पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले राष्ट्रिय क्रिकेट टोलीका करण केसी र यु-१९ टोलीका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई आज सम्मान गरेको छ ।
यू-१९ विश्वकपमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई जनही रु पाँच हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । त्यस्तै लिग टु क्रिकेटमा नेपाललाई क्वालिफायर राउण्डमा पुर्याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय टोलीका सदस्य करण केसी लाई मञ्चले रु २० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको हो ।
आइसिसी विश्वकप लिग टु का खेलमा केसीले कूल ५० विकेट लिएका थिए र साथै अन्य तीन जना खेलाडीले सन् २०२४ मा श्रीलङ्कामा हुने विश्वकपमा छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनीहरूलाई मञ्चका कार्यवाहक अध्यक्ष दिलबहादुर गुरुङ, निवर्तमान अध्यक्ष तेज गुरुङ, संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटलगायतले सम्मान गरे।
उक्त अवसरमा पोखरा क्रिकेट एकेडेमीका तर्फबाट चारै जना खेलाडीलाई जनही रु पाँचरपाँच हजार प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा मञ्चका कार्यवाहक अध्यक्ष गुरुङले नेपाली राष्ट्रिय क्रिकेट टिमले राष्ट्रको झण्डा अन्तर्राष्ट्रियस्तरमा फहराउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
पोखरा रङ्गशालामा रहेको क्रिकेट मैदान छिट्टै स्तरोन्नति हुनुपर्ने उल्लेख गर्दै उनले रङ्गशालासहितका क्रिकेट रङ्गशाला स्तरोन्नति हुनसके पर्यटक खोज्न टाढा जान नपर्ने बताए । मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङले राज्यले के दियो भन्दा पनि खेलाडीले आफ्नो खेल जीवनले दिएको संस्कार बिर्सन नहुने बताए ।
मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले खेलाडीले आफूलाई अघि बढाउन अनुशासनसँगै प्रशिक्षकको निर्देशनलाई पालना गर्दै अघि बढ्नुपर्ने बताए ।
पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बविन कुँवरले नेपालले पाएको सफलताले गौरवान्वित बनाएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - ११:४१
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि ब्रेड–फलफूलदेखि मासु–भातसम्मको खाना–नास्ताको व्यवस्था गरिएको छ। ख...
मंसिर ३० गते, २०८२ - ११:३२
पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जि...
मंसिर ३० गते, २०८२ - ११:२५
काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ...
मंसिर ३० गते, २०८२ - ११:१७
काठमाडौं । व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जना पक्राउ प...
मंसिर ३० गते, २०८२ - १०:५७
सप्तरी। सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै...
मंसिर ३० गते, २०८२ - १०:४३
काठमाडौँ। सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जना...
मंसिर ३० गते, २०८२ - १०:३४
काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएका छन् । प्रारम्भमा महाधिवेशन प्रतिनिधि नबनेका...
मंसिर ३० गते, २०८२ - १०:१७
नेपालगन्ज । यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शितलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्...
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...




प्रतिकृया लेख्नुहोस्: