Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

नेविसङ्घले निर्वाचनका लागि प्रतिनिधि खटायो

खबरडबली संवाददाता

काठमाडौँ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लक्षित गरी उपत्यकाका ३५ क्याम्पसमा केन्द्रीय प्रतिनिधि खटाएको छ। 

नेविसङ्घले आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउनका लागि आज उपत्यकाका ३५ क्याम्पसमा नेविसङ्घका नेतालाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको हो ।

नेविसङ्घ केन्द्रीय स्ववियु निर्वाचन प्रचारप्रसार समितिका संयोजक इञ्जिनीयर भुवन भट्टले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारीका लागि फागुन १९ गते क्याम्पसमा सङ्गठन दर्ता गर्दा उत्साहजन सहभागिता गराउन र आफ्नो उम्मेदवारलाई विजय गराउनका लागि केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी दिए।

नेविसङ्घले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्रविन कैनी, पद्मकन्या क्याम्पसमा करिना पुरी, त्रिचन्द्र क्याम्पसमा सुवास पौडेल, शङ्करदेव क्याम्पसमा विष्णुहरि खड्का, महाराजगञ्ज चिकित्सा क्याम्पसमा विनोद शाही ठकुरी, पशुपति बहुमुखी क्याम्पसमा जयराम बडाल, वाल्मिकी क्याम्पसमा अर्चना रेग्मी, ग्रामीण आदर्श क्याम्पसमा सुशान्त आचार्य र अमृत क्याम्पसमा ताराबहादुर थापालाई प्रतिनिधिका रुपमा तोकिएको छ ।

यस्तै पाटन क्याम्पसमा प्रविन ज्ञवाली, विश्वभाषा क्याम्पसमा धर्मराज शाही, सरस्वती क्याम्पसमा शोभा बस्ताकोटी, काठमाडौँ शिक्षा क्याम्पसमा सुजन बञ्जारा, आरआर क्याम्पसमा गणेश टन्डन, नेपाल ल क्याम्पसमा राजकुमार बस्नेत, नेपाल कमर्श क्याम्पसमा तीर्थ मिश्र, कोटेश्वर क्याम्पसमा एञ्जर कार्की, सानोठिमी क्याम्पसमा जगतजङ्ग विष्ट, आयुर्वेद क्याम्पसमा राजकुमार भट्टराई र पिपल्स क्याम्पसमा पवन थापालाई तोकिएको छ ।

यसैगरी ललितकला क्याम्पसमा सुवास पुरी, मनहरा क्याम्पसमा विजेन केसी, वानेश्वर क्याम्पसमा उत्तम कार्की, भक्तपुर क्याम्पसमा अनिल सापकोटा, एनआर क्याम्पसमा सुनील शर्मा, जनप्रशासन क्याम्पसमा कृष्ण सुवेदी, पब्लिक युथ क्याम्पसमा सुजन बुढामगर, महेन्द्ररत्न क्याम्पसमा गणेश भण्डारी, जनमैत्री क्याम्पसमा उत्तम सुवेदी र कैलाशकुट क्याम्पसमा विन्दा बोगटीलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको संयोजक भट्टले बताए। 
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending