Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

पर्यटन प्रवर्द्धन र विकासमा सहयोग गर्न नाट्टाको आग्रह

खबरडबली संवाददाता

काठमाडौँ। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले
 पर्यटन प्रवद्र्धन र विकासमा सहयोग गर्न संयुक्त पर्यटन ट्रेड युनियनसँग आग्रह गरेको छ।

नाट्टाका अध्यक्ष रमेश थापाले आज विज्ञप्ति जारी गरी विगत केही दिनदेखि संयुक्त पर्यटन ट्रेड युनियन फोरमले नाट्टासँग केही माग राखेर वार्ता गरिरहेको अवस्थामा शुक्रबार नाट्टा सचिवालयमा ताला लगाउने काम भएको भन्दै यसले मुलुकको पर्यटन प्रवद्र्धन र विकासमा सहयोग नपुग्ने बताएको हो।

“सन् २०१५ को विनाशकारी भूकम्प, कोरोना र बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण थला परेको नेपालको पर्यटन व्यवसायलाई पुनःजीवन दिन नेपालका पर्यटन व्यवसायीको अथक र धैर्यपूर्ण सङ्घर्ष गरिरहेको अवस्थामा कार्यालयमा तालाबन्दी गरिनु गम्भीर विषय भएको छ”, अध्यक्ष थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नाट्टाले नेपालको पर्यटन प्रवद्र्धनमा चाइना सेल्स मिसन, अन्तर्राष्ट्रिय बुद्धिष्ट सर्किट सेल्स मिसन, बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टलगायतको काम गरिरहेको अवस्थामा कार्यालयमा तालाबन्दी गर्दा यसबाट पर्यटक आवागमनसमेत प्रभावित हुने बताएको छ ।

आन्दोलनरत पक्षलाई समस्याको गाम्भीर्यता बुझी बिनाशर्त ताला खोल्न र पर्यटन प्रवद्र्धन र विकासमा सहयोग गर्न नाट्टाले आग्रहसमेत गरेको छ । पर्यटन व्यवसायीले भोग्नुपरेको असहज परिस्थितिप्रति गम्भीर भइदिन र समस्याको समाधानमा सहजीकरण गर्न विभिन्न सरकारी तथा पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थासँग नाट्टाले आह्वानसमेत गरेको छ 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending