काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्ने बताएका छन्।
मुख्यमन्त्रीको गृहनगर कैलाली जिल्लाको लम्कीमा नेपाली कांग्रेस लम्की चुहा नगरसमितिले आयोजना गरेको नेता तथा कार्यकर्तासँग मुख्यमन्त्रीको भेटघाट एवं बधाई कार्यक्रममा उनले सङ्घीयतालाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको बताए।
अहिले जनप्रतिनिधिको गतिविधिका कारण सङ्घीय संरचनाप्रति नै जनताको विश्वास घट्दै गएको उनको भनाइ थियो । मुख्यमन्त्री शाहले भने, “हिजो जिम्मेवारीमा नरहँदा पनि म तपाईंहरूसँगै थिए, आज पनि तपाईंहरूको साथमा छु । भोलि पनि तपाईंसँगै रहनेछु ।”
बौनियामा एक कार्यक्रममा आफू सहभागी हुँदा एक बूढी आमाले माटो समाएर टीका लगाउँदै बधाई दिएको स्मरण गर्दै मुख्यमन्त्री शाहले यो धर्तीको माटोलाई शिरमा राख्दै समग्र सुदूरपश्चिमको पक्षमा आफू सशक्तरूपमा अगाडि बढ्ने बताए।
“जनताको इच्छा आकांक्षा विभिन्न छन् तर पनि प्रदेश सरकारले सीमित स्रोतसाधनका बावजुद सही सदुपयोग, सही परिचालन गरी अगाडि बढ्नुको विकल्प छैन”, मुख्यमन्त्री शाहले भने।
सङ्घीयतालाई बदनाम गर्ने, प्रदेशलाई बदनाम गर्ने गलत गतिविधि भइरहेको उल्लेख गर्दै उनले विगतका सरकारमा बस्ने जनप्रतिनिधिले सङ्घीयता कार्यान्वयन गर्न जनतालाई विश्वास दिलाउन सके कि सकेनन् भनेर ठूलो चुनौतीका साथै प्रश्न चिह्न खडा रहेको बताए।
उनले भने, “म तपाईंलाई भ्रष्टाचारका विषयमा विश्वास दिलाउन चाहन्छु, तपाईंलाई भन्न चाहन्छु मैले जीवनमा केही लिएको छैन । दिएको मात्र छु । म एक रुपैयाँ, चौवन्नी पैसासमेत राज्यको कुनै ठाउँबाट गलतरूपले आर्जन गर्ने छैन, सकभर कसैलाई आर्जन गर्न दिने पनि छैन ।”
आफ्नो लक्ष्य प्रदेश कसरी समृद्ध बनाउने, प्रदेशवासीको जीवनयापनमा सहजता कसरी बनाउने र उनीहरूको जीवनस्तर कसरी माथि उठाउने भन्ने मात्र रहेको उनले बताए।
अरु क्षेत्र र जिल्लाभन्दा यो क्षेत्र आफ्नो लागि विशेष क्षेत्र भएको भन्दै मुख्यमन्त्री शाहले यस क्षेत्रका जनताको साथ सहयोग आफूले सधैँभरि उसै गरी चाहेको बताए।
नेकपा एमालेका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि माघ २६ गते प्रदेशको सबैभन्दा बढी संसद् सदस्य रहेको ठूलो दलको हैसियतले नेपाली कांग्रेसको संसदीय दलका नेता शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
उनले करिब दुई तिहाइ बढी मतका साथ हिजो आइतबार मुख्यमन्त्री पदका लागि प्रदेशसभाबाट विश्वासको मत पाएका थिए। त्रिपन्न सदस्यीय प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादीका चार र स्वतन्त्र एक प्रदेशसभा सदस्यले पक्षमा मत दिएका थिए।
एमालेका १० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक प्रदेशसभा सदस्यले विपक्षमा मतदान गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: