Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

राहुल गान्धी बने मोदी र अदानीप्रति थप आक्रामक, अर्को निर्वाचनमा भाग लिन नपाउने

खबरडबली संवाददाता

काठमाडौं । भारतको विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले आफ्नो सांसद पद खारेज गर्ने निर्णय राजनीतिक रूपमा अभिप्रेरित भएको बताएका छन्।

गुजरातस्थित एउटा स्थानीय अदालतले गान्धीलाई मानहानिको अभियोगमा दोषी ठहर गर्दै दुई वर्षको सजाय तोकेको एक दिनपछि शुक्रवार भारतीय संसद्ले उनको सांसद पद खारेज गरेको थियो।

सत्ताधारी भारतीय जनता पार्टीले भने उनको सांसद पद खारेज गर्ने निर्णय संसदीय नियम अनुसार भएको बताएको छ। भारतीय सर्वोच्च अदालतको सन् २०१३ को एक फैसलाले कुनै पनि अपराधमा दुई वर्ष वा सो भन्दा बढी सजाय पाएका सांसदहरूको पद तत्कालै खारेज हुने उल्लेख गरेको छ।

शनिवार पत्रकार सम्मेलनमा बोल्दै गान्धीले भने, 'म सांसद हुनबाट अयोग्य भए पनि मलाई कुनै फरक पर्दैन...जीवनभर अयोग्य भए पनि...म अघि बढिरहने छु, म रोकिने वाला छैन।'

राजनीतिक विषयमा कमै एक ठाउँमा देखिने गरेका भारतका विपक्षी राजनीतिक दलहरूमध्ये धेरैले सांसद पद खारेज गर्ने निर्णयको विरोध गर्दै यो मामलामा गान्धीलाई साथ दिएका छन्।

शुक्रवार १४ वटा राजनीतिक दलहरू भारतको केन्द्र सरकारले विपक्षीहरूलाई निशाना साँध्न अनुसन्धान निकायहरूको दुरुपयोग गरेको आरोप लगाउँदै सर्वोच्च अदालत पुगेका थिए।

कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले अदानी समूह माथि संसदीय छानबिन माग गरेका कारण गान्धीमाथि प्रतिसोध साँधिएको आरोप लगाए। नरेन्द्र मोदी यसअघि गुजरातको मुख्यमन्त्री भएका बेला गौतम अदानीसँग निकट सम्बन्ध सुरु भएको थियो र अहिले प्रधानमन्त्री हुँदा पनि त्यो जारी छ।

भारतकै ठूलो व्यवसायीक घरानामाथि यसअघि अमेरिकी शर्ट सेलिङ कम्पनी हिन्डनबर्गले धितोपत्रमा चलखेलको आरोप लगाएको थियो। अदानी समूहले यस्तो आरोप अस्वीकार गर्दै आइरहेको छ।

'मेरो काम यो देशको प्रजातन्त्रको रक्षा गर्नु हो' गान्धीले आफ्नो सांसद पद गुमेपछि भने। 

'त्यसको अर्थ देशका संस्थाहरूको रक्षा गर्नु हो, देशका गरिब मानिसहरूको आवाजको रक्षा गर्नु हो, प्रधानमन्त्रीसँगको सम्बन्धलाई दोहन गर्ने अदानी जस्ता मानिसहरूका बारेमा सत्य कुरा देशका जनतालाई बताउनु हो। मैले सांसद पद गुमाएँ किनभने प्रधानमन्त्री नरेन्द्र मोदी अदानीबारे मेरो अर्को भाषणबाट डराएका छन्... म त्यो डर उनको आँखामा देख्न सक्छु।'

गान्धीका समर्थकहरूले उनको सांसद पद खारेज हुनु भारतका लोकतान्त्रिक संस्थाहरू कमजोर भएको सङ्केत भएको दाबी गरेका छन्। यसको विरोधमा भारतमा सरकार विरुद्ध थप प्रदर्शनहरू तय गरिएका छन्। गान्धीले सजाय निलम्बन वा उन्मुक्ति नपाए आगामी वर्ष हुने आम निर्वाचनमा पनि भाग लिन पाउनेछैनन्।

भारतीय जनता पार्टीले भने अदालतको आदेशमाथि प्रश्न उठाएको भन्दै गान्धीको दलको आलोचना गरेको छ। भारतका सङ्घीय श्रम मन्त्री भुपेन्द्र यादवले गान्धीले मोदी थर भएका जाती र पिछडावर्गका मानिसहरूको अपमान गरेको आरोप लगाए।

'कुनै पनि थरको अपमान गर्नु अभिव्यक्ति स्वतन्त्रता होइन' उनले भने। तर कतिपय विज्ञहरूले भने गान्धीलाई तोकिएको सजायको अवधिबारे प्रश्न उठाएका छन्।

मिसिगन विश्वविद्यालयका उपप्राध्यापक जोयोजीत पालले पहिलो पटक अभियोग सामना गरेका गान्धी जस्ता व्यक्तिका लागि अधिकतम सजाय तोकिनु निकै अस्वाभाविक भएको बताए।

'भारतमा राजनीतिज्ञहरू र सांसदहरू भाषण, सामाजिक सञ्जाल र सार्वजनिक बैठकहरूमा पनि उग्र देखिन्छन्। मोदीका प्रमुख चुनौतीकर्तालाई नै प्रतिस्पर्धाबाट बाहिर राख्ने यो स्तरको सजाय चाहिँ सुनिएको थिएन' उनले भने।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending