काठमाडौं। उच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि नगर्न यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
न्यायाधीश रमेशप्रसाद राजभण्डारी र ऋषि राजभण्डारीको संयुक्त इजालसले बिहीबार यसअघिकै आदेशलाई निरन्तरता दिएको हो । २८ फागुनमा अदालतले कारण देखाऊ आदेश जारी गर्दै विद्यार्थी समूहको नाम परिवर्तन गर्नुको कारण १५ दिनभित्र दिन विपक्षीलाई भनेको थियो ।
विपक्षी तर्फबाट मागअनुसारको नाम नदिइनुको कारण खुलेर जवाफ आइनपुगेकाले बिहीबारको संयुक्त इजालसले यो मुद्दाको अन्तिम फैसला नहुँदासम्म पृथ्वीनारायण क्याम्पसमा कुनै चुनावी गतिविधि गर्न लगाएको रोकसहितको अल्पकालीन आदेशलाई निरन्तरता दिएको छ ।
स्वतन्त्र विद्यार्थी समूहले आफूहरूले चाहेको नामअनुसार नाम नदिएको भन्दै पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन समिति, पृथ्वीनारायण क्याम्पस र स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिलाई विपक्षी बनाएर २६ फागुनमा रिट हालेका थिए ।
दीपसन गुरुङ, विप्लवी न्यौपानेलगायत विद्यार्थीले स्ववियु चुनावमा भाग लिन स्वतन्त्र विद्यार्थी समूह बनाएर संगठन दर्ता गराएका थिए । उक्त क्याम्पसमा मतदाता झुक्किने गरेर अनेरास्ववियु र नेविसंघले क्रमशः नेविसंघ शेखर–गगन र अनेरास्ववियु केपी समूह गरेर डमी संगठन दर्ता गराएका थिए ।
पछि निर्वाचन अधिकृतको कार्यालयले त्यस्ता सबै नाम परिवर्तन गर्दा गुरुङ, न्यौपानेको संगठनको नाम पृथ्वी विद्यार्थी मञ्च राखिदिएको थियो । त्यसपछि पुरानै नाम कायम गरिदिन माग गर्दै विप्लवी न्यौपानेले क्याम्पसलाई विपक्षी बनाएर उच्च अदालतमा २६ फागुनमा रिट हालेकी थिइन् ।
उनले पुरानै नाम कायम गरिदिन क्याम्पसलाई विपक्षी बनाएर अन्तरिम आदेश मागेकी थिइन् । २८ फागुनमा अदालतले चुनावी गतिविधि रोकेर आजका लागि पेसी तोकेको थियो । अदालतले यसअघिकै आदेशलाई निरन्तरता दिएसँगै अब चुनाव झनै अन्योलमा परेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: