काठमाडौं। सभामुख देवराज घिमिरेले पत्रकारबारे आफ्नो विवादित अभिव्यक्ति सच्याएका छन् । पत्रकार महासंघका पदाधिकारीसँगको छलफल सोमबार सभामुख घिमिरेले आफ्नो अभिव्यक्ति सच्याएका हुन् ।
केही दिन अगाडि महासंघको टोलीसँग भएको भेटमा सभामुख घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो ।
सोमबार महासंघका पदाधिकारीसँगको छलफलमा सभामुख घिमिरेले आफूले बोलेको विषयले समग्र पत्रकारितामा परेको आघातले दुःख लागेको बताएका छन् । उनले सो छलफलका क्रममा शब्द चयन नमिलेको र मनशाय पनि पत्रकारलाई लाञ्छित गर्ने नभएको भन्दै पत्रकार र संसद मिलेर अगाडि बढ्नुपर्ने बताएका थिए ।
पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल सभामुख भनेको व्यक्ति नभई संस्था भएको भन्दै संसदको प्रमुखबाटै पत्रकारलाई अप्रमाणित लाञ्छाना लगाइएकोमा आफूहरूले घिमिरे समक्ष विरोध जनाएको बताए । उनले पत्रकार र संसद मिलेर अगाडि बढ्नुपर्ने बताए ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा सञ्चारमैत्री कानुन निर्माण, सभामा रहेका सञ्चारसँगसम्बन्धी विधेयकहरूको अवस्थालगायतका विषयमा छलफल भएको थियो ।
सभामुख घिमिरेले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धतामा कहिल्यै कमी नआउने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८० - २२:००
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएकामा स्वागत गरेको छ । लोसपाका...
जेष्ठ १७ गते, २०८० - २१:२१
मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ...
जेष्ठ १७ गते, २०८० - २०:५९
विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रस्ताव पेस भएको छ । सो प्रस्ताव आर्थिक...
जेष्ठ १७ गते, २०८० - २०:५३
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले मन्त्रिस्तरीय निर्ण...
जेष्ठ १७ गते, २०८० - २०:०५
काठमाडौं । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा ‘स्वास्थ्यमन्त्रीस्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट पत्रकार, स्वास्थ्यकर्मी ए...
जेष्ठ १७ गते, २०८० - १९:५७
काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि सहज जित हासिल गरेको छ । बुधबार एन्फा क...
जेष्ठ १७ गते, २०८० - १९:५४
काठमाडौं । चार दिे भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदे...
जेष्ठ १७ गते, २०८० - १८:३३
सोउल । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके)को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार ...
जेष्ठ १७ गते, २०८० - १८:२५
काठमाडौं । अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिएको छ । सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको...
जेष्ठ १७ गते, २०८० - १८:२३
काठमाडौं । प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) ले आज गरेको जासुसी उपग्रह प्रक्षेपणको जापान, दक्षिण कोरिया र अमेरिकाले निन्दा गरेका छन् । यद्य...
प्रतिकृया लेख्नुहोस्: