Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

भृकुटीमण्डपमा सुरु भयो छाला जुत्ता प्रदर्शनी

खबरडबली संवाददाता
काठमाडौ । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९’ सुरु भएको छ । नेपाल छाला जुत्ता उत्पादक सङ्घले आयोजना गरेको प्र्रदर्शनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आज यहाँ शुभारम्भ गर्दै नेपालले निर्यात गर्न सक्ने सम्भावना रहेको जुत्ता तथा चप्पल उद्योगलाई आधुनिक प्रविधिको प्रयोगबाट थप व्यावसायिक बनाउँदै लानुपर्नेमा जोड दिइन् ।
 
“नेपाली कच्चापदार्थ  प्रयोग गरेर उत्पादनमा आत्मनिर्भर हुनाका साथै निर्यातका लागि पनि सम्भावना भएको क्षेत्र जुत्ता चप्पल उद्योग नै हो । यसमा नयाँ प्रविधि र आधुनिकतासँगै गुणस्तर पनि कायम गर्न आवश्यक छ”, उनले भनिन्, “ नेपाली उद्योगलाई प्रोत्साहन गर्न बजारीकरणमा पनि विशेष ध्यान पुर्याउनुपर्छ ।”
 
पछिल्लो समय देशको आर्थिक अवस्था खस्किरहेको  बताउँदै मन्त्री चौधरीले यस्तो अवस्थामा उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्न आवश्यक छ भनिन् । “बैंकमा तरलता अभाव र चर्को ब्याजदरका कारण नेपाली उद्यमी व्यवसायीहरु समस्यामा परेका छन् । उद्यमका लागि पूँजी अभाव भएकोबारे  सरकार जानकार रहेकैले  सहजीकरणका लागि पहल पनि भइरहेको छ,” उनले चर्चा गरिन् ।
 
छाला जुत्ता उत्पादक सङ्घका अध्यक्ष हरिराम बोगटीले प्रदर्शनीको मुख्य उद्देश्य नेपाली उपभोक्तालाई नेपालभित्रकै गुणस्तरीय उत्पादन प्रयोग गर्न लगाउनु र त्यस्ता वस्तुको प्रवद्र्धन गर्नु रहेको बताए । नेपाल भित्रका लघु, घरेलु तथा साना उद्योगमार्फत हुने उत्पादनलाई आधुनिकीकरण गरेर बिस्तारै व्यावसायिकतातर्फ  उन्मुख गराउनु पनि प्रदर्शनीको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो । “नेपालमा थप जनशक्तिलाई सीप सिकाएर रोजगारी सिर्जना गर्ने र जुत्ता चप्पलमा आत्मनिर्भर हुने अभियानमा टेवा पुग्नेछ भन्ने विश्वास हामीले लिएका छौँ”, अध्यक्ष बोगटीले भने, “नेपाली उत्पादनका लागि सरकारले छुट्टै प्रदर्शनीस्थल उपलब्ध गराउनुपर्छ ।”
 
‘कला र कौशल हाम्रो, नेपाली ब्रान्ड नै राम्रो’ मुख्य नारा दिइएको सो प्रदर्शनी फागुन ९ गतेसम्म सञ्चालन हुनेछ ।
Khabardabali Desk–GA

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले अरुण नदी थुनियो

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । म...

प्रतिकूल मौसमका कारणहवाई उडान प्रभावित

काठमाडौ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।       भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तर...

यस्तो छ नेपाल टेलिकमको सूचना प्रविधि दिवस अफर

काठमाडौ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।        दिवसका अवसरमा कम...

स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढाइने

काठमाडौ । सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी(रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ ।  सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने...

उपनिर्वाचनको तयारी तीव्र

काठमाडौ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्...

अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावट बारे अनुसन्धान शुरु

वाशिङ्गटन । अमेरिकी न्यायमन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लीक भएको बारे अनुसन्धान  शुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप...

आगलागी हुँदा एक बालकसहित सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

मनिला । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालक...

मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन् । मुग्लिन पोखरा सडक व...

पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नाग...

आज हल्का वर्षाको सम्भावना

काठमाडौ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies