काठमाडौँ। मोरङमा पटक–पटक हात्तीपाइले रोग रोकथामका औषधि खुवाउने कार्यक्रम अभियानका रुपमा सञ्चालन भए पनि उद्देश्य हासिल हुन नसकेपछि पुनः यो अभियान सञ्चालन गरिने भएको छ ।
यसअघि मोरङमा ११औँ पटकसम्म हात्तीपाइलेको औषधि खुवाइ सकिएको भए पनि उपलब्धि दर १६ दशमलव ७८ प्रतिशत मात्र पुगेपछि मोरङ जिल्ला यो अभियानमा असफल जिल्लाका रुपमा रह्यो ।
सरकारले सन् २०३० सम्ममा नेपाललाई यस रोगबाट उन्मूलन गर्ने लक्ष्य लिएअनुसार प्रदेश नं १ का झापा र मोरङमा यो अभियान सञ्चालन हुने भएको हो ।
अभियानअन्तर्गत मोरङमा फागुन ११ गतेदेखि हात्तीपाइलेको औषधि खुवाउने अभियान सुरु हुने भएको छ । उर्लाबारीसहित १७ वटा पालिकामा हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रमबारे अन्तरक्रिया तथा छलफल गरेका छन् ।
बुधबार उर्लाबारी नगरपालिकाले नगरस्तरीय छलफल कार्यक्रम गरेको छ । पटकपटक औषधि खुवाएर पनि हात्तीपाइले निवारण नभएको कारण ११ औँ पटक हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रम गर्नुपरेको उर्लाबारी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेश खड्काले जानकारी दिए।
हरेक वर्ष कोही न कोही छुट्ने र उनीहरूबाट फेरि अन्य व्यक्तिमा सर्ने कारणले मोरङमा निरन्तर हात्तीपाइलेका रोगी भेटिएका छन् । जनस्वास्थ्य निरीक्षक खड्काले भने, “यसअघिको औषधि स्वास्थ्यकर्मीको उपस्थितिमा नखाएको र कतिले घरमा लगेर फालेको समेत भेटियो ।”
रोग पत्ता लगाएर हरेक व्यक्तिलाई छ पटक औषधि खुवाउने योजना बनेको थियो तर, कतिपयले बीचैमा छुट्टाएकाले नियमित ११ पटक खानेलाई पनि सङ्क्रमणको जोखिम भएको उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तोयानाथ घिमिरेले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०७९ - ११:३२
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा पुगेर मन्दिरमा दर्जन र दरबारको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत राष्ट्रपति पौडेल आइतबार...
चैत्र १२ गते, २०७९ - ११:२८
काठमाडौँ। आज गठबन्धन दलहरूको बैठक बस्ने भएको छ । मन्त्रालय भागबन्डा मिलाउन आज दिउँसो गठबन्धनको बैठक बस्न लागेको हो । यद्यपि आज दिउँसो बैठक बस्ने भ...
चैत्र १२ गते, २०७९ - ११:११
काठमाडौँ। युरोकप छनोटमा क्रोएसियाले वेल्ससँग बराबरी खेलेको छ । शनिबार राति क्रोएसियाले वेल्ससँग १-१ गोलको बराबरी खेलेको हो । सुरुआती एक गोलको अग्रत...
चैत्र १२ गते, २०७९ - ११:०६
काठमाडौँ। पाँचपटकको विश्वकप विजेता ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोसँग २-१ गोलअन्तरले पराजित भएको छ। युवा खेलाडीहरूलाई मौका दिएको ...
चैत्र ११ गते, २०७९ - १५:५६
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारणमा जोड दिएका छन् । सामुदा...
चैत्र ११ गते, २०७९ - १५:४८
काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक न...
चैत्र ११ गते, २०७९ - १५:४४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन्। लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्...
चैत्र ११ गते, २०७९ - १५:३९
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले श...
चैत्र ११ गते, २०७९ - १५:३६
धनुषा । धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जाँदै गरेक...
चैत्र ११ गते, २०७९ - १५:३२
काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन् । मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दल...
प्रतिकृया लेख्नुहोस्: