Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

बेसीँसहर–चामे सडक निर्माण सुस्त

खबरडबली संवाददाता

मनाङ । हिमाली जिल्ला मनाङ जोड्ने सडकमार्ग निर्माण सुस्त भएको छ । बेंसीसहर–चामे सडकका निम्ति बजेट विनियोजन भएको लामो समय हुँदासम्म स्तरोन्नति र कालोपत्र कार्य अघि बढ्न सकेको छैन ।  सडकको दुई वर्षमा करिब ४० प्रतिशत मात्र काम भएको छ । डुम्रे–बेँसीसहर–चामे सडक योजनाले बेँसीसहरको मनाङे चौतारा नजिकै एक सय मिटरदेखि खुदीसम्म सात दशमलव आठ किलोमिटर सडक कालोपत्रका लागि बोलपत्र आह्वान गरेको थियो । 

सोही बोलपत्रअनुरूप आशिष अनेस्ट जेभी चितवनले विसं २०८० असार २९ गतेसम्म कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ असार ३० गते ठेक्का सम्झौता गरेको थियो । कूल रु ५२ करोड ९६ लाख १६ हजार अनुमानित लागत रहेकामा रु २५ करोड ३२ लाख १३ हजार लागतमा कालोपत्र गर्ने सम्झौता गरिएको थियो ।

ठेक्का सम्झौताको मिति सकिन चार महिना बाँकी छँदा हालसम्म ४० प्रतिशत मात्रै काम सकेको सडक कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिए । “पटक–पटकको बैठकमा निर्माण कम्पनीका मुख्य व्यक्ति उपस्थिति भएनन्”, उनले भने, “हामीले यही फागुन २७ गते बैठक राखेर त्यो बैठकमा आउन भनेका छौँ, त्यही दिन विस्तृत छलफल हुन्छ ।” 

सडकमा ग्राभेल गरिएका छैनन् । नाली निर्माण कार्य ५० प्रतिशत सकिएको उनले बताए । उनका अनुसार कटिङको काम ७० प्रतिशत सकिएको छ । वाल उठाउने कार्य ६० प्रतिशत सकिएको उनले बताए । “मुख्य काम भनेको कालोपत्र हो, जुन अहिलेसम्म ग्राभेल नै भएको छैन, कालोपत्र हुन्छ भन्ने निश्चित नै छैन”, उनले भने । यो सडक मनाङको मेरुदण्ड र उत्तरी लमजुङवासीका लागि प्रमुख मार्गका रुपमा रहेको छ । विसं २०६९ मा नेपाली सेनाले मनाङको सदरमुकाम चामेसम्म सडक निर्माण गरेको थियो । अहिले सडक माथिल्लो मनाङको खाङसारसम्म पुगेको छ । निर्माण व्यवसायीले काम सुस्त गतिमा गरेको स्थानीयवासीको गुनासो छ । सुस्त गतिमा निर्माण कार्य हुँदा निर्माणको समय लम्बिने स्थानीयवासीको भनाइ छ । 

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार यस सडकको ‘क्यारिज वे’ (भार बोक्ने सडक) पाँच दशमलव पाँच मिटरको हुनेछ । यो मध्यम लेनको सडक मानिन्छ । उनले अहिले पहिलो चरणको काम भइरहेको बताए । सडकको अहिले वाल कटिङ गर्ने, चौडाइ बढाउने, टेवा (पर्खाल) उठाउने, कल्भर्ट बनाउने, नाली बनाउने काम भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा कालोपत्रको काम हुनेछ । धिमा गतिमा सडक निर्माणको काम भएपछि तोकिएको समयमा काम नसकिने उनको भनाइ छ । “यस सडकको मात्रै नभएर देशभरका सडकको निर्माणमा ढिलाइ भएको छ, अझ कति त निर्माणको म्याद सकिएको १० वर्षसम्म पनि काम भएको पाइएको छैन”, उनले भने, “सक्दो प्रयासमा जुटिरहेका छौँ ।”

उनले आगामी असोजसम्ममा कालोपत्र सक्ने गरी काम अघि बढेको बताए । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयवासीको गुनासो आइरहेकाले सम्बन्धित पक्षसँग छलफल गर्ने प्रयासमा रहेको बताइन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending