लाहोर पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उहाँका समर्थकबीच यहाँस्थित खान निवास अगाडि झडप भएको छ भने प्रमुख शहरमा प्रदर्शन भएका छन् । पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गर्नुभएको छ ।
गए राति पनि पाकिस्तान तहरीक–ए– इन्साफ ९पिटिआई०का कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित घर नजिक झडप भएको थियो । प्रहरी र अर्धसैनिक बलका जवानले अश्रुग्यास प्रहार गरेपछि खानका क्रुद्ध समर्थकहरूले ढुङ्गामुढाले प्रतिकार गरेका थिए । पिटिआईका एकजना कार्यकर्ताका अनुसार पानीको फोहरा र अश्रुग्यास प्रहार गर्दै आएका सुरक्षाकर्मीले गोलीसमेत हान्न थालेका बताएका छन् ।
गत वर्ष विश्वासको मत प्राप्त नभएपछि पदमुक्त भएका खानमाथि भ्रष्टाचारलगायत विभिन्न मुद्दा लगाइएको छ । उनले आम निर्वाचनको माग गर्दै आएका छन् । सार्वजनिक रूपमा सरकारका कटु आलोचना गर्दै आएका उहाँमाथि प्रधानमन्त्री हुँदा प्राप्त उपहार बेचेको तथा प्राप्त आम्दानी सार्वजनिक नगरेको आरोप लगाइएको छ । सोही विषयमा जानकारी दिन अदालतले उहाँलाई बोलाएको छ । अदालतको आदेश पालना नगरेकाले उनलाई पक्राउ गर्न आफूहरू आएको एक जना वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई बताए ।
इस्लामावाद प्रहरीका उपमहानिरीक्षक सैयद शहजाद नदीम बुखारीले अदालतको आदेश कार्यान्वयन गर्न नेता खानको घर आएको स्पष्ट गरेका छन् । पञ्जाबका प्रहरी प्रमुख उस्मान अन्वरले अदालतको आदेशलाई जुनसुकै मूल्यमा पनि पालना गर्नुपर्ने बाध्यता रहेको बताए ।
पिटिआईका समर्थकहरूको एक समूहले दक्षिणी बन्दरगाह शहर कराँची र उत्तरपश्चिमको पेशावरमा पनि जुलुस निकालेका छन् । उनीहरूले सडक पनि अवरुद्ध पारेका छन् । कुनै समयका क्रिकेट सुपरस्टार ७० वर्षीय खानलाई हिरासतमा राख्ने प्रयास यसअघि पनि भएको थियो । उनीमाथि ज्यान मार्ने उद्देश्यका साथ गोली प्रहारसमेत भएको थियो । प्रधानमन्त्री शेहबाज सरिफको आदेशमा आफ्नो हत्या प्रयास गरिएको आरोप खानले लगाउँदै आउनुभएको छ ।
पिटिआईका एक वरिष्ठ अधिकारीका अनुसार इस्लामाबाद उच्च अदालतमा खानको गिरफ्तारी रोक्न रिट दायर गरिएको छ । उक्त रिटमाथि आजै सुनुवाई हुने अपेक्षा गरिएको छ । गिरफ्तारी रोक्न अदालतबाट आदेश भएमा स्थिति स्वतः साम्य हुनेछ । पार्टीका पदाधिकारीहरूले लाहोरको अदालतमा पनि त्यस्तै रिट दायर गरेका छन् ।
राजनीतिक अस्थिरताका कारण निरन्तर शिथिल हुँदै गएको पाकिस्तानको अर्थतन्त्रलाई उकास्न अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रयास असफल भएका बेला अतिवादी समूहहरूले बेलाबेलामा गर्ने घातक आक्रमण एवम् आत्मघाती हमालाबाट दक्षिण एसियाली निरन्तर प्रताडित भइरहेको छ । कानुन कार्यान्वयनमा कठिनाई हुँदा आपराधिक गतिविधि नियन्त्रणमा पनि असर परेको छ ।
राजनीतिक नेताले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई प्रयोग गरेर गिरफ्तारीलाई अस्वीकार गर्नुले पाकिस्तानको सबैभन्दा खराब अवस्थालाई प्रतिविम्बित गरेको लेखक, राजनीतिक विश्लेषक र मानवअधिकार कार्यकर्ता तौसीफ अहमद खान बताउछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - ११:४७
काठमाडौँ। एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्ति...
मंसिर ३० गते, २०८२ - ११:४१
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि ब्रेड–फलफूलदेखि मासु–भातसम्मको खाना–नास्ताको व्यवस्था गरिएको छ। ख...
मंसिर ३० गते, २०८२ - ११:३२
पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जि...
मंसिर ३० गते, २०८२ - ११:२५
काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ...
मंसिर ३० गते, २०८२ - ११:१७
काठमाडौं । व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जना पक्राउ प...
मंसिर ३० गते, २०८२ - १०:५७
सप्तरी। सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै...
मंसिर ३० गते, २०८२ - १०:४३
काठमाडौँ। सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जना...
मंसिर ३० गते, २०८२ - १०:३४
काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएका छन् । प्रारम्भमा महाधिवेशन प्रतिनिधि नबनेका...
मंसिर ३० गते, २०८२ - १०:१७
नेपालगन्ज । यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शितलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्...
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...




प्रतिकृया लेख्नुहोस्: