Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

बजुरामा बिरामी बढे

बाजुरा । जिल्लाको उत्तरी भेगमा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पछिलो समय बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । केन्द्रमा दुई महिनादेखि चिकित्सक छैनन् । मौसम परिवर्तन र प्रदूषित वातावरणले गर्दा बिरामीको सङ्ख्या वृद्धि भएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । दैनिक ८० देखि ९० जना बिरामीले उपचार गराउँदै आएकामा एक सातायतामात्र बिरामीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको स्वास्थ्य केन्द्रकी अनमी देउमा धामीले जानकारी दिए । हाल कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक एक सय बढी बिरामी उपचारका लागि आउने गरेका छन् । तीन श्ययाको उपचार कक्ष रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चापसँगै उपचारमा समस्या भएको छ । कोल्टी क्षेत्रका ११ गाविस र छिमेकी जिल्ला हुम्ला र मुगुका  जनतालाई सेवा दिँदै आएको केन्द्रमा गएको जेठमा बाढीपहिरोले तहसनहस गरेपछि बेडरुम बिरामी कक्षा अपुगका कारण उपचार गर्न समस्या भएको जनाइएको छ । केन्द्रमा आँखा पाक्ने, पेट दुख्ने, झाडापखाला, रुघाखोकीजस्ता सरुवा रोगका बिरामी बढी आउने गरेका छन् । बिरामीको उपचारका लागि औषधि पर्याप्त भए पनि उपचार कक्ष बेडरुम नहुँदा बिरामीलाई झनै समस्या हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्लाका अधिकांश स्वास्थ्य संस्थामध्ये केही राम्रो र सुविधा सम्पन्न भवनका रुपमा गणना गरिएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा नै उपचारको समस्या भएपछि अन्य स्वास्थ्य संस्थामा झनै समस्या हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । सरकारको करार राख्ने प्रचलनका कारण नै सेवा पटक पटक प्रभावित हुने गरेको स्वास्थ्यकर्मीको भनाइ रहेको छ । सुविधा सम्पन्न स्वास्थ्य चौकी अभावका कारण जिल्लाका सबै स्वास्थ्य संस्थाबाट सर्वसाधारणले प्रभावकारी स्वास्थ्य सेवा पाउन सकेका छैनन् । जसका कारण उनीहरुले सामान्य उपचारका लागि पनि महँगो भाडा र लगानी गरी धनगढी, महेन्द्रनगर, नेपालगन्ज र काठमाडौँलगायत भारतका विभिन्न ठाउँ जानुपर्ने बाध्यता छ । उत्तरी भेगका अधिकांश गाविसमा विभिन्न सरुवा रोगको सङ्क्रमण देखापरेको जनाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पटक पटक डाक्टरविहीन हुने गरेको छ । यस वर्षसमेत लामो समयदेखि प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन भएको छ । यसमा न त जिल्ला स्वास्थ्य कार्यालयले चासो दिएको देखिन्छ । न त अरु नागरिक अगुवाले नै ध्यान दिएका छन् । बाजुरा जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा बिरामी बढेको स्वास्थ्य चौकीले जनाएको छ  । वर्षायाममा खानेपानीको मुहान र पानी वितरणको प्रक्रियामा  समस्या हुने हुँदा प्रदूषित पानी  पिउने गर्नाले समेत यो समस्या आएको स्वास्थ्यकर्मीले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending