Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

पूर्वमाओवादी एकताको प्रयास- प्रचण्ड र विप्लव कति नजिक ?

खबरडबली संवाददाता

शान्तिवार्तामा आएपछि तात्कालिक नेकपा माओवादीसँग विभिन्न साना दलहरू एकताको नाममा विलय भए। तर त्यससँगै फुटको शृङ्खला पनि सुरु भयो।

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताको नीति पारित गरेसँगै पूर्वमाओवादीहरूबीच एकीकरणको चर्चा बढेको हो।

हालै बसेको उक्त पार्टीको बैठकले पारित गरेको निर्णयमा भनिएको छ, “क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई पार्टीले कार्यान्वयन गर्ने छ।”

उक्त निर्णय बुधवार सार्वजनिक गर्नुअघि विप्लवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग भेटेर छलफल गरिसकेका छन्। विप्लवले अन्य दलका नेताहरूसँग पनि भेट्दै छन्।

प्रचण्डको प्रस्ताव

विप्लवको दल नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार आइतवार भएको भेटमा प्रचण्डले पार्टी एकताको प्रस्तावनै राखेका थिए।

उनका अनुसार देशमा प्रचण्डले सङ्कट बढेको र पहिलेका माओवादीहरूले नयाँ ढङ्गले सोच्नुपर्ने आवश्यकता औँल्याएका थिए।

विश्वकर्माले भने, “अहिलेको देशको संवेदनशील अवस्था र कम्युनिस्ट आन्दोलनका विरुद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा षड्यन्त्र भइरहेका बेला संसद्‌वादी कम्युनिस्टहरूलाई नयाँ ढङ्गले सोच्नै पर्ने भयो भन्ने चेतना आएको छ।”

पार्टी एकताको कुरा आफूहरूले सैद्धान्तिक र वैचारिक विषय बनाएको उनले बताए। प्रचण्डहरू संसदीय अभ्यासमा गएको र आफूहरू क्रान्तिकारी प्रक्रियामा रहेको उल्लेख गर्दै उनले आफूहरूबीच भिन्नता रहेको बुझाइ प्रस्तुत गरे।

आफूहरूले दिएको जबाफबारे उनले भने, “क्रान्तिकारी कोणबाट सोच्नुपर्‍यो, त्यसको निम्ति बहस र छलफल जरुरी छ। समझदारी बनाएर त्यसतर्फ प्रवेश गरौँ न त भन्यौँ।" "माओवादीले आफूलाई बढी रूपान्तरण गर्नुपर्ने देखिन्छ।”

एकता र एकीकरण कोसँग?

माओवादी केन्द्रले माधवकुमार नेपाल र उपेन्द्र यादवको पार्टीलाई समेत एकतामा ल्याउने प्रयास गरिरहेको भन्ने खबरहरूकाबीच पूर्वमाओवादीहरू पनि एकीकरणको प्रयास जारी छ।

माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले विप्लवसँग भेट गरेर केही महिनादेखि एकीकरणको प्रयास गरिरहेको समाचार आइरहेका छन्।

तर विप्लवले आफ्नो दलबाट विभाजित भएर धर्मेन्द्र बास्तोलाको नेतृत्वमा बनेको नेकपा (बहुमत) र आफू छुट्टिएको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सँग समेत एकताको पहल गरेका छैनन्।

पत्रकार सम्मेलनमा नेता बास्तोलाको समूह बाहिरिनुको कारणबारे सोध्दा विप्लवको जबाफ थियो, “पार्टी मासिएको हेर्न चाहनेहरूलाई जोगिएको मन परेन। त्यस कारण झरेर जाने पातका कुरा नगरौँ, पालुवा पलाइ सक्यो अब नयाँलाई मलजल गरेर जानुपर्छ।”

उनको दलले अहिले संयुक्त मोर्चामा रहेका आहुति र ऋषि कट्टेल लगायतका दलहरूसँग एकीकरणको निम्ति छलफल गरिरहेको जनाएको छ।

नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले पनि माओवादी केन्द्र र नेकपासँग उनको दलले एकीकरणको निम्ति कुनै छलफल नभएको जानकारी दिए।

उनका भनाइमा बरु नेकपा (बहुमत) लगायतका अन्य साना वाम दलसँग एकीकरणको वार्ता भइरहेको छ।

टुक्रिँदै फेरि जुट्दै

शान्तिवार्तामा आएपछि तात्कालिक नेकपा माओवादीसँग विभिन्न साना दलहरू एकताको नाममा विलय भए। तर त्यससँगै फुटको शृङ्खला पनि सुरु भयो।

मोहन वैद्यको नेतृत्वमा उच्च नेताहरूले नयाँ पार्टी गठन गरे। बाबुराम भट्टराई अलग भए। विभाजनबाट वैद्यको पार्टी अछुत रहन सकेन। विप्लवहरूले नयाँ पार्टी बनाए। रामबहादुर थापा नेतृत्वको समूह फेरि माओवादी केन्द्रमा समाहित भयो।

थापा एमाले उपाध्यक्ष छन् भने उनीसँग वैद्यलाई छाडेका देव गुरुङ माओवादी केन्द्रको महासचिव छन्। वैद्य नेतृत्वको दलबाट अर्को समूहले पनि गत वर्ष अलग भएको घोषणा गरेको थियो।

विप्लवको दलबाट छुट्टिएका बास्तोला र हेमन्तप्रकाश ओली अहिले वैद्यसँग एकीकरणको प्रयासमा छन्। पूर्व माओवादी पृष्ठभूमिका नेताहरूले नेतृत्व गरेको दलमा एक थरी संसदीय चुनावमा सहभागी भएका छन् भने अर्का थरी अझै ‘क्रान्ति’ गर्ने भन्दै चुनाव बहिष्कार गर्दै आएका छन्।

विप्लव नेतृत्वको दल अघोषित रूपमा हिंसात्मक गतिविधिमा संलग्न भएपछि केही समय प्रतिबन्धित भएको थियो। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending