Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

रानी–जमरा–कुलरिया सिँचाइको काम आधा पनि भएन

खबरडबली संवाददाता

भजनी । आर्थिक वर्ष २०६८–६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा काम आधा पनि हुन सकेको छैन । निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्दा पनि प्रगति भने न्यून अवस्थामा छ ।  कूल ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले सुरु भएको आयोजना निर्माणको म्याद आव २०८०–८१ मा सकिँदैछ । आयोजना विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । 

रानी, जमरा र कुलरिया गरी तीन खण्डमा काम भइरहेको आयोजनाको रानी र कुलरिया खण्डको कामको प्रगति सन्तोषजनक छैन । जमरा खण्डको कामले सुरुदेखि नै गति लिएको भए पनि रानी र कुलरिया क्षेत्रको कामबाट आयोजनाकै अधिकारी पनि सन्तुष्ट छैनन् । 

एउटै समयमा सुरु भएको कामको प्रगति हेर्दा रानीको १८ प्रतिशतमात्रै भएको छ भने कुलरिया खण्डमा २० प्रतिशत काम सम्पन्न भएको छ । सबैभन्दा बढी जमरा खण्डमा ६५ प्रतिशत काम सम्पन्न भएको आयोजनाका इञ्जिनियर प्रेम लासिवाको भनाइ छ । निर्माण कम्पनीको लापरबाहीका कारण काम सुस्त भएको आरोप लगाउँदै निर्धारित समयमा काम सम्पन्न नहुने उनको भनाइ छ । 

“सबै क्षेत्रमा एकैसाथ काम सुरु भएको हो, एउटा कम्पनीले ६५ प्रतिशत काम पूरा हुँदा दुई कम्पनीको कामको प्रगति ज्यादै न्यून छ”, उनले भने, “हामीले ताकेता गरिरहेका छौँ तर निर्माण कम्पनीले काम गर्न सकेको छैन ।” आयोजनाको काममा लागि तीनवटा निर्माण कम्पनीले ठेक्का पाएका छन् । जसअन्तर्गत रानी कुलोको ठेक्का गौरीशङ्कर निर्माण सेवा र जिभिभी भारतीय कम्पनीले संयुक्तरूपमा लिएका छन् । साथै जमराको ठेक्का रामेछाप निर्माण सेवा र कान्छाराम निर्माण सेवाले पाएका छन् भने कुलरिया खण्डमा हाइहिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । 

दुई वर्ष कोरोना सङ्क्रमणको कारणले काममा ढिलासुस्ती भएको र अहिले आर्थिक मन्दीका कारण काम गर्न समस्या भएको निर्माण कम्पनीहरुको दाबी छ ।  रामेछाप निर्माण सेवाका साइट इन्चार्ज छिरिङ शेर्पाले आयोजनाको काम सम्पन्न हुनसक्ने स्थिति  नदेखिएको स्वीकार गरे । “काम गर्दै आएका छौँ । सम्पन्न गर्नुपर्ने समय नजिकिँदै आएको छ । अझै करिब ३० प्रतिशतभनदा बढी काम बाँकी छ”, उनले भने, “काम गर्दै जाँदा आएका समस्याका कारण समयमा काम सक्न ढिलाइ भएको हो । कयौँ ठाउँमा डिजाइन नै परिवर्तन गर्दै काम गर्नुपर्ने स्थिति काम गर्दै जाँदा आयो ।” कम्पनीले मरा कुलो क्षेत्रको संरचना निर्माणका लागि रू ५४ करोडमा ठेक्का पाएको थियो ।

कुलरिया कुला क्षेत्रको कामको जिम्मा पाएको हाइहिमालय हाइड्रो कन्स्ट्रक्सनका साइट इन्चार्ज निर्भय रिसाल पनि सम्झौता म्यादभित्र काम सम्पन्न हुने सम्भावना नरहेको बताउँछन् । उनले काम ढिलो हुनुमा निर्माण कम्पनीको नभई आयोजना कार्यालयको दोष  देखाए ।  “काम किन ढिलो भयो भनेर हामीलाई होइन, आयोजना कार्यालयलाई राम्रोसँग थाहा छ । हाम्रो कारणले काममा ढिलाइ भएको छैन”, उनले भने, “कामका बारेमा कति प्रगति निकै कम भएको छ । त्यसमा काम गर्ने वातावरण आयोजना कार्यालयले बनाउन नसकेकै कारण काम हुन नसकेको हो ।”

निर्माण व्यवसायीका कारण आयोजनाको काम धरापमा पर्ने चिन्ता रानी जमरा कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता मूल समितिको छ । समितिका अध्यक्ष कुमारराज शाहीले निर्माण कम्पनी जिम्मेवार नबन्दा आयोजनाको काम समयमा सम्पन्न हुनसक्ने अवस्था नरहेको स्पष्ट पारे । उनले आयोजनाले काम गर्न ताकेता गर्दा पनि ठेकेदार कम्पनीले आयोजनालाई नटेरेको आरोप लगाए । “ठेकेदारले काम गर्दैन, आयोजना कार्यालयको निर्देशनको कार्यान्वयन हुँदैन । किसानले मूल समितिलाई आरोप लगाउँछन्”, अध्यक्ष शाहीले भने, “समस्या किसानलाई भएको छ । समयमा कुलोमा पानी ल्याउन पाएको छैन । समयमा खेती गर्न पाएको छैन ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस र एमालेलाई आन्तरिक समस्या समाधान गर्न रवि लामिछानेको आग्रह

काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...

सरकारबारे रवी: झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो

चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...

प्रधानमन्त्री शाहको घोषणा: सुकुमवासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्ने

चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...

अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...

सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं

राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending