Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

इटलीमा आप्रवासीहरू सवार डुङ्गा दुर्घटना, करिब ६० जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । दक्षिणी इटलीको समुन्द्रमा मौसम बिग्रिएर डुङ्गा डुबेपछि १२ बालबालिकासहित कम्तीमा ५९ जना आप्रवासीहरूको मृत्यु भएको छ। दुर्घटनामा परी दर्जनौँ मानिस बेपत्ता भएको आशङ्का गरिएको छ।

कलाब्रिया क्षेत्रको तटीय सहर क्रोटोन नजिकै रोक्ने क्रममा जहाज टुक्रा टुक्रा भएको थियो। घटनापछि बाँचेका यात्रुले त्यसमा कम्तीमा १५० जना सवार रहेको बताएका छन्।

उनीहरूमध्ये धेरै आफ्नो देशभित्रको कठिन अवस्थाका कारण पलायन भइरहेको इटलीका राष्ट्रपतिले बताए। घटनास्थलमा पुगेका आन्तरिक मन्त्री माटेओ पियानटेडोजीले ३० जना अझै बेपत्ता रहेको हुनसक्ने बताए।

इटलीको आन्सा समाचार एजेन्सीका अनुसार मृतकमध्ये केही महिनाको एउटा बच्चासमेत रहेको ठानिएको छ। शवहरू नजिकैको समुद्र तटबाट निकालिएको थियो। तट रक्षकले "डुबेपछि किनारसम्म पुग्न सफल भएका" सहित ८० जना मानिस जीवितै फेला पारेको जनाएको छ।

यद्यपि, डुङ्गा दुर्घटना हुँदा त्यसमा कति मानिस थिए भन्नेबारे यकिन सङ्ख्या स्पष्ट छैन। उद्धारकर्मीहरूले एएफपी समाचार एजेन्सीसँग उक्त डुङ्गाले "दुई सयभन्दा बढी मानिस" बोकेको बताएका छन्।

त्यसो हो भने अझै ६० भन्दा बढी मान्छे भेटिएका छैनन्। केही दिनअघि टर्कीबाट प्रस्थान गरेको उक्त डुङ्गामा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका यात्रु थिए। द्वन्द्व वा गरिबी छल्न भाग्ने थुप्रै मानिसहरू हरेक वर्ष अफ्रिका हुँदै इटली पुग्ने गरेका छन्।

प्रतिकुल मौसमका कारण चट्टानमा ठोक्किएपछि जहाज डुबेको विवरणहरू सार्वजनिक भएको छ। घटना लगत्तै समुद्रभित्र र बाहिर खोजी तथा उद्धार अभियान सुरु गरिएको छ। सार्वजनिक भएको एउटा भिडिओको अंशमा टुक्रा टुक्रा भएको काठको भग्नावशेष समुद्री तटसम्म पुगेको देखिन्छ।

जीवितहरू रेडक्रसका कर्मचारीको सहयोगमा सिरक भित्र एकसाथ बसिरहका देखिन्छन्। दुर्घटनामा परेका कतिपयलाई अस्पताल पुर्‍याइएको छ। "त्यहाँ त्यसअघि पनि डुङ्गा अवतरण भएका थिए तर यस्तो दुखद घटना कहिल्यै भएको थिएन," क्रुटोका मेयर एन्टोनियो सेरासोले राई न्यूजसँग भनेका छन्।

गत वर्ष निर्वाचित इटालीकी प्रधानमन्त्री जोर्जा मलोनीले देशमा आप्रवासीहरूको आगमन रोक्ने प्रतिबद्धता जनाएकी थिइन्। उनले घटनाप्रति "गहिरो दुःख" व्यक्त गरिन् र यस्तो हुनुमा तस्करहरू जिम्मेवार रहेको बताइन्।

"सुरक्षित यात्राको झुटो आशामा खरिद गरेको 'टिकट'को मूल्यसँग मानिसको जीवन साट्नु अमानवीय काम हो। सरकार यस्तो क्रम रोक्न प्रतिबद्ध छ," उनले एक विज्ञप्तिमा भनेकी छन्।

मेलोनीको दक्षिणपन्थी सरकारले आप्रवासीलाई इटलीको तटहरूमा पुग्न रोक्ने वाचा गरेको छ र पछिल्ला दिनहरूमा नयाँ कडा कानुनको आधारमा उद्धारसम्बन्धी नियमहरूलाई कडा बनाइएको छ।

इटालीका पूर्व अर्थमन्त्री कार्लो क्यालेन्डाले समुद्रमा कठिनाइमा परेका मानिसहरूलाई "जस्तोसुकै मूल्य चुकाएर" उद्धार गर्नुपर्ने तर, "आगमनका अवैध मार्गहरू बन्द गरिनुपर्ने" बताए।

युरोपेली आयोगकी प्रमुख उर्जुला फोनदेर लाइनले "निर्दोष आप्रवासीहरूले ज्यान गुमाएको दुःखद घटना"का कारण आफू "गहिरो शोकमा" रहेको बताइन्। उनले युरोपमा आप्रवासनका चुनौतीहरूको सामना गर्न, ईयूले शरणार्थीसम्बन्धी नियमहरू सुधार गर्ने "प्रयासहरू तीव्र बनाउनु" महत्त्वपूर्ण भएको बताइन्।

निरीक्षण समूहका अनुसार सन् २०१४ देखि मध्य भूमध्य सागरमा डुबेर २० हजारभन्दा बढी मानिसको मृत्यु भएको वा बेपत्ता भएका छन्।

त्यहाँ खोज र उद्धार कार्य आयोजना गर्ने माइग्रेन्ट अफशोर एड स्टेसनकी निर्देशक रेजिना क्याट्राम्बोनले युरोपेली देशहरूले अप्ठेरोमा परेकाहरूलाई मद्दत गर्न एकजुट भएर काम गर्नुपर्ने बीबीसीसँग बताइन्।

उनले यस अवस्थाको "अस्पष्ट चित्र" को अन्त्य गर्न आह्वान गर्दै त्यसका लागि अफ्रिका र मध्यपूर्वसँग भौतिक रूपमा नजिक रहेका देशहरूले नेतृत्व लिनुपर्ने बताइन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको संख्या बढ्दै

हुम्ला । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ ।  ताक...

काभ्रेको तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे । विकट क्षेत्रमा सूचीकृत काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाउन सुरु गरिएको छ ।  पहिलो च...

सार्वजनिक पदमा बस्नेले आफ्ना सन्तान सरकारी विद्यालयमै पढाउनुपर्ने

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ ।  जिल्लाक...

मन्त्री पुनको सम्बोधन- जलवायु परिवर्तनले पारेको प्रभावको क्षतिपूर्ति विकसित राष्ट्रले नेपाललाई दिनुपर्छ

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन्। ...

सुदूरपश्चिममा नेकपा एसका दीर्घ सोडारीलाई मुख्यमन्त्री बन्न एमालेको अड्को

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्।  गत मंगलबार मुख्यमन्त्रीका ल...

दुबईमा अहिलेसम्मकै भारी वर्षाले बाढीको चपेटा, राजमार्ग अवरुद्ध

काठमाडौं । कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् भने विमानस्थलका यात्रीहरूलाई बुधबार टाढा...

पश्चिम जापानमा शक्तिशाली भूकम्प

काठमाडौं । दक्षिणपश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ । यद्यपि भूकम्पबा...

अंग्रेजीमा नामकरण गरिएका निजी विद्यालयको नाम फेर्ने बालेनको पहल

काठमाडौं । नाम परिवर्तनका सन्दर्भमा निजी विद्यालयका सञ्चालकले काठमाडौँ महानगरपालिकामा धमाधम सम्पर्क गर्न थालेका छन् । अङ्ग्रेजीमा नामकरण गरिएका विद्या...

बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम...

कोशीमा अन्योल- राजीनामा नदिने मुख्यमन्त्रीको अडान, मध्यावधिको टर्ला संकट ?

काठमाडौं । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बैठक बस्नेछ। चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकप...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies