Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

गाउँ रित्तिए, बजार भरिए

खबरडबली संवाददाता

बागलुङ । एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए । 

स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो । साना बजार ठूला सहरमा परिणत हुँदै गए । बागलुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो । पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ । 

ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराइ तथा सहरमा बसाइँसराइ गर्ने चलन ह्वात्तै बढेको छ । अहिले दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लाग्न थालेको छ । गाउँको कुना कन्दरासम्म सडक पुगे पनि बजारमोह भने उस्तै छ । 

अहिले जिल्लाको निसीखोलाको निसी, कानाबगर, झिवाखोला, जुग्गाखोला, काठेखोलाको भीमगिठे, खार, खौलारा, न्वारा, काठेखोलाको अक्षते, बरेङको बरेङडाँडा, जैमिनीको कुश्मिेरालागयतका ठाउँ बजारमा परिणत हुँदैछन् । गाउँमा विस्तारै विकासले गति लिँदै गए पनि गाउँ छाड्नेहरू रोकिन सकेका छैनन् । 

विगतमा सामान्य विकाससमेत नहुँदा गाउँमै बस्नेहरू अहिले बजार झर्न थालेपछि गाउँ रित्तिँदै छन् भने बजार भरिँदै गएका छन् । जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोलाबाट पछिल्लो समय बसाइँसराइ गर्ने बढेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए ।

पहिले गाउँमा सामान्य सुविधा नहुँदा स्थानीय बाध्यताले बजार झर्ने गरेको भन्दै अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने संस्कृति बन्दै गएको उनले बताए । खासगरी त

मानखोलाबाट बुर्तिबाङ बजार झर्नेको सङ्ख्या ठूलो छ । त्योसँगै पोखरा, काठमाडौँ, बुटवलका ठाउँमा स्थानीय बसाइँसराइ गरी गाउँ छाड्ने गरेको अध्यक्ष बुढामगरको भनाइ छ । उनले बसाइँसराइ रोक्नका लागि स्थानीयलाई न्यूनतम विकास र आयआर्जनसँग जोड्ने गरी कामको सुरुआत गरेको बताए ।

“बसाइँसराइ गर्ने मुख्य कारण त गाउँमा राम्रो सेवा सुविधा नहुनु नै हो, तर पहिलेको तुलनामा अहिले हरेक गाउँमा विकास पुगेको छ, सामान्य नागरिक विकाससँग जोडिएको छ । अहिलेको अवस्था हेर्दा हुँदा खानेभन्दा हुनेखानेहरू नै बजार झरेका छन्”, अध्यक्ष बुढामगरले भने, “अहिलेका मान्छेहरूले विदेशमै गएर भए पनि दुई–चार पैसा कमाउन थाले, सहरबजार बुझे त्यही भएर बजार झर्न थाले, बजार झर्ने त अहिले ‘फेशन’जस्तो भइसक्यो ।”
 
ग्रामीण भेगबाट स्थानीय ठूला सहरमात्रै होइन, भर्खरै विस्तार हुँदै गरेका बजारमा पनि बसाइँसराइ गरेर आउन थालेका छन् । निसीखोलाको झिवाखोला, बडिगाडको खौलारा र गलकोटको हटिया बजारमा दिनदिनै बसाइँसराइ गरी आउनेको सङ्ख्या बढेको छ । बागलुङमा सबैभन्दा बढी गलकोटमा बसाइँसराइ गर्नेको सङ्ख्या ठूलो छ । यहाँका थुप्रै गाउँ सुनसान बन्दै गएको गलकोटन नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।

उहाँका अनुसार गलकोट नगरपालिका–१, २, ५, ६, ७ र ८ बाट बसाइँसराइ हरेक दिन बढ्दै गएको छ । खासगरी क्षेत्री र ब्राह्मण समुदाय बढी भएको गाउँबाट बसाइँसराइ बढी हुने गरेको प्रवक्ता भण्डारीले बताए । 

यहाँका अधिकांश युवा जापान रहेका छन् भने केही अमेरिका र केही खाडी मुलुकमा रहेको भण्डारीको भनाइ छ । विकासको मुख्य मेरुदण्ड शिक्षा र स्वास्थ्य भएको भन्दै नगरपालिकाले यी दुई क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए । 

भण्डारी भन्छन्, “हामीहरूले गाउँमा विकास गरिराखेका छौँ, स्थानीय गाउँ छाड्दै बजार झरिरहेका छन्, दलित र जनजाति बसोबास भएको बस्तीमा बसाइँसराइ कम छ भने ब्राह्मण र क्षेत्री भएको गाउँ रित्तिनै लागेको छ, जनताति र दलित समुदाय भएको बस्ती बाक्लो उनीहरू गाउँमै रमाएर बस्न चाहन्छन्, ब्राह्मण र क्षेत्री विदेश जाने, कमाउने र सहरबजारमा घर बनाउने गर्छन्, यहाँका अधिकांश मान्छे पोखरा, चितवन र काठमाडौँ छन्, केहीले यही गलकोट बजारमा घर बनाएर बस्छन् ।”

गलकोट नगरपालिका–७ टोकरीगाउँ, बरेखानीलगायतका गाउँ अहिले सुनसान छन् । गाउँमा युवा भेट्टाउनै मुस्किल पर्छ । गाउँमा भएका घर जीर्ण बन्दै गएका छन् । घर र खेतीयोग्य जमिन प्रयोग गर्ने कोही नभएको स्थानीय विष्णु थापाले बताए । विदेशमा राम्रो कमाइ हुने हुँदा १० कक्षा पास गरेर युवाहरू विदेशिने र विदेशबाट फर्किएर परिवारलाई बजार झार्ने गरेको सुनाए । 

स्थानीय चन्द्रबहादुर सुनारले सरकारले गाउँमा गुणस्तरीय सेवा नपु¥याएसम्म बसाइँसराइ नरोकिने बताए । पछिल्लो केही वर्षयता गाउँ छाड्नेको सङ्ख्या दोब्बर÷तेब्बरले बढेको उनको भनाइ छ । बसाइँसराइले गाउँ रित्तिने र बजार भरिने हुँदा उत्पादनमा समेत कमी आउने उनी  बताउछन् । सुनारले अहिले गाउँका खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको र खोलाका बगरमा ठूलाठूला घर भवन बन्ने गरेको बताए ।

उनी भन्छन्, “गाउँ त खाली भइसक्यो, बजारमा बस्नेले उत्पादन गर्दैनन्, उत्पादन गर्ने त गाउँले नै हो, गाउँले जति बजारिया बन्न थाले, धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिए, अब कसरी समृद्ध हुन्छ हाम्रो देश, गाउँमा अहिले हेर्नुहुन्छ भने युवा कोही छैन, घर सबै खाली छन्, गाउँ अहिले रमाइलो छैन, उराठिलो बनेको छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending