काठमाडौ । संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने आइसिसी १९ वर्षमुनि (यू–१९) पुरुष विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले युएई जाने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
आयोजक युएईसहित नेपाल, सिङ्गापुर, कतार, हङकङ र मलेसिया सम्मिलित उक्त प्रतियोगिता यही फागुन १२ गतेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल फागुन १२ गते सिङ्गापुरको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी फागुन १३ गते नेपालले कुबेतसँग खेल्नेछ भने १५ गते हङकङसँग खेल्नेछ ।
त्यस्तै १६ गते मलेसियाको सामना गर्नेछ भने फागुन १८ गते आयोजक युएईसँग खेल्नेछ ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले आगामी सन् २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ । प्रतियोगितामा नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् भने कप्तानको भूमिकामा देव खनाल रहनेछन् । त्यस्तै नेपाली टोलीका अन्य खेलाडीमा अर्जुन कुमाल, दीपक बोहरा(क), आकाश त्रिपाठी, दीपक बोहरा(ख), दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, आकाश चन्द, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा र उत्तम थापा मगर रहेका छन् । नेपाली टोली आज दिउसोनै त्यसतर्फ प्रस्थान गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: