Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

भरतपुर उज्यालो सहर अभियान : दोस्रो चरणको काम सुरु हुँदै

खबरडबली संवाददाता

चितवन । भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । पहिलो चरणमा ७८ दशमलव एक किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएकामा दोस्रो चरणमा एक सय १८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न आज बोलपत्र आह्वान गरिएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रबर्द्धन आयोजनाको सहकार्यमा महानगरमा उक्त काम  सुरु गरिएको हो ।

पहिलो चरणको काम अन्तिममा पुगेलगत्तै दोस्रो चरणको कामको थालिएको छ । पहिलो चरणमा महानगरपालिकाको १० प्रतिशत लागत साझेदारी थियो भने दोस्रो चरणमा ६० प्रतिशत महानगरपालिका र आयोजनाको ४० प्रतिशत साझेदारीमा काम गर्न लागिएको हो । महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार पहिलो चरणको काम यही वैशाखको पहिलो सातासम्ममा सकिने छ ।

दोस्रो चरणको काम निर्माण व्यवसायीसँग सम्झौता भएको एक वर्षमा सम्पन्न हुने छ । दोस्रो चरणमा विभिन्न ठाउँमा आठवटा हाइमास्ट र ६० वटा मिनिमास्टसहितको बत्ती राखिँदै छ । पहिलो चरणमा सडक क्षेत्रमा एक हजार नौ सय ३३ वटा बत्ती जडान गरिएको छ । महानगर प्रमुख दाहालका अनुसार पहिलो चरणमा मूल्यअभिवृद्धि करसहित  रु ११ करोड ४९ लाख ८९ हजार तीन सयमा ठेक्का सम्झौता भएसँगै सेफ स्टिलरसूर्योदय ऊर्जारटपशन जेभिले काम गरिरहेको छ । दोस्रो चरणमा रु २६ करोड ५० लाखको बोलपत्र आह्वान गरिएको छ । 

उनले  भनिन्, “पहिलोको भन्दा धेरै क्षेत्रलाई हामी उज्यालो बनाउँदै छौँ ।” पहिलो चरणमा महानगरका सहरी क्षेत्रमा बत्ती जडान गरिएको छ । दोस्रो चरणअन्तर्गत महानगरका ग्रामीण क्षेत्रका फराकिलो सडकलाई प्राथमिकता दिएर बत्ती जडान गरिँदै छ । महानगरप्रमुख दाहालले महानगरलाई आउँदो पाँच वर्षभित्र दक्षिण एशियाली मापदण्ड अनुकूलको भौतिक पूर्वाधारले सम्पन्न नमुना सहर बनाउने उद्देश्यअनुरुप उज्यालो सहर बनाउन लागिएको बताइन् ।

यस क्रममा स्मार्ट सडक बत्ती, विभिन्न स्थानमा हाई–मास्ट तथा मिनी–मास्ट बत्ती जडान गरिँदै छ । सन् २०२४ लाई भरतपुर महानगरले भ्रमण वर्षको रूपमा मनाउन लागेको भन्दै उनले मुख्य सडकमा यात्रा गर्दा आम सर्वसाधारण, पैदलयात्री, पर्यटक, महिला, विद्यार्थी तथा सवारी साधनको आवतजावतलाई सहज र सुरक्षित बनाइ सडक दुर्घटना न्यूनीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउन ’उज्यालो सहर–भरतपुर’ अभियान तीव्र पारिएको बताइन् । 
 
उपप्रमुख चित्रसेन अधिकारीले स्मार्ट सहरको पहिलो खुड्किलो स्मार्ट सडक बत्ती हो भन्ने कुरालाई मध्यनजर गर्दै यस ‘उज्यालो सहर–भरतपुर’ अभियानमा सहयोग गर्न सबैमा अनुरोध गरे । यस कार्यक्रमअन्तर्गत पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मत सम्भार समेत गर्ने उनले जानकारी दिए । अन्य ठाउँमा स्मार्ट बत्ती जडान क्रमश गर्दै लगिने उपप्रमुख अधिकारीको भनाइ थियो ।

आयोजना प्रमुख प्रमोद रिजालले महानगरपालिकाले आफ्नो क्षेत्रलाई उज्यालो बनाउन गरेको प्रस्तावअनुसार प्राधिकरणले सहकार्य गरेर काम गरिरहेको बताए । पहिलो चरणको काम ८५ प्रतिशत सकिएको भन्दै उनले बोलपत्रको काम सुरु भएकाले आउँदो वर्षभित्रमा महानगरका धेरै ठाउँमा स्मार्ट बत्ती पुग्ने जानकारी दिए । महानगरमा विकास निर्माणका काम तीव्र गतिमा भइरहेका छन् । विकासका हिसाबले धेरै काम भएको पालिकामा भरतपुरलाई चिन्ने गरिन्छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगत तथा सुदृढिकरण गरेको छ । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाअन्तर्गत रहेर महानगरपालिकाको पुलचोक–केन्द्रीय बसटरमिनल–गोन्द्राङ् र  केन्द्रीय बसटरमिनलदेखि आँपटारीसम्मको विद्युत् लाइन भूमिगत गर्ने काम सुरु भएको र यसका लागि  रु एक अर्ब २० करोडमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको हो ।

भरतपुर बाइपास सडकको पूरै र छ लेनको पुलचोकदेखि केन्द्रीय बस टरमिनलसम्म सबै तार भूमिगत गरिने छ । बसपार्कबाट गोन्द्राङ्सम्म ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गर्न लागिएको छ । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले महानगरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागेको हो । 
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जलेका गाडीको नाममा कर्मचारीले गरे इन्धन दुरुपयोग, छानबिन गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

काठमाडौं । २३ र २४ भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारीसाधनको नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले इन्धन दुरुपयोग गरेको खुलासा भएको छ।...

कांग्रेसभित्र खड्का समूह सक्रिय, धुम्बाराहीमा बैठक जारी

काठमाडौं। पूर्णबहादुर खड्का नेतृत्वको समूहको बैठक मंगलबार धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको छ। बैठकमा समूहका शीर्ष नेता, १४औँ महाधिवेशनबाट न...

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

काठमाडौँ। अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले आगामी वर्ष बजेटको आकार बढाउन सक्ने अवस्था नरहेको बताएको छन्। अर्थ मन्त्रालयको अर्थ कार्यक्रमक...

नवलपुरमा ट्रक–कार ठोक्किँदा एक जनाको मृत्यु

कावासोती। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर)को मध्यबिन्दु नगरपालिका–७ स्थित हरियाली जंगल क्षेत्रमा ट्रक र कार ठोक्किँदा एक जनाको म...

उपल्लो मुस्ताङमा नयाँ पुस्तालाई ‘स्याब्रो र टुङ्ना’ प्रशिक्षण

मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ स्थित चराङमा नयाँ पुस्तालाई परम्परागत सांस्कृतिक नृत्य स्याब्रो र टुङ्नाबाजा बजाउने प्रशिक्...

सुन र चाँदीको मूल्य ह्वात्तै घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घट...

कोरला नाकाबाट विद्युतीय सवारीसाधन आयात घट्यो

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको आयात ह्वात्तै घटेको छ । सिन्धुपाल्च...

इन्डोनेसियामा रेल दुर्घटना: १४ जनाको मृत्यु, ८४ घाइते

इन्डोनेसिया । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्था...

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख...

च्याछरामा ढलान सम्पन्न, कर्णाली करिडोरमा यातायात सहज

हुम्ला। कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडकको चट्टानी भीर क्षेत्र च्याछरा खण्डमा ढलान कार्य सम्पन्न भएपछि यातायातका साधनलाई आवतजावत गर्न सहज भएको...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending