काठमाडौँ। एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपालको प्रथम राष्ट्रिय अधिवेशनले गगनसिंह विष्टको अध्यक्षतामा १३९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।
अधिवेशनका निर्णय सार्वजनिक गर्न यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासचिव प्रकाश राईले सरकारी सेवामा कार्यरत सबै कर्मचारीको हकहित संरक्षणका लागि सङ्गठनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै सरकारले तीन तहमा कर्मचारी समायोजन गर्दा कर्मचारी वर्गमा थुप्रै समस्या उत्पन्न भएकाले त्यसको उचित ढङ्गले समाधान गरिनुपर्नेमा जोड दिए।
वैज्ञानिक सरुवा प्रणाली विषयमा पूर्वप्रशासक र विज्ञ सम्मिलित समूहबाट अध्ययन अनुसन्धान गराई सरकारलाई सुझाव दिने निर्णय गरेको अधिवेशनले सङ्घीय निजामती सेवा ऐनका आधारभूत अन्तरवस्तुमा सङ्गठनले सार्दै आएका दृष्टिकोणप्रति प्रतिबद्ध रहने निष्कर्ष निकालेको छ ।
ट्रेड युनियनका अगुवाको नेतृत्व तथा व्यवस्थापनमा सुशासनयुक्त सेवा प्रवाहका लागि नमूना कार्यालय सञ्चालन गर्न आह्वान गर्ने निर्णय गरेको अधिवेशनले क्षतिपूर्तिसहितको सार्वजनिक सेवाको मान्यताप्रति दृढ रहने निर्णय गरेको छ ।
महिला राष्ट्रसेवक कर्मचारीको प्रसूति तयारी बिदाका रूपमा एक महिना अतिरिक्त बिदा थप गर्नुपर्ने, कार्यालयमा स्तनपान कक्षको व्यवस्था, कडा प्रकृतिको स्त्रीरोगका लागि औषधोपचार गर्नुपर्ने महिलाले उपचारको समयावधिभर तलबी बिदा पाउनुपर्ने माग गरेको अधिवेशनले उच्चस्तरीय तलब सुधार आयोगले गत फागुन २० गते बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
नवनिर्वाचत अध्यक्ष विष्टले देश अहिले आर्थिक सङ्कटमा रहेकाले यसबारे सरकारी कर्मचारी पनि गम्भीर भई राज्यलाई सहयोग गर्नुपर्ने सुझाव दिँदै सरकारी क्षेत्रमा आबद्ध कर्मचारीले दिने सेवा सहज र सुलभ बनाउन आग्रह गरे।
सङ्गठनका सहअध्यक्ष शरणकुमार गुरुङले गत फागुन २६ र २७ गते सम्पन्न अधिवेशनमा देशभरबाट चार सय छ जना प्रतिनिधि, सङ्गठनका केन्द्रीय पदाधिकारीलगायतको उपस्थिति रहेको जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: