Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

कलाकार विदेशिने अवस्था रोकिनुपर्छ, उपराष्ट्रपति पुन

खबरडबली संवाददाता

काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली समाज रुपान्तरणमा चलचित्र क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताएका छन् । ग्लोबल टेलिभिजनमा प्रशारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’ले ५१औँ भाग पूरा गरेको अवसरमा आज आयोजित कार्यक्रममा उनले चलचित्र मानव जीवनको अभिन्न अङ्ग भइसकेको बताए । 

“प्राचीनकालदेखि गहिरो जरा गाडेर बसेका अन्धविश्वास, कुरिती, विकृति र विभेदहरुलाई उदाङ्गो पारेर अग्रगामी र सभ्यसमाज निर्माणका लागि जनमानसमा प्रमुख प्रेरक माध्यमका रुपमा चलचित्रले भूमिका खेल्दै आएका छन्”, उनले भने । भाषा, संस्कार, संस्कृति, गीत, सङ्गीत, कला, साहित्यको संरक्षण र विकास चलचित्र क्षेत्रले गरिरहेको जनाउँदै उनले देशभक्ति भावले ओतप्रोत बनाउन तथा राष्ट्रिय एकताको प्रवद्र्धन, भौगोलिक अखण्डताको रक्षामा चलचित्रले योगदान पुर्याउँदै आएको बताए । 

नेपाली चलचित्र क्षेत्रमा टेलिचलचित्रको आफ्नै भूमिका रहेको उल्लेख गर्दै उनले विशेष गरी हास्य टेलिचलचित्रको प्रभाव र त्यसप्रतिको आकर्षण बढ्दै गएको बताए। “समाजका विकृतिविरुद्ध प्रहार गर्दै सामाजिक रुपान्तरणको सन्देशसहित हास्य चेत मिसिएका यसप्रकारका चलचित्र आमनेपालीका लागि नियमित मनोञ्जनको प्रमुख माध्यम बनिरहेका छन्”, उपराष्ट्रपति पुनले भने, “हास्य कलाकारको व्यङ्ग्यकला मनोरञ्जनमात्रै नभइ नीति निर्माण तहमा पनि प्रभाव पार्नसक्ने माध्यम बनेका छन् ।”

देशको राजनीतिक तथा सामाजिक रुपान्तरण, भाषा, संस्कृति, गीत, सङ्गीत, साहित्यको संरक्षण, प्रवद्र्धनमा उच्चतम् योगदान दिने राष्ट्रका सम्पत्ति कलाकारलाई उचित सम्मान र पुरस्कृत गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले भोलिका वरिष्ठ कलाकार, आजका प्रतिभावान् कलाकार जीविकोपार्जनका लागि विदेशिनुपर्ने बाध्यता रोक्न सरकार र सबै पक्षको ध्यानाकर्षण गराए । 

कार्यक्रममा नेपालको पहिलो नायिका भुवन थापा चन्द, वरिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, लय सङ्ग्रौलालगायत कलाकार, गीतकार, निर्माता, निर्देशक, सञ्चारकर्मी, प्राविधिकलाई सम्मान गरिएको थियो । 

Khabardabali Desk–GA

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले अरुण नदी थुनियो

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । म...

प्रतिकूल मौसमका कारणहवाई उडान प्रभावित

काठमाडौ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।       भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तर...

यस्तो छ नेपाल टेलिकमको सूचना प्रविधि दिवस अफर

काठमाडौ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।        दिवसका अवसरमा कम...

स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढाइने

काठमाडौ । सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी(रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ ।  सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने...

उपनिर्वाचनको तयारी तीव्र

काठमाडौ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्...

अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावट बारे अनुसन्धान शुरु

वाशिङ्गटन । अमेरिकी न्यायमन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लीक भएको बारे अनुसन्धान  शुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप...

आगलागी हुँदा एक बालकसहित सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

मनिला । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालक...

मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन् । मुग्लिन पोखरा सडक व...

पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नाग...

आज हल्का वर्षाको सम्भावना

काठमाडौ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies