काठमाडौँ। दार्चुलाको महाकाली नदीमा नेपाल–भारत जोड्ने गरी थप दुईवटा झोलुङ्गे पुल सञ्चालनमा आएको छ। महाकालीमा तुइन विस्थापन कार्यक्रमअन्तर्गत निर्माणाधीन झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि पुल सञ्चालनमा आएको हो।
झोलुङ्गे पुलको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढका जिल्ला अधिकारी रीना जोशीले बिहीबार उद्घाटन गरे। मालघाट र मालघट्टेमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले बताए।
‘पुल निर्माणले व्यासीको वर्षौँदेखिको पीडामा केही मलम लागेको छ’, उनले भने, ‘यहाँका स्थानीय बजार आउजाउ गर्न सहज हुने भएको छ ।’ यसअघि पुल निर्माणको सम्झौता भए पनि ठेकेदारले काममा ढिलाइ गरेका कारण समस्या भएको थियो ।
नेपाल–भारत जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएपछि दुवै देशका नागरिकलाई आवतजावतमा सहज भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उनले भने, ‘यो पुलले दुवै राष्ट्रको सम्बन्धमा नयाँ आयाम थपिदिएको छ ।’
भारत पिथौरागढ जिल्ला अधिकारी जोशीले वर्षौँदेखिको नागरिकको समस्या झोलुङ्गे पुल सञ्चालनपछि सहजता आएको प्रतिक्रिया दिए)। ‘नेपाल–भारत दुईदेशीय सम्बन्धमात्र नभई रोटीबेटीको सम्बन्ध अझै मजबुत बनाइदिएको छ’, उनले भने।
झोलुङ्गे पुलको भारततर्फ एसएसबी र नेपालतर्फ जनपद प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिन थालेका छन्। दुई देशको सम्बन्ध भएका कारण दुवैतर्फ चोरी तस्करी अवैध घुसपैठ रोक्न सुरक्षाकर्मीले सहयोग पुग्नेछ । महाकालीमा झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएसँगै तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ।
नेपालतिर सडक कालोपत्र भइनसकेको अवस्था व्यासका नागरिकका लागि सहज बाटोका रूपमा भारतीय सडक पर्दछ । भारतले डबल लेनको सडक निर्माण गरेका कारण नागरिक भारतीय बाटोको प्रयोग गर्दै खाद्यान्न, दैनिक उपभोग्य सामान ढुवानी गर्छन् ।
अहिले उद्घाटन भएका पुल निर्माणसँगै दार्चुलामा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने १० वटा झोलुङ्गे पुल सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारको तुइन विस्थापित अभियानअन्तर्गत पछिल्लो दुई वर्षमा महाकालीमा चारवटा पुल सञ्चालनमा ल्याइएको जनाएको छ।
विसं २०७३ पछि लेकम–३ लाली, मालिकार्जुन गाउँपालिका–६ बाँकु र व्यास गाउँपालिका–६ बडूगाउँ र तिगरममा झोलुङ्गे पुल निर्माण भएको हो । यसअघि दार्चुला सदरमुकाम खलङ्गास्थित पुलघाट, व्यासको सीतापुल, महाकाली नगरपालिकाको दत्तु र मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा झोलुङगे पुल सञ्चालनमा छ ।
दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारत पिथौरागढको मल्ला छारछुमबीच यातायात सुविधा सहज बनाउने उद्देश्यसहित महाकाली नदीमा पक्की पुल निर्माण भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: