Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

बलुन विवादले चीन र अमेरिकाबीच अविश्वास गहिरियो

खबरडबली संवाददाता

काठमाडौं । बलुन विवादका कारण अमेरिका र चीनबीच विवाद बढ्दै जाँदा विश्व समुदाय पनि दुई कित्तामा विभाजित भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार समेत सन्दिग्ध चिनियाँ जासुसी बलुनलाई गोली हानेकोमा "कुनै माफी नमाग्ने" अडान दोहोर्‍याए।

जसको केही घण्टामा चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले "तनाव बढाउँदै वार्ताको लागि अनुरोध गर्न नसक्ने" जनायो।

चीनले अमेरिकी आकाशमा भेटिएका बलुनहरू जासुसी नभएको दाबी गरिरहँदा अमेरिकाले आफ्नो आरोपलाई समर्थन गर्ने थप विवरणहरू खुलासा गरिरहेको छ।

यस मामिलामा वासिङ्टन र बेइजिङले एकअर्काप्रति जनाएका प्रतिक्रियालाई अन्य देशहरूले भूराजनीतिक स्थिरता र राष्ट्रिय सुरक्षाको कसीमा नजिकबाट नियालिरहेको जनाएका छन्।

दुई देशबीचको सम्बन्धलाई नजिकबाट नियालिरहेका पर्यवेक्षकहरूले दुई देशबीचको सम्बन्धमा बढ्दै गएको खाडल कम गर्न चुनौती हुने बताएका छन्।

कतिपयका लागि बलुन प्रकरणले धेरै देशहरूलाई चीनको निगरानी क्षमतालाई लिएर चिन्ता बढाएको छ। किनभने सरकारहरूले चीनले गर्ने निगरानीबारे आफूलाई थाहा नभएका विषयहरूको मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ।

ताइवानको आकाशमा चिनियाँ बलुन

अमेरिकाले चिनियाँ बलुन खसालिदिएपछि यसै साता अमेरिकाको एउटा प्रमुख सहयोगी देश जापानले समेत आफ्नो आकाशमा विगतमा देखिएका अज्ञान बस्तुको पुन: विश्लेषण गरिएको जनाएको छ।

जसमध्ये तीनवटा चिनियाँ जासुसी बलुन रहेको आफूहरूलाई “बलियो आशङ्का” रहेको अधिकारीहरूले बताएका छन्।

चीनले आफ्नो भूमि दाबी गर्दै आएको अर्को अमेरिकी साझेदार ताइवानको आकाशमा पनि विगतमा दर्जनौँ चिनियाँ सैन्य बलुनहरूले जासुसी गरिरहेको एकजना ताइवानी अधिकारीलाई उद्धृत गर्दै फाइनान्सिअल टाइम्सले जनाएको थियो।

पछि ताइवानको रक्षा मन्त्रालयले आफ्नो भूभागमा चिनियाँ मौसम सम्बन्धी बलुनहरू मात्रै देखिएको प्रष्टीकरण दियो।

यद्यपि ताइवानले आफ्नो हवाई क्षेत्रमा कुनै पनि शङ्कास्पद सैन्य वस्तुहरू देखिए गोली प्रहार गर्न कुनै हिचकिचाहट नहुने चेतावनी दिएको छ।

“अरू देशले विगतमा के हुन्थ्यो भनेर थाहा पाएका थिइनन्। अब उनीहरूले थाहा पाए। यसले अरू देशहरूको हकमा बुझाइमा रहेको खाडल उजागर गरेको छ। र चीनले यो खाडलको फाइदा उठाएको कुरा नौलो होइन,” कार्नुगी चाइनाका गैरआवासीय अनुसन्धानकर्ता इयान चोङ भन्छन्।

अमेरिकी दाबीमा विश्वास गर्नेहरूले चीनको निगरानी क्षमताको कम आकलन भइरहेको ठानेका छन्।

“यसले के देखाउँछ भने चीनको जनमुक्ति सेनाले जुनसुकै प्रविधि र मिसन प्रयोग गरेर चीनको शक्ति प्रदर्शन गर्ने क्षमता देखाउन, निगरानी गर्न र अमेरिकालाई जोखिममा पार्न जे पनि गर्न सक्छन्,” अमेरिकी विदेश मन्त्रालयका पूर्व अधिकारी ड्रु थम्सनले भने।

उनले चीनले आफ्नो प्रतिष्ठामा पर्न सक्ने प्रभाव, अन्तर्राष्ट्रिय कानुनको दायित्व लगायतका विषयहरूलाई प्राथमिकता नदिई यस्ता गतिविधि गरिरहेको दाबी गरेका छन्।

'आवश्यकता भन्दा बढी प्रतिक्रिया'

अन्तर्राष्ट्रिय समुदायले यस विषयमा ठूलो विरोध नजनाउँदा विश्व थप असुरक्षित हुने दाबी गर्दै ड्रु थम्सनले अन्तर्राष्ट्रिय कानुनको कमजोरी समेत उजागर गरेको बताए।

कतिपय जानकारहरूले यस मामिलामा जनाएको प्रतिक्रिया विश्वको शक्ति राष्ट्र बन्ने प्रयास र त्यसका लागि विश्वास जित्ने चीनको प्रयत्न सुहाउँदो नभएको टिप्पणी गरेका छन्।

चीनले समेत उक्त बलुन मौसम अध्ययनका लागि छोडिएको गैरसैनिक दाबी गरे पनि त्यसलाई पुष्टि गर्ने थप प्रमाणहरू सार्वजनिक गर्न सकेको छैन।

बलुन कुन कम्पनीले उडाएको थियो भन्नेजस्ता विवरण बाहिर आएका छैनन्। पारदर्शिताको अभावका कारण मानिसहरूमा थप शङ्का बढेको अनुसन्धानकर्ता चोङ बताउँछन्।

यस घटनासँगै बेइजिङले पनि विगतमा अमेरिकाले चीनमा १० वटा जासुसी बलुन उडाएको दाबी गरेको छ। अमेरिकाले अस्वीकार गरेको यस्तो दाबीले मानिसहरूलाई थप दोधार बनाएको चोङ बताउँछन्।

“एक अर्काको देशमाथि बलुन उडाउने स्वीकार्य अभ्यास भएको कुरा चीनले बताउन खोजेको हो?” चोङको प्रश्न छ।यस्तो दाबी आफ्नो सार्वभौमसत्तामा कुनै सम्झौता नगर्ने चिनियाँ अडान विपरीत मात्र नभई कुनै पनि आरोपलाई अर्को आरोप लगाएर खण्डन गर्ने शैली भएको थम्सन बताउँछन्।

तर यस मामिलामा अमेरिकाले जनाएको प्रतिक्रियाले चीनको पक्ष लिइरहेकाहरूलाई समेत निराश बनाएको छ।यसै साता उत्तर अमेरिकी क्षेत्रको आकाशबाट खसालिएका तीनवटा अन्य वस्तुहरू विदेशी जासुसी उपकरण नभएको अमेरिकी अधिकारीहरूले स्वीकार गरेका छन्।

आफ्ना निर्णयको प्रतिरक्षा गर्दै अमेरिकी राष्ट्रपति बाइडनले व्यावसायीक वायुयानहरूको सुरक्षा र संवेदनशील क्षेत्रमा जासुसी गर्न सक्ने भएका कारण ती वस्तुहरूलाई खसालिएको बताएका छन्।

बेइजिङस्थित थिङ्क ट्याङ्क सेन्टर फर चाइना एण्ड ग्लोबलाइजेनका उपाध्यक्ष भिक्टर गाओ अमेरिकाले “आवश्यकता भन्दा बढी प्रतिक्रिया” जनाएर बलुनहरू खसालेको बताउँछन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending