Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

पाथीभरामा तीर्थयात्रीको आगमन बढ्यो

खबरडबली संवाददाता

ताप्लेजुङ। यहाँस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको उपस्थिति बढ्न थालेको छ । मौसम केही न्यानो हुँदै गएको र पाथीभरा क्षेत्रमा हिउँ परेपछि पर्यटकको आगमन बढ्दै गएको हो ।

यहाँ बर्सेनि वसन्त ऋतुको आगमनसँगै भक्तजनको समेत बढ्छ । यो वर्ष हिउँ कम परे पनि मन्दिरको दर्शनका लागि दैनिक सात सय बढी तीर्थयात्री ओहोरदोहोर गरिरहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

शनिबार र मङ्गलबारका दिनमा भने दुई हजार बढी भक्तजन पुग्न थालेको समितिको भनाइ छ । गत मङ्गलबार दुई हजार दुई सय ८३ जना भक्तजन पाथीभरा दर्शनका लागि आएको समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए। 

यहाँ आउने सङ्ख्या दैनिक बढिरहेको उनको भनाइ छ । बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादशैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ ।

बडादशैँपछि चैतेदशैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउँछन्। यहाँ भारत र अन्य देशबाट पनि भक्तजनहरु आउने गरेका छन् । पाथीभराको दर्शनसँगै कञ्चनजङ्घासहितका हिमशृङ्खलाको अवलोकन, विभिन्न प्रजातिका गुराँसको सुन्दरतामा रमाउनुका साथै हिउँ खेल्नका लागि यहाँ आउने पर्यटक बढेको पाथीभरा क्षेत्रमा पर्ने फेदीका होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए। 

यो समयमा काफ्लेपाटी, फेदीलगायतका होटलसमेत खचाखच हुन थालेका छन्।

तीर्थयात्रीको आगमन बढेसँगै पाथीभरा मन्दिर जाने पदमार्गमा र मन्दिरकै परिसरमा हेल्थ डेक्स स्थापना गर्ने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको अगुवाइमा शुक्रबार बसेको सरोकारवालासहितको बैठकले हेल्थ डेक्स स्थापन गर्ने योजना बनाएको हो।

पाथीभरा क्षेत्रका होटलमा तीर्थयात्रीलाई खाना, खाजा र बस्नका लागि सहजरूपले सुविधा प्रदान गर्न होटल व्यवसायीसँग छलफलसमेत भएको छ। 

ताजा र स्वच्छ खाना खुवाउने, चलनचल्तीको भन्दा बढी मूल्य लिन नपाउने निर्णय भएको छ ।

यस्तै सहज यातायातका लागि निजी तथा भाडाका सवारीसाधनलाई काफ्लेपाटीसम्म सहजरूपले आवतजावत गर्न दिने, सवारी चालकलाई अनिवार्य ट्राफिक नियमको पालना गर्न लगाउनेसमेत निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

काफ्लेपाटीमा तीर्थयात्रीको चाप बढेको समयमा बाहिरबाट खाली गाडी झिकाउँदा प्रतिव्यक्ति रु चार सय ५० लाग्ने र चलनचल्तीको रु चार सयसम्म दिन सकिने गरी यातायात व्यवसायीसँग समझदारी भएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending