Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौँ। म्याग्दीका जनप्रतिनिधिको टोलीले जिल्लाका अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ध्यानाकर्षण गराएका छन्। 

म्याग्दी प्रदेशसभा २ बाट निर्वाचित गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली र प्रदेशसभा १ बाट निर्वाचित प्रदेशसभा हरिबहादुर भण्डारीले शनिबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेट गरी ध्यानाकर्षण गराएका हुन्। 

सङ्घीय सरकारमार्फत सञ्चालित अधुरा राहुघाट जलविद्युत् र आठ वटा सडकसम्बन्धी आयोजना निर्माणलाई गति दिने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको हो। 

प्रशासनिक, राजनीतिक र व्यावसायिक पहुँच भएका निर्माण व्यवसायीको अटेरी, आयोजना र कार्यालय प्रमुख तथा सरोकारवालाले चासो नदिनुका साथै पर्याप्त बजेट नआउने, निर्माण व्यवसायीले उपकरण, मजदुर परिचालन र निर्माण सामग्री जुटाउन नसक्दा आयोजना थलिएको उनीहरुले बताएका थिए।

अधुरा आयोजनालाई पूर्णता दिनका लागि प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ, सम्बद्ध विभागीय मन्त्री र मन्त्रालयका अधिकारीहरुसँग भेटघाट र छलफल गरिएको मन्त्री जुग्जालीले बताए। 

“जिल्ला र हाम्रो तहबाट सिर्जना गरिएको दबाबको सुनुवाइ र सम्बोधन नभएका केही आयोजनाका विषयमा सम्माननीय प्रधानमन्त्री, विषयगत मन्त्री र अधिकारीहरुसँग भेटेर छलफल गरेका छौँ”, उनले भने, “अधुरा आयोजना सञ्चालन गरेका सरकारी निकायका अधिकारी र निर्माण व्यवसायीलाई प्रधानमन्त्रीले हाम्रै अगाडि फोन गरेर तत्काल काम अघि बढाउन निर्देशन दिनुभएको छ ।”

करिब दुई वर्षदेखि रोकिएको बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणको ठेक्का लिएको निर्माण कम्पनी महादेव–खिम्ती–रफिना–गल्वा जेभीका सञ्चालक निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलाई प्रधानमन्त्रीले काम अघि बढाउन निर्देशन दिएका थिए। 

राहुघाट–जविद्युत्, बेनी–जोमसोम–कोरला, पोखरेबगर–चित्रेलगायत सङ्घीय सरकारले सञ्चालन गरेका अधुरा सडक, पुल र भवन आयोजनामा पर्याप्त बजेट व्यवस्थापनका साथै निर्माण अघि बढाउन प्रधानमन्त्रीसँग छलफल भएको टोलीले जनाएको छ । 

बेनीदेखि ढोरपाटन हुँदै रुकुम र धवलागिरि गाउँपालिकाको गुर्जालाई सडक सञ्जालले जोड्ने सडक, रघुगङ्गा–म्याग्दी चक्रिय सडक र मोटेरेबल पुल निर्माणका लागि योजना आयोगका उपाध्यक्ष श्रेष्ठसँग छलफल गरिएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending