Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

उपत्यकाको एकीकृत विकासका लागि फोरम गठन

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ उपत्यकाको एकीकृत विकास गर्नका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको संयोजकत्वमा उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम गठन भएको छ ।

अन्तरपालिका सम्बन्ध, साझा कार्यक्रम, सहयोग र समन्वय सिकाइ, भोगाइ र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले फोरम गठन गरिएको हो । 

फोरममा सार्वजनिक महत्वका विषयमा समान धारणा निर्माण गर्ने, जनप्रतिनिधिबाट तर्जुमा भएका नीतिगत निर्णयमा समान बुझाइ बनाएर उपत्यका एकीकृत विकासमा काम गर्ने विषयमा छलफल गरिने कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।

उक्त फोरमले विशेषगरी उपत्यकाको सामुदायिक कुकुर र छाडा चौपाया व्यवस्थापन, डेङ्गीलगायत महामारी नियन्त्रण, वातावरणीय सुधार, ल्याण्डफिल साइटमा कमभन्दा कम फोहर लैजाने प्रणालीको विकास, सहरी उज्यालो, नदी व्यवस्थापन, सडक सञ्जालको प्रयोग, सार्वजनिक यातायात प्रणालीका विषयमा समेत सामूहिकरूपमा काम गर्ने छ ।

त्यसैगरी एकीकृत विद्युतीय सेवा सञ्चालनमा ल्याइएको, खरिद मूल्याङ्कन अधिकार विभाग र वडालाई दिइएको, आन्तरिक नियन्त्रण प्रणाली विकास गरिएको, वडाहरूको कार्यसम्पादन अनुगमन सूचक तयार पारिएको जस्ता कामलाई सिकाइका रूपमा अन्य पालिकामा विस्तार गरिने छ ।

फोरमले सामुदायिक विद्यालयहरूको सुधारका लागि प्रोफाइल तयार पारिएको, सहरी स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर स्वास्थ्य प्रवद्र्धन केन्द्रका रूपमा रुपान्तरण प्रक्रिया सुरु गर्नेछ । विशेषज्ञ स्वास्थ्य सेवासहितका यी केन्द्र सञ्चालनमा  सार्वजनिक सामाजिक उत्तरदायित्वको ढाँचा अवलम्बन गरिने उनले बताए ।

राजस्वको दर एउटै हुनुपर्ने, फोहरमैला व्यवस्थापनमा एउटै ढाँचाको कार्यक्रम चलाउनुपर्ने, पार्किङको मापदण्ड समान बनाउनुपर्ने विषय पनि फोरममा छलफल हुनेछ । साझा कार्यक्रमका विषयमा सिमाना जोडिएका नगरहरूका समान मापदण्ड बनाउन सके सेवाग्राहीमा सेवा सन्तुष्टि दिन सकिनेमा पनि छलफल अघि बढाइने अधिकारीले जानकारी दिए ।

कामपाको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको संयोजकत्वमा फोरम गठन भएको भए पनि अन्य सबै नगरपालिकाको प्रशासकीय प्रमुखहरू फोरमको सदस्यका रूपमा रहनेछन् । हाल उपत्यकामा दुई महानगरपालिकासहित १६ नगरपालिका छन्  ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: