो होम आइसोलेसनमा राखेर ड्युटी मिलाइएको उनले बताए ।

यस्तै, वीर अस्पतालमा पनि सात जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका कोरोना फोकल डा. उमेश बोगटीका अनुसार पछिल्ला दिनमा स्वास्थ्यकर्मी संक्रमण हुने संख्या बढ्दै गएको छ।

‘अहिले दैनिक दुईरतीन जनामा संक्रमण थपिदै गएपछि हामीले अनिवार्य रुपमा एन्टिजेन परीक्षण अनिवार्य गरेका छौं’, डा. बोगटीले भने ।

त्रिवि शिक्षण अस्पतालमा पनि सातजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बमका अनुसार संक्रमित भएका सबै सामान्य किसिमका छन् । ‘हामीले संक्रमण देखिएपछि पाँच दिन बिदा दिएका छौं । यसैगरी संक्रमण बढ्दै जाने हो भने सेवा प्रवाहमा कठिन पर्ने देखिन्छ’, डा। बमले भने ।

स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको तथ्यांकमा देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ । १७ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने चारजना आईसीयूमा र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending