नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले डुबानको समस्यालाई ध्यान दिएर साना–ठूला सबै नाला सफाइ गर्न थालेको छ । पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूला नाला र दोन्द्रा नालाको अन्तिम विन्दु ९आउटलेट०बाट सफाइको काम थालिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जीनियर निवेशकुमार शर्माले अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ–जहाँ अवरोध छ, त्यसमा राम्रोसँग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरिएको बताए ।
“बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालाको अन्तिम विन्दुबाट काम थालेका छौँ, जेसिबीले सफाइ गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाइ गरिने छ”, उहाँले भन्नुभयो ।
भेरी प्राविधिक शिक्षालय भएर बग्ने नालाको अन्तिम विन्दुमा भइरहेको सफाइको नगरप्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृृत शिवप्रसाद रिजाल र इञ्जीनियर शर्मा जानकारी समेत लिएको थिए ।
नगरप्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य समस्याको रूपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नालाको आउटलेट सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि काम सुरु गरिएको बताए ।
“सहरको करिब ७० प्रतिशत पानी बग्ने मुख्य नाला सफाइ मुख्य प्राथमिकतामा राखेका छौँ, यहाँबाट ९अन्तिम विन्दु० भेरी प्राविधिक शिक्षालयसम्म र बजार क्षेत्रमा कर्णाली विकास बैंक छेउँसम्म राम्रोसँग सफा गर्न सकियो भने पानीको सहज निकास हुन्छ”, विष्ट भन्नुहुन्छ । उनले उपमहानगरपालिकाभित्र डे«नेजको पर्याप्त नेटवर्क भए पनि सहजरूपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको बताए ।
नालाको आधाभन्दा बढी भाग माटोले पुरिएको अवस्थामा पाइएको जानकारी दिँदै उहाँले कतिपय ठाउँमा जेसिवी प्रयोग गर्न सकिने अवस्था नरहेकाले कतिपय ठाउँमा मान्छे नै लगाएर सफाइ गरिरहेको बताउनुभयो ।
विगतमा बजारको वरिपरिमात्रै सफाइ गर्ने काम हुँदा समस्या समाधान नभएकाले यसपटक अन्तिम विन्दुबाट आमरूपमा सफाइ थालेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरले बर्सेनि नाला सफाइ गर्दै आएको छ ।
पहिलो चरणमा ठूला नाला र दोस्रो चरणमा साना नाला सफाइ गरिँदा नेपालगञ्ज डुबान हुनबाट जोगिने नगरप्रमुख विष्टको विश्वास छ । एक महिनामा सफाइ सक्ने गरी काम अघि बढाइएको बताइएको छ । सरसफाइका क्रममा कर्णाली विकास बैंक क्षेत्र वरपरको नाला र भेरी प्राविधिक शिक्षालय तलतिरको नाला स्थलगत हेर्दा धेरै ठाउँमा माटोले पुरिएको, झाडी नै देखिएको र कतिपय ठाउँमा बयरका घारीसमेत उम्रिएको पाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: