Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

के रुसी राष्ट्रपति पुटिन पक्राउ पर्न सक्छन् ?

खबरडबली संवाददाता

काठमाडौं । द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि त्यो एउटा लामो प्रक्रिया अन्तर्गतको पहिलो कदम मात्रै हो।

संयुक्त राष्ट्रसङ्घले स्पष्ट रूपमा के विश्वास गरेको छ भने रुसी नेतालाई युक्रेनमा भएका युद्ध अपराधका लागि आरोप लगाउन पर्याप्त प्रमाणहरू रहेका छन्।

तर यस्ता मुद्दालाई अघि बढाउन व्यावहारिक र स्रोत साधनसम्बन्धी ठूला समस्या देखा पर्ने गर्छन्। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गर्ने निर्णयको स्वागत गरेका छन्।

उनले संवाददाताहरूसँग कुरा गर्दै पुटिनले स्पष्ट रूपमा युद्ध अपराध गरेको बताए। पुटिनलाई त्यस्तो कानुनी कारबाहीको दायरामा ल्याउन सम्भव छ?

पुटिन पक्राउ पर्न सक्छन्?

अहिलेको अवस्थामा आफ्नो देशभित्र पुटिनलाई चुनौती दिनसक्ने कुनै पनि शक्ति छैन। त्यही भएर क्रेमलिनले उनलाई आईसीसी समक्ष बुझाउने कुनै सम्भावना देखिँदैन। उनी रुसभित्रै रहेसम्म पक्राउ पर्ने कुनै जोखिम छैन। उनी देशबाहिर गएको अवस्थामा भने पक्राउ पर्न सक्छन्।

तर अन्तर्राष्ट्रिय प्रतिबन्धले आवतजावतको स्वतन्त्रता गम्भीर रूपमा सङ्कुचित भइसकेकाले आफूविरुद्ध मुद्दा चलेको देख्न चाहने कुनै पनि मुलुकको भ्रमण उनले गर्ने सम्भावना देखिँदैन।

रुसी फौजले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेयता उनले जम्मा ८ वटा देशको भ्रमण गरेका छन्। त्यसमध्ये सातवटा रुस नजिकैका देश पर्छन् र ती सन् १९९१ को अन्त्यमा सोभियत सङ्घ विघटन हुनुअघिसम्म त्यसकै हिस्सा रहेका थिए।

त्यसबाहेक उनले अघिल्लो वर्षको जुलाईमा इरानको भ्रमण गरेर त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईसँग भेटेका थिए।

इरान रुसको पक्षमा उभिएको छ र उसले युक्रेनविरुद्धको लडाइँका लागि ड्रोन र अन्य सैन्य सामाग्रीहरू मस्कोलाई उपलब्ध गराइरहेको छ। त्यही भएर दोहोर्‍याएर तेहरानको भ्रमण गर्दा पनि उनलाई कुनै जोखिम देखिँदैन।

पुटिनविरुद्ध मुद्दा चल्छ?

त्यसका लागि कम्तीमा दुईवटा अवरोधहरू छन्। पहिलो- रुसले आईसीसीको क्षेत्राधिकारलाई मान्यता दिएको छैन।सन् २००२ मा रोम विधान नामक सन्धिको आधारमा उक्त अदालत स्थापित भएको थियो।

उक्त विधानले अन्तर्राष्ट्रिय अपराधका लागि जिम्मेवारविरुद्ध आफ्नै फौजदारी क्षेत्राधिकारको अभ्यास गर्ने दायित्व प्रत्येक राज्यको हुने उल्लेख गरेको छ।

कुनै पनि देशले अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न नसके वा अनिच्छुक देखिएको अवस्थामा मात्रै आईसीसीले हस्तक्षेप गर्न सक्छ। समग्रमा १२३ वटा देशले त्यसलाई स्वीकार गरेका छन्। तर रुससहित कतिपय देशहरू अपवाद रहेका छन्।

युक्रेन सहितका कतिपय देशले सन्धिमा हस्ताक्षर गरेको भए पनि त्यसलाई अनुमोदन गरेका छन्। त्यही भएर कानुनी आधार अलिकति कमजोर देखा पर्नसक्छ। आईसीसीले अर्को पक्ष अनुपस्थित भएको अवस्थामा सुनुवाइ गर्दैन त्यही भएर त्यो विकल्प पनि बन्द छ।

यस्तो खालको सुनुवाइ कोको विरुद्ध भएको छ?

मानवताविरुद्धका अपराधका लागि मुद्दा चलाउने कामहरू आईसीसी स्थापना अघि पनि भएका छन्।

सन् १९४५ मा दोस्रो विश्वयुद्ध सम्पन्न भएपछि न्यूरमबर्ग ट्रायलमार्फत नाजी जर्मनीका प्रमुख पात्रहरूलाई होलोकोस्ट र अन्य जघन्य युद्ध अपराधका लागि दण्डित गरिएको थियो।

कारबाही खेप्नेमा नाजी नेता एडोल्फ हिटलरका सहायक रुडोल्फ हेससहित पर्छन्। उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो तर उनले सन् १९८७ मा आत्महत्या गरेका थिए।

राष्ट्रपति पुटिनलाई मानवताविरुद्धको अपराधको अभियोग लगाइएको छैन। तर अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले त्यस्तो अभियोग उनीमाथि लगाइनुपर्ने माग गरेकी थिइन्। र, त्यसो गरिएको भए त्यसले संयुक्त राष्ट्रसङ्घमा अर्को कानुनी अन्योल देखा पर्न सक्थ्यो।

किनभने संयुक्त राष्ट्रसङ्घ स्वयम्‌ले अन्तर्राष्ट्रिय कानुन अन्तर्गतको कुनै पनि निश्चित सन्धिमा आम नरसंहार र युद्ध अपराध जसरी मानवताविरुद्धको अपराधलाई व्याख्या नगरिएको बरु त्यसका लागि प्रयास भइरहेको बताउने गरेको छ।

अरू विशिष्ट निकायहरू खडा गरेर पनि युद्ध अपराधका आरोपीलाई दण्डित गरिएको छ। त्यसमा पूर्व युगोस्लाभियाका लागि अन्तर्राष्ट्रिय क्रिमिनल ट्राइब्युनल पनि पर्छ जुन सन् १९९३ देखि २०१७ सम्म अस्तित्वमा थियो।

उक्त अवधिमा सो निकायले ९० जनालाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो। सबैभन्दा गम्भीर अभियोग लगाइएका युगोस्लाभियाका पूर्व राष्ट्रपति स्लोभोदान मिलोसोभिचको जेलमै रहेका बेला सन् २००६ मा हृदयाघातका कारण निधन भएको थियो।

अहिलेसम्म आईसीसी स्वयम्‌ले राष्ट्रपति पुटिनबाहेक ४० जनामाथि अभियोग लगाएको छ। ती सबै अफ्रिकी देशका हुन्। त्यसमध्ये १७ जना द हेगमा थुनामा छन्। १० जना अपराधमा दोषी ठहर भएका छन् र चार जनाले सफाइ पाएका छन्।

युक्रेनमा जारी युद्धमा आईसीसीको निर्णयको अर्थ

युक्रेनमा भइरहेका घटनाक्रम अन्तर्राष्ट्रिय कानुन विपरीत भइरहेको भन्ने अन्तर्राष्ट्रिय समुदायको सङ्केतका रूपमा पक्राउ पुर्जीलाई लिन सकिन्छ।

अदालतले निरन्तर अपराध भइरहेकाले आफूले पक्राउ पुर्जीलाई सार्वजनिक गरिदिएको बताएको छ। त्यसो गरेर उसले थप अपराध रोक्ने प्रयास गरेको ठान्न सकिन्छ।

रुसले उक्त पक्राउ पुर्जी ‘औचित्यहीन’ रहेको प्रतिक्रिया दिएको छ। वास्तवमा क्रेमलिनले आफ्ना फौजले युक्रेनमा कुनै खालको जघन्य अपराध गरेको अस्वीकार गर्दै आएको छ।

राष्ट्रपति पुटिनका प्रवक्ताले आईसीसीको निर्णय ‘अपमानजनक र अस्वीकार्य’ रहेको बताएका छन्। त्यसको प्रतिरोधमाझ आईसीसीको कदमले युक्रेनमाथिको रुसी युद्धलाई कुनै प्रभाव पार्ने देखिँदैन। पुटिनको ‘विशेष सैनिक कारबाही’ कठोर रूपमा निरन्तर चलिरहनेछ।  बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending