काठमाडौं। आईसीसी विश्वकप छनोट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवशीय श्रृंखलामा पपुवा न्युगिनी (पीएनजी) सँग शुक्रबार यूएईले ५६ रनले पराजय बेहोरेको छ।
पीएनजीसँगको हारले यूएईको एकदिवसीय मान्यता धरापमा परेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा भोगेको पराजयसँगै यूएईले तेस्रो स्थानमा रहँदै विश्वकप छनोट खेल्ने सम्भावना टुंगिएको छ भने एकदिवसीय मान्यता जोगाउनसमेत कठिन देखिएको छ।
शीर्ष ५ स्थानमा रहन यूएईले एकदिवसीय मान्यता जोगाउन अब बाँकी सबै ३ खेल नै जित्नुपर्नेछ। यूएई लगातार पराजित भए अमेरिकालाई फाइदा पुग्नेछ। सबै खेल खेलेर ३५ अंकसहित अमेरिका चौथो स्थानमा छ। ३४ अंकसहित नेपाल पाँचौं र ३१ अंक जोडेको यूएई छैटौं स्थानमा छ।
पहिलो खेलमा नेपालसँग पराजित पीएनजीले आज भएको दोस्रो खेलमा यूएईलाई ५६ रनले हराउँदै पहिलो जित निकालेको हो।
जितका लागि पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको यूएई ४२ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रनमै समेटियो। यूएईका आर्यन लाक्राले सर्वाधिक ५१ रन र कप्तान मुहम्मद वसीमले ४२ रन जोडे। ब्याटिङका क्रममा यूएईका खेलाडीले राम्रो सुरुवात गरे पनि पीएनजीका बलरसामु टिक्न सकेनन्।
यूएईलाई सस्तेमा समेट्ने क्रममा राइली ह्याकुरेले सर्वाधिक ३ विकेट लिए। कप्तान असद भाला र सेमो कामियाले २र२ विकेट बाँडे।
त्यसअघि टस हारेर ब्याटिङ थालेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनायो।
पीएनजीका लागि तीनजना खेलाडीले अर्धशतक प्रहार गरे। सेसे बौले अविजित रहँदै सर्वाधिक ८१, हिरी हिरीले ७७ तथा किप्लिन डोरिगाले ५५ रन हिर्काए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: