Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

एक हजार बढी सहकारीको श्रेस्ता अनुसन्धान गर्दै मन्त्रालय

खबरडबली संवाददाता

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशको अर्थतन्त्रको तेस्रो महत्वपूर्ण खम्बाका रूपमा रहेको तथा आर्थिक सामजिक रुपान्तरणको आशालाग्दो सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल सुरु गरेको छ ।

सहकारी क्षेत्रमा देखिएका विकृति र बचतकर्ताको बचत सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइदिन सरोकारवालाको आग्रहमा मन्त्रालयले  आवश्यक पहल सुरु गरेको छ । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले बचतकर्ताको बचत सुरक्षा र सहकारी अभियानको मूल्य, मान्यतामा आँच आउन नदिन मन्त्रालय संवेदनशील रहेको बताए ।

सहकारी विभाग, समस्याग्रस्त सहकारी विकास समिति, राष्ट्रिय सहकारी महासङ्घ, सहकारीका प्रदेश जिल्ला र विषयगत सङ्घलाई समन्वयात्मकरूपमा काम गर्न निर्देशनका साथै  मन्त्रालयले पनि यसको नियमित अनुगमन गरिरहेको छ । उनले भने, “अनुगमन गर्नुपर्ने निकायको निस्क्रियता वा गलत प्रवृत्तिलाई प्रोत्साहन नदिन मन्त्रालय सचेत छ ।”

सचिव रेग्मीले अहिलेसम्म बचतकर्ताले मागदाबी गरेको रु एक अर्ब ४४ करोड रकममध्ये ४५ करोड रकम फिर्ता गरिसकेको र बाँकी रकम फिर्ता गर्न समस्याग्रस्त सहकारी विकास समितिबाट पहल भइरहेको बताए । समस्याग्रस्त सहकारीका एक हजारभन्दा बढी श्रेस्ता माग गरी अनुसन्धान भइरहेको तथा एक सयभन्दा बढी चल–अचल सम्पत्ति रोक्का राखी सञ्चालकको राहदानी, बैंक खाता र विदेश जान रोक्का गरिएको मन्त्रालयले जनाएको छ ।

कानुनको परिपालना नगर्ने र बचतकर्ताको बचत सुरक्षा नगर्ने सहकारीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट कारबाही भइरहेको जानकारी दिँदै मन्त्रालयले कुनै सहकारीले गलत काम गरेको पाइएमा त्यस्ता सहकारी संस्थाको विवरण उक्त समिति, सहकारी विभाग, प्रदेशस्थित सहकारी विभाग र मन्त्रालयमा पठाउन सबै बचतकर्तालाई सुझाव दिएको छ ।

असल सहकारीलाई प्रोत्साहन र गलत कार्य गर्ने सहकारीलाई कानुनको दायरामा ल्याउन सहकारी सङ्घ र महासङ्घ अब निस्क्रिय रहेर बस्न नमिल्ने मन्त्रालयको भनाइ छ । उक्त कार्यमा विभागलाई सक्रिय भएर लाग्न र नियमित प्रगति उपलब्ध गराउन  रजिष्ट्रार  र निर्देशकलाई निर्देशनसमेत दिइसकेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जलेका गाडीको नाममा कर्मचारीले गरे इन्धन दुरुपयोग, छानबिन गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

काठमाडौं । २३ र २४ भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारीसाधनको नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले इन्धन दुरुपयोग गरेको खुलासा भएको छ।...

कांग्रेसभित्र खड्का समूह सक्रिय, धुम्बाराहीमा बैठक जारी

काठमाडौं। पूर्णबहादुर खड्का नेतृत्वको समूहको बैठक मंगलबार धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको छ। बैठकमा समूहका शीर्ष नेता, १४औँ महाधिवेशनबाट न...

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

काठमाडौँ। अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले आगामी वर्ष बजेटको आकार बढाउन सक्ने अवस्था नरहेको बताएको छन्। अर्थ मन्त्रालयको अर्थ कार्यक्रमक...

नवलपुरमा ट्रक–कार ठोक्किँदा एक जनाको मृत्यु

कावासोती। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर)को मध्यबिन्दु नगरपालिका–७ स्थित हरियाली जंगल क्षेत्रमा ट्रक र कार ठोक्किँदा एक जनाको म...

उपल्लो मुस्ताङमा नयाँ पुस्तालाई ‘स्याब्रो र टुङ्ना’ प्रशिक्षण

मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ स्थित चराङमा नयाँ पुस्तालाई परम्परागत सांस्कृतिक नृत्य स्याब्रो र टुङ्नाबाजा बजाउने प्रशिक्...

सुन र चाँदीको मूल्य ह्वात्तै घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घट...

कोरला नाकाबाट विद्युतीय सवारीसाधन आयात घट्यो

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको आयात ह्वात्तै घटेको छ । सिन्धुपाल्च...

इन्डोनेसियामा रेल दुर्घटना: १४ जनाको मृत्यु, ८४ घाइते

इन्डोनेसिया । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्था...

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख...

च्याछरामा ढलान सम्पन्न, कर्णाली करिडोरमा यातायात सहज

हुम्ला। कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडकको चट्टानी भीर क्षेत्र च्याछरा खण्डमा ढलान कार्य सम्पन्न भएपछि यातायातका साधनलाई आवतजावत गर्न सहज भएको...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending