Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

राष्ट्रपतिको चुनावमा १२ बुँदे पक्षधर एक ठाउँमा उभिनुपर्छ : प्रचण्ड

२ महिना जनतामाझ गएर रिपोर्ट ल्याउन पार्टीका नेताहरूलाई प्रचण्डको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँमा उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन् ।

सोमबार दिउँसो पोखराको लेखनाथमा नेकपा ९माओवादी केन्द्र० गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ । अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ। १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए । फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ । राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो ।’

राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प भएको र ठूला पार्टी एक ठाउँ उभिन सक्ने उनको भनाइ थियो । साथै राज्यका मुख्य ठाउँहरूमा समझदारीसाथ अघि बढ्न सकिने उनले बताएका थिए । निश्चित व्यक्ति नभएर साझा सहमतिका आधारमा अगाडि बढ्नु पर्ने पनि उनको भनाइ थियो ।

यस क्रममा प्रधानमन्त्री दाहालले २ महिना जनताहरूमाझ गएर उनीहरूका रिपोर्ट ल्याउन पनि पार्टीका नेताहरूलाई निर्देशन दिएका थिए । 'दुई महिनाभित्र हामी केन्द्रीय समितिको पूर्ण बैठक बस्छौं। त्यतिञ्जेल जनता र कार्यकर्तामा गएर उनीहरूका कुरा सुनौं, उनीहरूका सुझाव लिउँ। सहिद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्ग साथीहरू भेटौं। उनीहरूको सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तर गरौं,'दाहालले भने ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अतिक्रमित जग्गा खाली गराउन ७७ वटै जिल्लाहरूलाई गृहको सर्कुलर

काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...

जेनजी आन्दोलनमा भागेका व्यक्तिबाट हत्यापछि लुटपाट, २५ दिनपछि पक्राउ

नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रीय...

स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २०७ पालिका इच्छुक

काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...

अध्यादेशबारे कानुनविद्हरूसँग छलफल गर्न थाले राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...

मापदण्डविपरीत चलेका मोरङका दुई क्रसर उद्योग बन्द

विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...

राष्ट्रपतिद्वारा एक मात्र अध्यादेश जारी, बाँकीबारे परामर्श जारी

काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...

सरकारका जनहितकारी कार्यमा कांग्रेसको साथ रहन्छ : विश्वप्रकाश शर्मा

दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...

रोल्पाको जलजलामा जिप दुर्घटना:१५ जना गम्भीर घाइते, उद्धारमा कठिनाइ

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...

मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड

काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending