मुस्ताङ। मुस्ताङमा च्याङ्ग्रा पश्मिनाको गुणस्तर पहिचानका लागि नेपालमै पहिलोपटक भूवाको नमूना संकलन गरिने भएको छ ।
नेपाल पश्मिना उद्योग संघ र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको सहकार्यमा मुस्ताङका चारवटै पालिकामा गरी एक सय ६० किसानका आठ सय च्याङ्ग्रामा पश्मिनाका लागि आवश्यक कच्चापदार्थ भुवाको नमूना संकलन गर्न लागिएको हो ।
आगामी चैत ८ गतेदेखि नमूना संकलन सुरु हुने भएपछि सो अगाडि आज पोखरामा मुस्ताङका स्थानीय तहका प्रमुख तथा वडाध्यक्ष, कृषक लगायतसँग छलफल तथा अन्तरक्रिया गरिएको छ ।
सो अवसरमा मुस्ताङका जनप्रतिनिधिले नमूना संकलन कार्यलाई सफल बनाउन आफ्नोतर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
मुस्ताङका लोमान्थाङ, लो-घेकर दामोदर कुण्ड, बारागाउँ मुक्ति क्षेत्र र घरापजोङ गाउँपालिकाबाट च्याङ्ग्रा पश्मिनाका लागि भुवाको नमूना संकलन गरी त्यसको गुणस्तर निर्धारण गरिने नेपाल पश्मिना उद्योग संघका केन्द्रीय उपाध्यक्ष धनप्रसाद लामिछानेले बताए ।
उनका अनुसार चैत ८ देखि १३ गतेसम्म नमूना संकलन कर्ताहरुलाई कागबेनी र चराङमा प्रशिक्षण दिइनेछ । त्यसैगरी चैत १४ देखि २२ गतेसम्म नमूना संकलन गरिनेछ ।
उनले भने, “च्याङ्ग्रा पश्मिनाको गुणस्तर पत्ता लगाउनका लागि भूवाको लम्बाइ, मोटाइ, आनुवांशिक विशेषताका बारेमा नमूना लिएर अनुसन्धान गर्नेछौँ । त्यसबाट प्राप्त रिपोर्ट अन्तर्राष्ट्रिय बजारमा देखाउने र च्याङ्ग्रा पालक किसानले भुवाबाट गुणस्तर अनुसारको आयआर्जन वृद्धि गर्न सघाउ पुग्नेछ ।”
अमेरिकाको ओडिसा सेन्टर लिमिटेडका डा क्यारोल कर्भिङले आठ स्थानीय भूवा संकलक किसानलाई भूवा संकलन तालिम दिनेछन् भने एक सय ६० किसानका पाँच÷पाँच वयस्क च्याङग्रा छानी आठ सय पश्मिना भुवाको नमूना संकलन गरिनेछ । पश्मिनाको गुणस्तरमापनमा सहयोग पुगोस् भनेर नमूना लिएका हरेकको निशानी लगाइने छ र सबै च्याङ्ग्रा किसानलाई सङ्ख्या र भूगोलका आधारमा नमूना लिइने बताइन्छ ।
नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय पशुप्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख निना अमात्य (गोर्खाली)ले मुस्ताङमा पहिलो पटक गरिएको नमूना संकलनबाट च्याङ्ग्राको पश्मिनाको गुणस्तर पत्ता लाग्ने बताइन् ।
अन्तर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले संकलित नमूनालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नापतौल विभागमा व्यावसायिक गुणस्तर परीक्षणका लागि पठाइने जानकारी दिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: