मनाङ । हिमाली जिल्ला मनाङ जोड्ने सडकमार्ग निर्माण सुस्त भएको छ । बेंसीसहर–चामे सडकका निम्ति बजेट विनियोजन भएको लामो समय हुँदासम्म स्तरोन्नति र कालोपत्र कार्य अघि बढ्न सकेको छैन । सडकको दुई वर्षमा करिब ४० प्रतिशत मात्र काम भएको छ । डुम्रे–बेँसीसहर–चामे सडक योजनाले बेँसीसहरको मनाङे चौतारा नजिकै एक सय मिटरदेखि खुदीसम्म सात दशमलव आठ किलोमिटर सडक कालोपत्रका लागि बोलपत्र आह्वान गरेको थियो ।
सोही बोलपत्रअनुरूप आशिष अनेस्ट जेभी चितवनले विसं २०८० असार २९ गतेसम्म कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ असार ३० गते ठेक्का सम्झौता गरेको थियो । कूल रु ५२ करोड ९६ लाख १६ हजार अनुमानित लागत रहेकामा रु २५ करोड ३२ लाख १३ हजार लागतमा कालोपत्र गर्ने सम्झौता गरिएको थियो ।
ठेक्का सम्झौताको मिति सकिन चार महिना बाँकी छँदा हालसम्म ४० प्रतिशत मात्रै काम सकेको सडक कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिए । “पटक–पटकको बैठकमा निर्माण कम्पनीका मुख्य व्यक्ति उपस्थिति भएनन्”, उनले भने, “हामीले यही फागुन २७ गते बैठक राखेर त्यो बैठकमा आउन भनेका छौँ, त्यही दिन विस्तृत छलफल हुन्छ ।”
सडकमा ग्राभेल गरिएका छैनन् । नाली निर्माण कार्य ५० प्रतिशत सकिएको उनले बताए । उनका अनुसार कटिङको काम ७० प्रतिशत सकिएको छ । वाल उठाउने कार्य ६० प्रतिशत सकिएको उनले बताए । “मुख्य काम भनेको कालोपत्र हो, जुन अहिलेसम्म ग्राभेल नै भएको छैन, कालोपत्र हुन्छ भन्ने निश्चित नै छैन”, उनले भने । यो सडक मनाङको मेरुदण्ड र उत्तरी लमजुङवासीका लागि प्रमुख मार्गका रुपमा रहेको छ । विसं २०६९ मा नेपाली सेनाले मनाङको सदरमुकाम चामेसम्म सडक निर्माण गरेको थियो । अहिले सडक माथिल्लो मनाङको खाङसारसम्म पुगेको छ । निर्माण व्यवसायीले काम सुस्त गतिमा गरेको स्थानीयवासीको गुनासो छ । सुस्त गतिमा निर्माण कार्य हुँदा निर्माणको समय लम्बिने स्थानीयवासीको भनाइ छ ।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार यस सडकको ‘क्यारिज वे’ (भार बोक्ने सडक) पाँच दशमलव पाँच मिटरको हुनेछ । यो मध्यम लेनको सडक मानिन्छ । उनले अहिले पहिलो चरणको काम भइरहेको बताए । सडकको अहिले वाल कटिङ गर्ने, चौडाइ बढाउने, टेवा (पर्खाल) उठाउने, कल्भर्ट बनाउने, नाली बनाउने काम भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा कालोपत्रको काम हुनेछ । धिमा गतिमा सडक निर्माणको काम भएपछि तोकिएको समयमा काम नसकिने उनको भनाइ छ । “यस सडकको मात्रै नभएर देशभरका सडकको निर्माणमा ढिलाइ भएको छ, अझ कति त निर्माणको म्याद सकिएको १० वर्षसम्म पनि काम भएको पाइएको छैन”, उनले भने, “सक्दो प्रयासमा जुटिरहेका छौँ ।”
उनले आगामी असोजसम्ममा कालोपत्र सक्ने गरी काम अघि बढेको बताए । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयवासीको गुनासो आइरहेकाले सम्बन्धित पक्षसँग छलफल गर्ने प्रयासमा रहेको बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - १७:४३
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...
आषाढ़ २८ गते, २०८३ - १७:२३
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...
आषाढ़ २८ गते, २०८३ - १७:१९
बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...
आषाढ़ २८ गते, २०८३ - १७:०६
जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...
आषाढ़ २८ गते, २०८३ - १६:५२
काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...
आषाढ़ २८ गते, २०८३ - १६:४०
काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...
आषाढ़ २८ गते, २०८३ - १६:३३
काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...
आषाढ़ २८ गते, २०८३ - १६:२७
काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...
आषाढ़ २८ गते, २०८३ - १५:३६
काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...
आषाढ़ २८ गते, २०८३ - १५:२३
काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...



प्रतिकृया लेख्नुहोस्: