Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

सत्ता गठबन्धनमा चरम अविश्वास

खबरडबली संवाददाता

काठमाडौँ । प्रमुख राजनीतिक दलहरू बिहीबार रातिसम्म नयाँ राष्ट्रपति निर्वाचनमा कसरी अघि बढ्ने भन्ने ठोस समझदारीमा पुग्न सकेका छैनन्। एमालेको समर्थनमा पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै बनेको नयाँ सत्ता गठबन्धनमा अविश्वास चुलिए पनि अर्को समीकरण बन्न सकेको छैन।

नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच बुधबार साँझ भएको भेटमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअघिकै पाँच दलीय गठबन्धन ब्युँताउने समझदारी बनेको दाबी गरिएको थियो। अन्य दलहरूसँगको छलफलपछि बिहीबार साँझ बस्ने पाँच दलको बैठकमा नयाँ सहमति गर्ने नेताहरूले बताएका थिए। तर बिहीबार पाँच दलको बैठक बस्न सकेन।  

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले बिहीबार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी  सँग दुईपक्षीय र बहुपक्षीय छलफल गरे। साँझ कांग्रेस र एमालेबाहेक माओवादी केन्द्र, नेकपा एस र जसपाको बैठक बस्यो। बैठकले कांग्रेस र एमालेसँग कुरा गर्ने जिम्मेवारी प्रधानमन्त्री दाहाललाई दिएको छ। दाहालले शुक्रबार बिहान कांग्रेसका नेता र दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्नेछन्।  

पछिल्लो समय दाहाललाई भेट्न बालुवाटार धाउँदाधाउँदै ओली हैरान भएका छन्। दाहालको दोहोरो चरित्रका कारण पनि ओली रुष्ट छन्। तर ओली माओवादी केन्द्र पुस १० गतेको सहमति छाडेर कांग्रेससँग मिल्न नजानेमा ढुक्क छन्। उनले बिहीबार आयोजित एक कार्यक्रममा यस्तै आशयको अभिव्यक्ति दिए। माओवादी केन्द्र, जसपा र नेकपा एसले शुक्रबार दाहालले ओलीसँगको छलफल गरेपछि कांग्रेससहित चार दलको बैठक बस्ने समझदारी गरेका छन्। 

कांग्रेससँगको छलफलपछि मात्र राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने समझदारी भएको दाबी एक नेताले गरे। कांग्रेससमेतको समर्थनमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा अघि सार्ने तीन दलको मोटामोटी तयारी छ। कांग्रेस नेकपा एसका अध्यक्ष नेपाललाई दाहालपछिको सरकारको नेतृत्व दिनेगरी राष्ट्रपति आफूले लिने पक्षमा छ। 

तीन दलीय बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले शुक्रबारको छलफलपछि मात्र नयाँ गठबन्धन बन्ने वा नबन्ने निर्धारण हुने दाबी गरे। ‘शुक्रबार हामी तीन दल र कांग्रेसबीच छलफल गर्ने सहमति भएको छ,’ श्रेष्ठले पत्रकारसँग भने, ‘त्यसपछि नयाँ गठबन्धन बन्छ कि बन्दैन भन्ने तय हुन्छ।’

नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले दलीय छलफल जारी रहेकाले ठोस सहमति भइनसकेको बताए। दाहालले बिहीबार नेकपा एसका अध्यक्ष नेपालसहितका नेतासँग संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गरेका थिए। त्यसक्रममा पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने, तत्कालीन नेकपालाई निरन्तरता दिनेलगायत विभिन्न विकल्पमा छलफल भयो। 

दाहालले जसपा अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा नेकपा एसका अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाए पनि आफ्नो दलको समर्थन रहने बताएका थिए। यादवले उपराष्ट्रपति आफ्ना दलले पाउनुपर्ने दाबी पेस गरेका थिए।

कांग्रेस र सत्ता साझेदार एमालेले मुलुकमा विकसित राजनीतिक घटनाक्रम र राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन आआफ्ना दलको बैठक बोलाएका छन्। पुरानो पाँचदलीय गठबन्धन ब्यँुताएर नयाँ राष्ट्रपति आफ्नो पक्षमा पार्न चाहेको कांग्रेसले शनिबार बिहान ८ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ।  एमालेले पनि शनिबार बिहान नै सचिवालय बैठक बोलाएको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending