ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङलिङमा अग्नि नियन्त्रणका लागि प्रयोग हुने फायर होज पाइप र उपकरणको प्रयोगसम्बन्धी अभ्यास गरिएको छ ।
फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा हुने आगलागी नियन्त्रणका लागि पम्पसहितको पाइप खरिद गरेर आज यसको परीक्षणसहित प्रयोग गर्ने अभ्यास गराएको हो । अभ्यासमा सुरक्षाकर्मी, नगरपालिकाका कर्मचारी र स्थानीयवासी सहभागी थिए ।
अभ्यासका क्रममा फुङलिङको वीरेन्द्र चौकस्थित पोखरीको पानी प्रयोग गरिएको थियो । करिब नौ सय मिटर लामो फायर होज पाइप जडान गरी परीक्षणसहित प्रयोग गर्ने अभ्यास भएको नगरप्रमुख अमीर मादेनले जानकारी दिए ।
पम्पको प्रयोगले पानीको उच्च प्रवाह हुँदा आगो नियन्त्रण गर्न सहज हुने देखिएको उनको भनाइ छ । बजार क्षेत्र र बाक्लो बस्तीमा दमकल पुग्न नसक्ने भएकाले पाइप खरिद गरेर ल्याइएको उनले बताए ।
“पोखरी निर्माण गरेर आगलागी नियन्त्रणमा पाइपको प्रयोग गर्न सकिने देखियो, दमकल नछिर्ने बजार र बाक्लो बस्तीमा हुने आगो नियन्त्रणमा यो उपकरणको प्रयोग प्रभावकारी छ”, उनले भने ।
लचिलो रबर र बुनेको कपडाबाट तयार भएको फायर होज पाइपलाई सानो गल्ली वा बाटोबाट सहजै घुमाउन सकिने भएकाले यो प्रभावकारी हुने बताइएको छ । विभिन्न लम्बाइमा पाइने पाइपलाई एकआपसमा जडान गरेर लामो वा छोटो बनाउन सकिने नगरपालिकाले जनाएको छ । पानीको मुहान वा पोखरीमै पम्प राखेर पानीको प्रवाहलाई तीव्र बनाउन सकिन्छ ।
सदरमुकाम फुङलिङ विभिन्न समयमा हुने आगलागीको चपेटामा पर्दै आएको छ । बजार क्षेत्रमा बर्सेनि साना ठूला आगलागीका घटना हुँदै आएका छन् । आगलागीको जोखिमलाई मध्यनजर गर्दै नियन्त्रणका लागि नगरपालिकाले यो विधि अपनाएको हो । नगरपालिकासँग अग्नि नियन्त्रणका लागि एउटा दमकल रहेको छ।रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: