Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

कांग्रेस नेतासँग 'भारतीय दूत'को चासो- पुरानो गठबन्धन कसरी भत्कियो?

खबरडबली संवाददाता

काठमाडौं । भारतीय विदेश सचिव विनय मोहन क्वात्राको काठमाण्डू-यात्राले नेपालमा जारी आन्तरिक राजनीतिक खेलबारे थप अड्कलबाजी बढेको देखिएको छ।

लामो समयदेखि नेपालको आन्तरिक राजनीतिमा प्रभाव राख्ने पहिचान बनाएको छिमेकी देशबाट क्वात्रा कूटनीतिज्ञको रूपमा ओर्लिए।

तर फर्किँदासम्म उनले गरेको सघन राजनीतिक भेटवार्ताका कारण कतिपयले उनको नेपाल आगमनलाई राजनीतिक यात्राको रूपमा अर्थ्याएको देखिन्छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधवार प्रतिनिधिसभाको बैठकमा उनको भ्रमणलाई आन्तरिक राजनीतिसँग जोडे।

उनले निर्वाचन तालिका प्रकाशित भइसकेको राष्ट्रपतिको चुनावसँग भारतीय विदेश सचिवको भ्रमणको सम्बन्ध रहेको आशङ्का प्रकट गरे।

क्वात्राको चासो

अघिल्लो सत्ता गठबन्धन नभत्कियोस् र नेपाली कांग्रेसकै नेतृत्वमा त्यो अघि बढोस् भन्ने चाहना भारतले राखेको भन्ने विश्लेषणहरू भइरहेका थिए। तर त्यो भत्कियो।

त्यसैले धरमराउने सङ्केत देखिएको नयाँ सत्ता समीकरण र त्यससँग जोडिएको राष्ट्रपति निर्वाचनसँग भारतीय विदेश सचिवको भ्रमणलाई जोडेर हेर्नेहरू पनि छन्।

तर क्वात्रासँग भेट गरेका कांग्रेस नेता बालकृष्ण खाणले आफू पूर्व गृहमन्त्री भएकाले देशको शान्ति सुरक्षाको चर्चा हुनुका साथै लुम्बिनीको विकास र भैरहवा विमानस्थलबारे भारतीय सहयोगको विषयमा भेटघाट केन्द्रित भएको बताए।

वर्तमान सत्ता समीकरण र राष्ट्रपतिबारे खासै कुरा नभएको उनको भनाइ छ।

उनका अनुसार प्रसङ्गवश विदेश सचिवले सोधे, “तपाईँहरू त तत्कालीन समीकरणलाई बचाएर लानुपर्छ भनेर लाग्नु भएको थियो, चुनावसम्म त बच्यो तर पछि कसरी फेरबदल भयो?”

एमालेले मौकाको सदुपयोग गरेको विश्लेषण

नेता खाणले त्यसको विश्लेषण सुनाए। उनका भनाइमा नेपालमा कांग्रेस र एमालेबीच पनि सहमति र सहकार्य होस् भन्ने चाहना रहेको थियो र त्यसमा कांग्रेसका नेताहरूले भरोसा गरे।

खाणले सुनाए, “कांग्रेस सबैभन्दा ठूलो पार्टी पनि बनेकाले कांग्रेसकै नेतृत्वमा सरकार बनोस् र अघि बढोस् भन्ने चाहनामा हाम्रा नेताहरू प्रस्तुत हुनु भएको हो। तर एमाले र माओवादीले नयाँ गठबन्धन गर्ने मौका पाए र त्यो मौकाको सदुपयोग एमालेले गर्‍यो भनिदिएँ मैले।”

त्यसपछि उनको प्रतिक्रिया? खाणका अनुसार भारतीय विदेश सचिव क्वात्राले ‘खासै’ प्रतिक्रिया दिएनन्। एमालेले पार्टी सभापति शेरबहादुर देउवालाई साथ दिने वचन दिएको उनको भनाइ छ।

खाणले भने, “मैले कसैलाई आरोप प्रत्यारोप गर्न चाहन्न। कांग्रेसले भरोसा गर्नु पनि स्वाभाविक हो तर हरेक कुरामा हामीले विश्लेषण गर्न पर्ने र चनाखो हुनुपर्ने अवस्था थियो र छ।”

एमालेका नेताहरूले भने अघिल्लो गठबन्धन फुटाउने आफूहरूको घोषित नीति रहेको र त्यसअनुसार कांग्रेसले ठोस प्रस्ताव नै नल्याउँदा माओवादीले चाँडो निर्णय गरेको भन्दै कांग्रेसलाई धोका दिएको कुरा अस्वीकार गर्दै आएका छन्।

राष्ट्रपति चुनावमा भ्रमणको प्रभाव?

आउँदो राष्ट्रपति चुनावका कारण वर्तमान सत्ता गठबन्धनभित्र पनि विवाद बढ्ने अनुमान भइरहेका छन्।जनमोर्चाका सांसद केसीले प्रतिनिधिसभाको बैठकमा बोल्दा विदेश सचिवको भ्रमणलाई त्यस प्रसङ्गसँग जोडे।

केसीले विगतमा शक्ति राष्ट्रले अप्रत्यक्ष रूप खेल खेल्ने गरेको बताउँदै भने, “अहिले त प्रत्यक्ष रूपले आफ्नो देशको अनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउने जुन खालको खेल चलिराखेको छ, यसले नेपालको स्वाभिमान, राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइराखेको छ।”

क्वात्राले राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरूसँग भेटवार्ता गरेका थिए।

केसीले त्यसप्रति पनि असन्तुष्टि जनाए, “हामीलाई लाज लाग्दैन कि शक्ति राष्ट्रहरूका मान्छे आउँदा लम्पसार परेर उनीहरूको आशीर्वादबाट हामीले आफ्नो दुनो सोझ्याउने काम गरिराखेका छौँ।”

कूटनीतिज्ञ र राजनीतिक दूत?

भारतीय राजदूतको रूपमा नेपाल बसेका विदेश सचिव क्वात्राको सम्बन्ध नेपाली नेताहरूसँग स्वाभाविक रूपमा धेरै छ।

उनीसँग भेट गर्ने एक नेता हुन्, हृदयेश त्रिपाठी। आफू स्वास्थ्य मन्त्री भएका बेला कोभिड महामारीमा खोप लगायतका विषयमा समन्वय भएको र आफूहरूबीच खुला रूपमा कुराकानी हुने सम्बन्ध रहेको त्रिपाठीको भनाइ छ।

तर क्वात्राले राजनीतिप्रति चासो नदेखाएको बताउँदै त्रिपाठीले भने, “राजनीति तपाईँहरूको आफ्नो कुरा हो, चुनावपछि पनि जुन ढङ्गको संसद्को बनावट छ त्यसैअनुसार तपाईँहरू अघि बढी हाल्नुहुन्छ भन्दै मसँगको कुराकानीमा उहाँले राजनीतिक चासो लिएको पाइनँ। जबकि मसँग फ्र्याङ्कली (खुला) कुरा हुन्छ।”

उनका भनाइमा क्वात्राको भ्रमण ऊर्जा निर्यात लगायतका विकास परियोजनाहरूबारे नियमित काममा केन्द्रित रहेको उनले बुझेका छन्।

पृष्ठभूमि कूटनीतिज्ञको भए पनि क्वात्राको भेटघाटले उनी भारतको राजनीतिक दूतको रूपमा आएको अर्थ लगाएको पनि पाइन्छ। संयोगवश पूर्व विदेश सचिव एस जयशङ्कर अहिले भारतको विदेश मन्त्री छन्।

विदेश सचिव हुँदा उनी २०७२ सालमा काठमाण्डू आएर तत्काल हुबहु संविधान जारी नगर्न आग्रह गरेको नेपाली नेताहरूले बताउने गरेका छन्।

उनी भारतीय प्रधानमन्त्रीका विशेष दूतका रूपमा नेपाल आएका थिए। तर उनको प्रयास विफल भएको थियो। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको समानुपातिकमा उपाध्यक्ष बादल र केन्द्रीय सदस्यमा हारेका गुरु बराल पहिलो नम्बरमा (११० जनाको सूचीसहित)

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ।  ...

सुर्खेतमा गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गत...

आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस

काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो प...

के कांग्रेस-एमाले चुनावी गठबन्धन हुँदै छ ?

काठमाडौँ । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल क...

आगो ताप्दा थाहै नपाई कपडाबाट सल्किन सक्छ, ध्यान दिनुस्

काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका ब...

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रत...

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना, सफलताको उडानः पहिलो प्रयासमै नाम

सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–...

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङक...

रानीकोटदेखि नगरकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर । आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending