Ntc
Khabar Dabali १८ जेष्ठ २०८० बिहीबार | 1st June, 2023 Thu

राहुल गान्धी बने मोदी र अदानीप्रति थप आक्रामक, अर्को निर्वाचनमा भाग लिन नपाउने

खबरडबली संवाददाता

काठमाडौं । भारतको विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले आफ्नो सांसद पद खारेज गर्ने निर्णय राजनीतिक रूपमा अभिप्रेरित भएको बताएका छन्।

गुजरातस्थित एउटा स्थानीय अदालतले गान्धीलाई मानहानिको अभियोगमा दोषी ठहर गर्दै दुई वर्षको सजाय तोकेको एक दिनपछि शुक्रवार भारतीय संसद्ले उनको सांसद पद खारेज गरेको थियो।

सत्ताधारी भारतीय जनता पार्टीले भने उनको सांसद पद खारेज गर्ने निर्णय संसदीय नियम अनुसार भएको बताएको छ। भारतीय सर्वोच्च अदालतको सन् २०१३ को एक फैसलाले कुनै पनि अपराधमा दुई वर्ष वा सो भन्दा बढी सजाय पाएका सांसदहरूको पद तत्कालै खारेज हुने उल्लेख गरेको छ।

शनिवार पत्रकार सम्मेलनमा बोल्दै गान्धीले भने, 'म सांसद हुनबाट अयोग्य भए पनि मलाई कुनै फरक पर्दैन...जीवनभर अयोग्य भए पनि...म अघि बढिरहने छु, म रोकिने वाला छैन।'

राजनीतिक विषयमा कमै एक ठाउँमा देखिने गरेका भारतका विपक्षी राजनीतिक दलहरूमध्ये धेरैले सांसद पद खारेज गर्ने निर्णयको विरोध गर्दै यो मामलामा गान्धीलाई साथ दिएका छन्।

शुक्रवार १४ वटा राजनीतिक दलहरू भारतको केन्द्र सरकारले विपक्षीहरूलाई निशाना साँध्न अनुसन्धान निकायहरूको दुरुपयोग गरेको आरोप लगाउँदै सर्वोच्च अदालत पुगेका थिए।

कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले अदानी समूह माथि संसदीय छानबिन माग गरेका कारण गान्धीमाथि प्रतिसोध साँधिएको आरोप लगाए। नरेन्द्र मोदी यसअघि गुजरातको मुख्यमन्त्री भएका बेला गौतम अदानीसँग निकट सम्बन्ध सुरु भएको थियो र अहिले प्रधानमन्त्री हुँदा पनि त्यो जारी छ।

भारतकै ठूलो व्यवसायीक घरानामाथि यसअघि अमेरिकी शर्ट सेलिङ कम्पनी हिन्डनबर्गले धितोपत्रमा चलखेलको आरोप लगाएको थियो। अदानी समूहले यस्तो आरोप अस्वीकार गर्दै आइरहेको छ।

'मेरो काम यो देशको प्रजातन्त्रको रक्षा गर्नु हो' गान्धीले आफ्नो सांसद पद गुमेपछि भने। 

'त्यसको अर्थ देशका संस्थाहरूको रक्षा गर्नु हो, देशका गरिब मानिसहरूको आवाजको रक्षा गर्नु हो, प्रधानमन्त्रीसँगको सम्बन्धलाई दोहन गर्ने अदानी जस्ता मानिसहरूका बारेमा सत्य कुरा देशका जनतालाई बताउनु हो। मैले सांसद पद गुमाएँ किनभने प्रधानमन्त्री नरेन्द्र मोदी अदानीबारे मेरो अर्को भाषणबाट डराएका छन्... म त्यो डर उनको आँखामा देख्न सक्छु।'

गान्धीका समर्थकहरूले उनको सांसद पद खारेज हुनु भारतका लोकतान्त्रिक संस्थाहरू कमजोर भएको सङ्केत भएको दाबी गरेका छन्। यसको विरोधमा भारतमा सरकार विरुद्ध थप प्रदर्शनहरू तय गरिएका छन्। गान्धीले सजाय निलम्बन वा उन्मुक्ति नपाए आगामी वर्ष हुने आम निर्वाचनमा पनि भाग लिन पाउनेछैनन्।

भारतीय जनता पार्टीले भने अदालतको आदेशमाथि प्रश्न उठाएको भन्दै गान्धीको दलको आलोचना गरेको छ। भारतका सङ्घीय श्रम मन्त्री भुपेन्द्र यादवले गान्धीले मोदी थर भएका जाती र पिछडावर्गका मानिसहरूको अपमान गरेको आरोप लगाए।

'कुनै पनि थरको अपमान गर्नु अभिव्यक्ति स्वतन्त्रता होइन' उनले भने। तर कतिपय विज्ञहरूले भने गान्धीलाई तोकिएको सजायको अवधिबारे प्रश्न उठाएका छन्।

मिसिगन विश्वविद्यालयका उपप्राध्यापक जोयोजीत पालले पहिलो पटक अभियोग सामना गरेका गान्धी जस्ता व्यक्तिका लागि अधिकतम सजाय तोकिनु निकै अस्वाभाविक भएको बताए।

'भारतमा राजनीतिज्ञहरू र सांसदहरू भाषण, सामाजिक सञ्जाल र सार्वजनिक बैठकहरूमा पनि उग्र देखिन्छन्। मोदीका प्रमुख चुनौतीकर्तालाई नै प्रतिस्पर्धाबाट बाहिर राख्ने यो स्तरको सजाय चाहिँ सुनिएको थिएन' उनले भने।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनवाइ हुँदै

काठमाडौं । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ। शारदा बोहरा...

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट राप्...

भारत भ्रमणमा हाम्रा प्राथमिकता- हवाई रुट र बिजुली व्यापार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ रु ६० अर्बको लगानी गरिसकेको छ । होटलमा मात्र रु ३० अर्ब लगानी थपियो । विम...

नेपाली क्रिकेट टोली लाग्यो दक्षिण अफ्रिकातर्फ, सन्दिपले दिए फेशबुकबाट शुभकामना

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अभ्यास खेलका लागि दक्षिण अफ्रिका प्रस्थान गरेको छ।  मुख्य प्रशिक्षक मोन्टी देशाइ र नेपाली टोलीका महत...

स्वास्थ्यमन्त्रीलाई भेटेर बालेनको एक्सन- कानुनी दायरामा नआए ६८ स्वास्थ्य संस्थामा ताला लाग्छ

विपन्न वर्गलाई १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्ने माग

कालोसूचीमा परेका कम्पनीले ल्याए मल

काठमाडौं । समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडको कालोसूचीमा परेका सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले विश्व बजारमा मू...

झापामा १०२ मिटरब्याज पीडितद्वारा उजुरी

झापा । अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित १०२ जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका  छन्। गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थप...

आगो पुज्न २२ गाउँका दरै समुदाय एकै ठाउँमा भेला

तनहुँ । व्यास नगरपालिका–५ चिन्तुटारका दरै समुदायले मंगलबार २२ गाउँका मानिस भेला गरेर आगोको पूजा गरेको छ।  प्रत्येक वर्ष वैशाख पूर्णिमापछि पर्ने दशम...

जम्बो टोलीसहित भारत भ्रमणमा जाँदै प्रधानमन्त्री, यस्ता छन् एजेण्डा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणमा जाँदैछन्। ​तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहालको यो पहिलो विदेश भ्रमण हो।  चार दिने भ्रमणमा  ...

‘कर्मचारीलाई भत्ता नदिने, प्रधानमन्त्री, मन्त्री र सांसदले मात्र लिने ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लोहनीले हिजो संसदमा प्रस्तुत बजेट श्राद्ध गरेजस्तो मात्र भएको टिप्पणी ...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page