Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

‘बेलढुङ्गा’ पर्यटकका रोजाइमा

खबरडबली संवाददाता

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । 

बर्खामा होस् या हिउँदमा बेलढुङ्गा चढ्ने पर्यटकको भीड उस्तै हुन्छ । आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँ ओझेलमा थियो । 

जब सडक सञ्जालले बेलढुङ्गा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ प¥यो ।
हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरूले बेलढुङ्गामा चहलपहल निकै हुने गर्छ । यस वर्ष हिउँ परेन । तर सूर्योदय र दृश्याअवलोन गर्नेहरूको कमी भने भएन । 

बेलढुङ्गा बागलुङ र बेनी बजारबाट नजिक रहेको हुँदा पर्यटक सहजरूपमा यहाँ पुग्ने गरेका हुन् । यातायात र पदमार्गमार्फत पुग्न सकिने हुँदा दैनिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको स्थानीयवासीको भनाइ छ । पदमार्ग र साइकल लेन निर्माणपछि हाइकिङ गर्नेको सङ्ख्या अझ बढ्दो छ ।

बेलढुङ्गा नजिकै ओखले गाउँमा सामुदायिक घरबास ९होमस्टे० छ । जसले गर्दा यहाँ पुग्ने पर्यटकका लागि खाना, बस्न र बासको व्यवस्थापन गर्ने गरेको छ । यहाँबाट अनगिन्ती हिमशृङ्खलासँगै, बागलुङ र म्याग्दीका अधिकांश भू–भागसँगै पर्वत, कास्की, गुल्मीलगायतका ठाउँ सहजरूपमा देख्न सकिन्छ । 

अब ढकमक्क गुराँस फुलेर वनै ढाक्ने सिजन सुरु भएसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको बेलढुङ्गा सामुदायिक होमस्टेका सचिव गोपाल श्रीसले बताए ।

यस वर्ष एक दिन पनि बेलढुङ्गा रित्तो नभएको श्रीस बताउछन् । बर्खाको समयमा पनि पदमार्गबाट यहाँ पर्यटक घुम्न आएको भन्दै पछिल्लो समय दैनिक एक सय हाराहारीमा पर्यटक आउने गरेको उनको भनाइ छ । पूर्वाधार निर्माण र प्रचार–प्रसारपछि बेलढुङ्गामा बाह्रै महिना पर्यटक आउन थालेको उनी बताउछन् ।

“पाँच÷छ वर्ष अगाडिसम्म बेलढुङ्गा निकै सुनसान थियो, स्थानीयले यहाँ घाँस, दाउरा गर्ने गर्थे, म्याग्दी र बागलुङको सिमाना भएको हुँदा अलि–अलि मान्छे त आउँथे तर अहिलेको जस्तो थिएन”, सचिव श्रीसले भने, “बेलढुङ्गामा पर्यटक आउँदा होमस्टे पनि राम्रो चलेको छ, यहाँ खानेपानी, शौचालय व्यवस्थापन हुनसकेको छैन, त्यसको व्यवस्थापन भए अझ राम्रो हुने थियो ।”

पछिल्लो समय बिदाको दिन विद्यार्थी, विभिन्न सङ्घसंस्था गाडी लिएर घुम्न तथा वनभोज खान आउनेको सङ्ख्या बढेको उनको भनाइ छ । म्याग्दीको भकिम्लेमा प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रम रहेको छ । यहाँ पूजाआजा गर्न आउने भक्तजन पनि बेलढुङ्गा चढ्न आउने गरेका छन् । दुई वर्ष अगाडिसम्म बेलढुङ्गामा जोखिम मोलेर चढ्नुपथ्र्यो भने अहिले पदमार्गमार्फत सहजरूपमा टुप्पोमा पुग्न सकिन्छ ।

सामाजिक सञ्जालमा यहाँका तस्वीर–भिडियो निकै भइरल भएको हुँदा आफू पनि घुम्न आएको बागलुङको गलकोटका सुजन खत्रीले बताए । उनी भन्छन्, “यो ठाउँ साँच्चिकै स्वर्गजस्तो रैछ, हिमाल पनि आँखै अगाडि देखिने, डाँडाकाँडा, वनजङ्गल, पशुपक्षी सबै देख्न पाइने यस्तो ठाउँ सायद दुर्लभ नै होलान्, हामीहरू सात जनाको टिम आएको मज्जाले रमाइलो भयो ।”

गत वर्ष काठेखोला गाउँपालिकाले विनियोजन गरेको रु दुई लाख ५९ हजारबाट बेलढुङ्गालाई फराकिलो र व्यवस्थित बनाइएको छ भने गण्डकी प्रदेश सरकारको रु २० लाख बजेटमा देउराली डाँडादेखि यहाँसम्म जोड्ने दुई सय ६० मिटर स्लेट ढुङ्गा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको छ । बागलुङ नगरपालिका–६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकलल्याण्डसमेत बनाइएको छ ।

काठेखोला गाउँपालिकाका प्रवक्त टीकासङ्गम विकले बेलढुङ्गा गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य रहेको जनाउँदै यसको प्रवद्र्धनका लागि गाउँपालिकाले योजना बनाएर लागेको बताए । उनी अघिल्लो वर्षहरूमा यहाँ केही पूर्वाधार निर्माणका काम गरेको चर्चा गर्दै शौचालय, खानेपानी र यहाँ पुग्ने सडकलाई थप व्यवस्थित बनाउने बताउछन् ।

उनी भन्छन्, “बेलढुङ्गा काठेखोलाको शिर हो, गौरव हो, यस ठाउँमा अझै थुप्रै संरचना बनाउन बाँकी छ, पहिलेको तुलनामा यसको मुहार निकै फेरिएको छ, अब संचरना बनाउने, प्रचार–प्रसार गर्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने गरी काम गर्छौँ, पर्यटनमार्फत यहाँ समृद्ध हासिल गर्ने लक्ष्य छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending