Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

स्कटल्याण्डविरुद्धको खेल जित्न नेपालले पायो २७५ रनको लक्ष्य

खबरडबली संवाददाता

काठमाडौँ । नेपालले स्कटल्यान्डविरुद्ध विश्वकप लिग(२ को खेल जित्न २ सय ७५ रनको लक्ष्य पाएको छ । नेपालले त्रिवि क्रिकेट मैदानमा टस जितेपछि ब्याटिङका लागि बोलाएको स्कटल्यान्डले माइकल लिस्कले अविजित १ सय ७ रन बनाएपछि निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ७४ रन बनायो ।

सातौं नम्बरमा ब्याटिङ गरेका लिस्कले अन्ति सम्म टिकेर ८५ बल खेल्दै ३ चौका र ९ छक्का मद्दतमा अविजित १०७ रन बनाए ।

स्पीनरहरु कुशल मल्ल, सन्दीप लामिछाने, कुशल भुर्तेलले लगातार विकेट लिँदा स्कटिस टोली सुरुमा दबावमा परेको थियो ।

तर सातौं नम्बरमा ब्याटिङ गरेका अलराउण्डर लिस्कले उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए । 

सुरुवातमा रन बनाउन संघर्ष गरे पनि लिस्कले स्कटिस इनिङ्स सम्हाले । २४।२ ओभरमा १११(६ को अवस्थामा रहेको स्कटल्याण्डका लागि माइकल लिस्ट र ज्याक जर्भिसले सातौं विकेटका लागि ८१ रनको मद्तवपूर्ण साझेदारी गरे ।

यसै खेलबाट ओडीआईमा डेब्यु गरेका ज्याक जर्भिसले २६ रन बनाए ।

ओपनर क्रिस्टोफर म्याक ब्रिज र ब्रान्डन म्याकमुलेनले समान २२ तथा कप्तान रिची बेरिङटन र तोमस म्याकिन्सले समान १९ रन बनाए । क्रिस ग्रिभ्सले १६ रन जोडे ।

लिस्कले आठौं विकेटका लागि मार्क वाटसँग ७६ रनको साझेदारी गरे । वाटले २० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।कुशल मल्लले ९ ओभरमा १ मेडन राख्दै ४९ रन खर्चेर २ विकेट लिए ।सोमपाल कामीले ९ ओभरमा १ मेडन राख्दै ५२ रन खर्चेर १ विकेट लिए ।कुशल भुर्तेलले ६ ओभरमा २२ र दीपेन्द्र सिंह ऐरीले ५ ओभरमा २५ रन खर्चेर समान १ विकेट लिए ।

यसअघि नामिविया विरुद्ध ५ विकेट लिएका करण केसीले स्कटल्याण्ड विरुद्ध विकेट लिन सकेनन् । ९ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ६८ रन खर्चिए । ललित राजवंशीको स्थानमा खेलेका गुल्शन झाले २ ओभर मात्र बलिङ गर्दा २१ रन खर्चिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ शेराटार बस दुर्घटना अपडेट: २ जनाको मृत्यु, २७ घाइते पोखरा रिफर

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ शेराटारमा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २७ जना घाइतेलाई पोखरा रिफर गरिएको छ। पोखराबाट भैरहवा...

उद्योगी शेखर गोल्छाविरुद्ध ४ दिनको म्याद थप, धितोपत्र मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । उद्योगी शेखर गोल्छा विरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ। गोल्छालाई बिहीबार काठमाडौंको नक्सालबाट केन्द्रीय अनुसन्धान ब्य...

ढुक्क हुनुस्, वास्तविक सुकुमवासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुमवासी बस्तीको समस्या आफ्नो नेतृत्वको सरकारले समाधान गर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा ...

ओमानमाथि नेपाल ‘ए’ को सानदार जित, शृङ्खला बराबरीमा टुङ्गियो

काठमाडौँ। नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल...

विवादित सीडीएससीकी कार्यकारी प्रमुख पन्दाकलाई फिर्ता बोलाइयो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ।...

साँखुमा प्रहरीले गोली प्रहार

काठमाडौं । काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो ले अपरेसनका क्रम...

यस्तो छ सुकुम्वासी बस्ती खाली गर्न सरकारको ११ बुँदे योजना

काठमाडौं । सरकारले उपत्यकाभित्र रहेका अव्यवस्थित बस्ती हटाएर व्यवस्थित गर्न सबै सरोकारवाला निकायलाई समेटेर विस्तृत कार्ययोजना तयार गरेको छ। शहरी वि...

तनहुँको शेराफाँटमा बस दुर्घटना

काठमाडौं । तनहुँको शेराफाँट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीका अनुस...

विपिन जोशीका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको मन्त्...

एमाले संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त भएकी छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending