काठमाडौं । राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति निर्वाचित हुनुपर्ने बहस र चर्चा चलिरहेका बेला सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रमा भने दुई धार देखिएका छन्।
माओवादी केन्द्रको एउटा समूहले यही गठबन्धनभित्रबाटै राष्ट्रपति बनाउनुपर्ने बताइरहँदा अर्कोले दलविहीन व्यक्तिलाई बनाउनुपर्नेमा जोड दिइरहेको छ। माओवादी केन्द्रका केही नेता आगामी निर्वाचन र वाम गठबन्धनलाई समेत ध्यान
दिएर एमालेसँगको सहकार्य तोड्न नहुने पक्षमा छन्। जिल्लाजिल्लाबाट पनि एमालेसँगको सहकार्य गर्ने तर झुकेर नभई एमालेकै व्यक्तिलाई राष्ट्रपति बनाए पनि सबै दलको भावना बुझ्नेलाई ल्याउनुपर्ने सुझाव आइरहेको बताइएको छ।
‘अहिलेको अवस्थामा वामपन्थी दलहरूबीचको सहकार्य र समन्वय आवश्यक देखिन्छ। राष्ट्रिय हितलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ। राष्ट्रपति भएपछि एक दललाई होइन, सबै दलको भावना समेट्नुपर्छ भन्ने आवाज आएको छ। त्यसले गर्दा राजनीतिक दलभन्दा माथिको व्यक्तिलाई समर्थन गरेर जान सकिन्छ भन्ने धारणा पनि आएको छ। अर्थात्, राष्ट्रपतिबारे दुवै कोणबाट छलफल हुँदैछ,’ माओवादी केन्द्रका एक उच्च नेताले भने।
ती नेताका अनुसार सबैको सुझाव लिएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको विषयलाई अघि सारेका हुन्।
माओवादीका स्थायी कमिटी सदस्यहरूले अहिलेको अवस्थालाई मात्रै ध्यान दिने नभई पार्टीलाई भोलिका दिनमा पनि बचाएर लैजान वामपन्थी शक्तिहरूबीच नै सहकार्य गर्नुपर्छ भन्ने सुझाव पनि दिएका छन्।
सहकार्य र गठबन्धन फेरिरहँदा जनमानसमा राम्रो सन्देश नजाने र एमालेलाई बाहिर राखेर वाम गठबन्धन वा सहकार्य गर्दा पनि एमालेभन्दा ठुलो हुने अवस्था नभएकाले एमालेलाई चिढ्याउनेभन्दा फकाउने नीतिमा गए परिस्थिति अनुकूल हुन सक्ने सुझावसमेत आएको माओवादीका ती पदाधिकारीको दाबी छ। यो समाचार नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - ०८:२२
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...
पौष १८ गते, २०८२ - ०८:१३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...
पौष १८ गते, २०८२ - ०८:०४
म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्
पौष १८ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...
पौष १८ गते, २०८२ - ०७:२३
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...
पौष १८ गते, २०८२ - ०७:२२
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...
पौष १८ गते, २०८२ - ०७:१९
काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...
पौष १८ गते, २०८२ - ०७:१५
स्याङ्जा । स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्या...
पौष १८ गते, २०८२ - ०७:१३
कास्की । पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रिड महाशाखाअन्तर्गत रहेको कुँडहर सब...
पौष १७ गते, २०८२ - ०९:१५
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ। ...




प्रतिकृया लेख्नुहोस्: