Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

स्पट फिक्सिङबारे महबुबको स्वीकारोक्तिः ६ म्याचको ३६ लाख हुने भनेको थिएँ, दुवै जनाले मानेनन्

खबरडबली संवाददाता

 काठमाडौं । पूर्वक्रिकेटर महबुब आलमसहित ५ जनाविरुद्ध स्पट फिक्सिङ गरेको आरोपमा सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । नेपाल टी–२० लिग दौरान स्पट फिक्सिङ गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोले आलमसहित तीन जनालाई पक्राउ गरेको थियो ।


नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकीर्तिमानी खेलाडी महबुब आलमले टी–२० लिगमा स्पट फिक्सिङका लागि दुई जना खेलाडीसँग अप्रोच गरेको स्वीकारेका छन् ।

सरकारी वकिलको रोहवरमा प्रहरीलाई दिएको बयानमा आलमले त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिगमा दुई जना खेलाडीलाई आफूले फिक्सिङका लागि प्रस्ताव राखे पनि उनीहरुले अस्वीकार गरेको बताएका छन् ।

महबुबले सरकारी वकिल कार्यालयसँग गरेको बयान यस्तो छ –

मेरो छिमेकी भाई रवि माझीले मलाई हालै सम्पन्न नेपाल टी–२० लिग सञ्चालन भइरहेको बेला निजको मोबाइलबाट मैले प्रयोग गर्ने ह्वाट्स एप नम्बरमा मलाई सम्पर्क गरेको थियो । उसले जारी लिगमा पोखरा एभेन्जर्सका खेलाडी आरिफ शेख र फार वेस्ट युनाइटेडका हासिम अन्सारीले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन दिए निजहरुलाई ६ लाख नेपाली रुपैयाँ रकम निजले उपलब्ध गराउने कुरा सम्बन्धित व्यक्तिहरुलाई जानकारी गराई दिनु भनेको हो ।
त्यसपछि मैले आफ्नै मोबाइलबाट तत्काल आरिफ शेखलाई निजको मोबाइल नम्बरमा सम्पर्क गरी रवि माझीको प्रस्तावबारे जानकारी गराएको थिएँ । सो प्रस्तावबारे आरिफ शेखले तत्काल निर्णय दिएनन् । मैले आरिफ शेखको मोबाइल नम्बरसमेत रवी माझीलाई ह्वाट्स एपमा पठाई मैले सबै कुरा गरेको छु, तिमी पनि कुरा गर भनि म्यासेज पठाएको थिएँ । खेलाडीको काम हुनासाथ पैसा उपलब्ध हुने उनले बताएका थिए ।

 

सो पश्चात मैले आरिफ शेखको म्यासेन्जरमा तिमीलाई कसैले फोन ग¥यो भनी प्रश्न गर्दा निजले मबाट यो काम हुँदैन भनि जवाफ दिए । मैले निजलाई पैसा राम्रो दिएको भएर कुरा गर्दै बाँकी ६ म्याचको प्रतिम्याच ६ लाखका दरले ३६ लाख तिमीलाई हुने कुरा पनि म्यासेन्जरमा बताएको थिएँ । मलाई पनि प्रतिम्याच २ लाख दिने बताई खेलाडीहरुसँग सम्पर्क गराएको थिएँ । आरिफ शेखले कुन टिमसँगको खेलमा प्रस्ताव गरे बमोजिम खेल खेल्नुपर्ने भन्ने बारेमा रवि माझीले बताएका थिएनन् । निजलाई ६ लाख दिने भनि रवि माझिको प्रस्ताव चाहीँ मैले आरिफ शेखलाई राखिदिएको हुँ ।
 

पुस १४ गते हासिम अन्सारीले मलाई फोन गरेका थिए । उक्त समयमा निजले खेल्ने कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा ४ लाख रुपैयाँ दिन रवि माझिको प्रस्ताव मैले राखिदिएको हुँ । निजले तत्काल कुनै निर्णय दिएनन् । हासिम अन्सारीले कुन टिमसँगको खेलमा प्रलोभन देखाए बमोजिम खेल खेल्नु पर्ने थियो सोबारे रवि माझीले बताएका थिएनन् । रवि माझिले ६ लाख रुपैयाँमध्ये मलाई २ लाख दिने प्रस्ताव गरेका कारण हासिम अन्सारीलाई ४ लाख रुपैयाँ दिने प्रस्ताव गरेको हुँ । खेलाडीले प्रस्ताव स्वीकारे मात्र मैले २ लाख रुपैयाँ पाउने रवि माझीले बताएका थिए ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अतिक्रमित जग्गा खाली गराउन ७७ वटै जिल्लाहरूलाई गृहको सर्कुलर

काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...

जेनजी आन्दोलनमा भागेका व्यक्तिबाट हत्यापछि लुटपाट, २५ दिनपछि पक्राउ

नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रीय...

स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २०७ पालिका इच्छुक

काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...

अध्यादेशबारे कानुनविद्हरूसँग छलफल गर्न थाले राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...

मापदण्डविपरीत चलेका मोरङका दुई क्रसर उद्योग बन्द

विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...

राष्ट्रपतिद्वारा एक मात्र अध्यादेश जारी, बाँकीबारे परामर्श जारी

काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...

सरकारका जनहितकारी कार्यमा कांग्रेसको साथ रहन्छ : विश्वप्रकाश शर्मा

दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...

रोल्पाको जलजलामा जिप दुर्घटना:१५ जना गम्भीर घाइते, उद्धारमा कठिनाइ

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...

मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड

काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending