काठमाडौं । सरकारले विद्युतीय चूल्होको प्रयोग बढाउने भनेर लामो समयदेखि अभियान चलाइरहेको छ । तर, सरकारबाट इन्डक्शन चूल्हो विक्री वितरणको अख्तियारी पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट अत्यन्त थोरै मात्रामा चूल्होको विक्री भएको पाइएको छ ।
कम्पनीको बागमती प्रादेशिक कार्यालयका अनुसार हालसम्म ४ हजार ५ सय थान इन्डक्शन चूल्हो विक्री भएको छ । कम्पनीले अहिले बागमती प्रदेशमा मात्रै इन्डक्शन चूल्हो विक्री गरिरहेको अधिकारीहरू बताउँछन् ।
नेपाल सरकारले २०७२ सालको भूकम्पको लगत्तै पछिबाट विद्युतीय चूल्हो प्रयोगलाई व्यापक बनाउन भन्दै अभियान थालेको थियो । त्यतिबेला एलपी ग्यासमा अत्यधिक भर पर्दा छिमेकी भारतबाट घोषित वा अघोषित रूपमा बारम्बार हुने नाकाबन्दीले अप्ठ्यारो पारेको, सिलिन्डर आयातमा ठूलो धनराशि बाहिरिएको, ग्यास सिलिन्डरको उच्च मूल्यले उपभोक्ता मारमा परेको जस्ता कारण इन्डक्शन चूल्हो प्रयोगमा जोड दिइएको थियो । यसको प्रयोगबाट स्वदेशमै उत्पादित बिजुलीले बजार पाउनुका साथै विदेशी मुद्रा जोगिने र उपभोक्ताले राहत पाउने सरकारको अपेक्षा थियो ।
तर, सरकारले अभियान शुरू गरेका यतिका वर्षसम्म पनि थोरै संख्यामा मात्रै विद्युतीय चूल्हो प्रयोगमा आउँदा अपेक्षित लक्ष्य प्राप्त हुन नसकेको जानकार बताउँछन् ।
ऊर्जाविद् जगन्नाथ श्रेष्ठले राज्य संयन्त्रमा इन्डक्शन चूल्हो प्रयोग बढाउने इच्छाशक्ति नै कमजोर रहेको बताए । ‘टाढाको कुरा छोडिदिउँ सिंहदरबारभित्रै सरकारले इन्डक्शन चूल्हो प्रयोग गराउन सकेको छैन । एलपी ग्यास प्रयोगमा प्रतिबन्ध लगाए पनि रोकिएको छैन । मुलुकको प्रमुख प्रशासनिक क्षेत्रमै यस्तो स्थिति भएपछि अन्यन्त्रको अवस्था के हुन्छ रु’ ऊर्जाविद् श्रेष्ठले भने ।
उनले इन्डक्शन चूल्होसम्बन्धी जानकारी र ज्ञानको पनि व्यापक अभाव रहेको बताए । सिंहदरबारभित्रका क्यान्टिन सञ्चालकहरूमा ठूलो परिमाणमा खाना पकाउन मिल्ने विद्युतीय चूल्हो हुन्छ भन्ने कुराको ज्ञानसमेत नभएको उनले बताए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ०८:३६
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...
पौष ९ गते, २०८२ - ०८:१८
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...
पौष ९ गते, २०८२ - ०८:१४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...
पौष ९ गते, २०८२ - ०८:०३
तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...
पौष ९ गते, २०८२ - ०७:४९
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...
पौष ९ गते, २०८२ - ०७:३५
ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...
पौष ९ गते, २०८२ - ०७:३१
काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...
पौष ९ गते, २०८२ - ०७:२४
काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...
पौष ९ गते, २०८२ - ०७:२०
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्र...
पौष ९ गते, २०८२ - ०७:१७
काठमाडौँ । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुग...




प्रतिकृया लेख्नुहोस्: