Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

महेन्द्रनारायण निधि प्रजातान्त्रिक आन्दोलनको विशिष्ट पहिचान : प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिंसा, लोकतन्त्र र सामाजिक न्यायका पक्षधर महेन्द्रनारायण निधि नेपालको प्रजातान्त्रिक आन्दोलनको विशिष्ट पहिचान भएको बताएका छन्। 

निधिको १०१औँ जन्मजयन्तीका अवसर पारेर महेन्द्रनारायण निधि प्रतिष्ठानले आज प्रधानामन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले विचार, निष्ठा, संस्कृति, अनुशासन र पद्धति सिकाइराख्ने प्रेरणाको अनन्त स्रोतका रूपमा निधि रहने बताए।
 
“राजनीतिमा कहिलेकाहीँ केही व्यक्ति ठूलो पदमा पुग्न पनि सक्छन्, योग्यता र क्षमता भए पनि कोही त्यस्तो पदमा नपुग्न सक्छन्, तर समाजले त्यस्ता व्यक्तिलाई सम्मान गरिरहेकै हुन्छ । पदमा पुगेको व्यक्तिहरू पनि निधिजस्ता व्यक्तित्वका अगाडि झुकेकै हुन्छन्”, उनले भने। बीपी कोइराला, गणेशमान सिंह वा कृष्णप्रसाद भट्टराईलगायत नेताले पनि निधिको निष्ठा, संस्कार, समर्पणलाई अनुसरण गर्दै आएको जनाउँदै उनले सबैले निधिलाई सम्मान गर्नुपर्ने बताए।
 
 पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र र प्रजातन्त्रप्रतिको निष्ठाबाट कहिल्यै विचलित नभएका निधिको सादगी जीवन सबैका निम्ति प्रेरणादायी रहेको बताए। 

नयाँ पुस्ताले निधिबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले निधिको मूल्य, मान्यताप्रतिको समर्पण सबैले अनुसरण गर्नुपर्ने बताए।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending