काठमाडौं। आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार पपुवा न्यु गिनी (पीएनजी) लाई ५२ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
नेपालले दिएको २ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ४५ रन मात्र बनाउन सक्यो ।
पीएनजीका लागि नर्मन भानुवाले ५५ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । भानुवाले ३ चौका र ४ छक्का प्रहार गरे ।
ओपनर टोनी उराले ४४ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । ९ चौका प्रहार गरेका उरा सन्दीप लामिछानेको बलमा आउट भए ।
कप्तान असद भाला ४२ रन बनाउँदै कुशल मल्लको बलमा आउट भए । ओपनर किप्लिन डोरिगा २६ रनमा रन आउट भए ।
राईली हेरुकेले २० रन बनाउँदा चाल्स अमिनीले १४ रन बनाए ।
पीएनजीलाई सस्तैमा रोक्न नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए ।
दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।
सन्दीपले १० ओभरमा ३७ रन खर्चिएर ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ९ ओभर १ बलमा ३७ रन खर्चिएर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा ६० रन खर्चिएर विकेट लिएका हुन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो ।
नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन बनाए । उनले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । यि दुई बीच १ सय १० रनको साझेदारी भएको थियो ।
भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाए ।
करण केसीले ८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए ।
यसै खेलबाट ओपनर आसिफले एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पुर्याएका छन् । एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पूरा गर्ने आसिफ दोस्रो नेपाली खेलाडी हुन् ।
यस अघि कप्तान रोहित कुमार पौडेलले १ हजार रन बनाएका थिए । आसिफले नेपालका लागि ३२ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन् । एकदिवसीय अन्तराष्ट्रियमा ८ अर्धशतक प्रहार गरेका छन् ।
सेप्टेम्बर ७, २०२१ मा उनले नेपालका लागि डेब्यु गरेका थिए ।
पीएनजीका लागि सिमो कमायले ५ तथा राईली हेरुकेले ३ विकेट लिए ।
घरेलु मैदानमा नै पीएनजीसँग गत वर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा ब्यहोरेको हारको बदला पनि लिएको छ ।
मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ । नेपालले एक दिवशीय श्रंखला जोगाउन एक खेल जिते पुग्छ। तर विश्वकपको क्वालिफायरमा पुग्न अबका चारै खेल जित्नु पर्छ।
नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३३ खेलमा ३४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । पीएनजी ३३ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: