Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सत्ता गठबन्धन फेरिने ओलीको संकेत, शंकर पोखरेलको टिप्पणी- भूराजनीतिक द्वन्द्वलाई मलजल

खबरडबली संवाददाता

ओलीले भने, 'हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ । यो सफलताको कुरा हो । तर कथंकदाचित यो स्थिति फेरियो भने... ?’

काठमाडौं । पुस १० मा बनेको सत्ता गठबन्धन आगामी फागुन २५ गते हुने राष्ट्रपतिको चुनावसम्म फेरिने संकेतहरू देखिन थालेका छन् । सरकार निर्माण भएको २ महिना नपुग्दै राष्ट्रपतिको चुनावसम्म समीकरण फेरिन सक्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले संकेत गरेका हुन्। 

मंगलबार अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको राजनीतिक अवस्था ठिकठाक नरहेको तर्क गरे।  निर्वाचन अघिको पाँच दलीय गठबन्धन भत्काउन सफल भएर सरकार गठन भए पनि यही समीकरण रहिरहन्छ भन्ने कुनै ग्यारेन्टी नरहेको बताए।

ओलीले भने, ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ । यो सफलताको कुरा हो । हाम्रो पार्टीका आम साथीहरू प्रसन्न भएको देखिन्छ । प्रसन्न हुनुपर्दछ तर कथंकदाचित यो स्थिति फेरियो भने... ?’ यो संसद्को बनावट नै अस्थिरताको कारक हुने बनावट छ ।’

देशभित्र र बाहिरका शक्तिहरू देश बरबाद पार्न सक्रिय भएको तर नेकपा एमाले सुरक्षाकवजका रूपमा उभिने उनको भनाइ थियो।

‘बहुमत हाम्रो पार्टीसँग पनि छैन । बहुमतभन्दा निकै तल सिट छ । यसलाई आधार बनाएर देश भित्र र बाहिरका धेरै शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन्’, गठबन्धन भत्किने ओलीले संकेत गर्दै भने। 

ओलीले पाँच दलीय गरेझैं पाँच दलीय गठबन्धन भत्किएर प्रचण्ड नेतृत्वको सरकार बनेपछि अमेरिक, चिन र भारतले चासो राखेका छन्। एकपछि अर्को गर्दै उच्च स्तरीय भ्रमण समेत भइरहेको छ। 

राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलको सहमति हुनुपर्ने अडान लिएका छन् । विगतका राष्ट्रपतिका अनुभवहरूलाई समेत नजिर बनाउँदै प्रचण्डले राष्ट्रपतिमा सबै दलको साझा उम्मेदवार हुनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका हुन् । तर, प्रचण्डलाई सत्ता बाहिरका कांग्रेस, एकीकृत समाजवादीको साथ भएपनि सत्तामा रहेका एमालेसहित अन्य दल सहमत छैनन्। 

गठबन्धनमा खटपट भइरहेको बेलामा  एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने अभिव्यक्ति सार्वजनिक गरे। 

उनले ट्वीटरमा लेखेका छन्, ‘राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने हो। मुलुकको हितमा स्थायित्वको खोजी गरौ, स्थायित्वलाई प्रवर्धन गरौ। अस्थिरताले विकास र समृद्धिलाई मात्र होइन, स्वाधिनता र स्वाभिमानको यात्रामा समेत अवरोध पुर्याउछ भन्नेकुरा वुझ्न ढिला भएन र?’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending